प्रतिनिधी सभा निर्वाचन : बाँकेबाट एमालेका यी हुन् सिफारिसमा परेका उम्मेदवार


प्रतिनिधी सभा निर्वाचन : बाँकेबाट एमालेका यी हुन् सिफारिसमा परेका उम्मेदवार

नेपालगन्ज १९ भदौः आसन्न प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनका लागि बाँकेबाट नेकपा एमालेले आफ्ना उम्मेदवारको नाम सिफारिस गरेकोछ ।

एमालेले बाँकेका तीन वटै प्रतिनिधी सभाका लागि आफ्ना उम्मेवारको नाम सिफारिस गरेको हो । एमालेले आईतबार सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको जनाएकोछ ।

उक्त पार्टीले बाँकेको क्षेत्र नम्बर– १ बाट सुर्य ढकाल, देवराज भार, पुजन विश्वकर्मा र बलराम भट्टराईको नाम सिफारिस गरिएको हो ।

यस्तै क्षेत्र नम्बर–२ बाट मोहम्मद हारुन, शिव डोटेल, रबिन्द्र लम्साल, अक्रम अन्सारी, रचना श्रेष्ठ, पार्वती बोहरा गुरुङ र सरस्वती शर्माको नाम सिफारिस भएको एमाले बाँकेका प्रचार विभाग प्रमुख सतिश निरौलाले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital

यसैगरी क्षेत्र नम्बर–३ बाट किस्मतकुमार कक्षपति, रत्न खत्री र कृष्णा सार्कीको नाम सिफारिस गरिएको एमाले बाँकेका उपाध्यक्ष डिल्ली बिसीले जानकारी दिए ।

२०७४ सालको निर्वाचनमा नेकपा एमालेले बाँकेको क्षेत्र नम्बर–३ मा मात्र प्रतिनिधी सभा सांसद जितेको थियो । उक्त निर्वाचनमा तत्कालिन बाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका महेश्वर गहतराज अथक निर्वाचित भएका थिए ।

उनलाई नेकपा एमालेले समर्थन गरेको थियो । नेता गहतराजले नेपाली काँग्रेसका माधवराम खत्रीलाई पराजित गरेका थिए ।

यस्तै क्षेत्र नम्बर–२ मा जनता समाजवादी पार्टी(जसपा)का मोहम्मद ईस्तियाक राई निर्वाचित भएका थिए । बाम गठबन्धनका तर्फबाट सूर्य चिन्ह लिए उठेका स्वतन्त्र उम्मेदवार पशुपति दयाल मिश्रलाई राईले पराजित गरेका थिए ।

त्यसैगरी क्षेत्र नम्बर–३ मा बाम गठबन्धनका तर्फबाट नेकपा एमालेका उम्मेदवार नन्दलाल रोकाय निर्वाचित भएका थिए । रोकायले नेपाली काँग्रेसका बादशाह कुर्मीलाई पराजित गरेका थिए ।

थप समाचार

संघीय निर्वाचनका लागि बाँके–२ बाट काँग्रेसले गर्‍यो कोइराला, शाह र हमालको नाम सिफारिस

राप्रपा र जसपाबाट राणा र राईको एकल नाम सिफारिस

बाँके क्षेत्र नम्बर-३ बाट प्रधानमन्त्री पत्नी आरजुसहीत ११ जना सिफारिस

बाँके प्रदेश सभा–१ ‘क’ मा काँग्रेसका एक दर्जन बढी सिफारिस

बाँके प्रदेश सभा–३ बाट यी हुन् काँग्रेसले सिफारिस गरेका उम्मेदवार