बाँके क्षेत्र नम्बर-३ बाट प्रधानमन्त्री पत्नी आरजुसहीत ११ जना सिफारिस


बाँके क्षेत्र नम्बर-३ बाट प्रधानमन्त्री पत्नी आरजुसहीत ११ जना सिफारिस

नेपालगन्ज १६ भदौः बाँकेको क्षेत्र नम्बर– ३ मा तीन जना केन्द्रिय शीर्ष नेतासहित नेपाली काँग्रेसका ११ जनाले आकांक्षा राखेका छन् । आकांक्षा राखेका सबैको नाम क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर–३ ले बिहीबार जिल्ला कार्यसमिति समक्ष सिफारिस गरेको छ ।

क्षेत्रीय सभापति मोहम्मद नक्की खाँले दिएको जानकारी अनुसार प्रत्यक्षतर्फबाट नेपाली काँग्रेसका केन्द्रिय उपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्री किशोरसिंह राठौर र केन्द्रिय सदस्य एवम प्रधानमन्त्री पत्नी डाक्टर आरजु राणा देउवाको नाम उम्मेदवारका लागि सिफारिस गरिएको हो ।

सुर्खेतका खड्का सुर्खेत–१ बाट चुनाव लड्दै आएका छन् ।खड्काको उनकै क्षेत्र सुर्खेत–१ बाट सर्वसम्मत नाम सिफारिस भएको छ । बर्दियाका राठोरको निर्वाचन क्षेत्र बर्दियाकै क्षेत्र नम्बर २ हो । राणा २०७४ मा कैलाली ५ बाट चुनाव लडेकी थिइन् । यसपटक पनि उनी कैलाली ५ बाट एकल सिफारिसमा परेकी छिन् ।

यस्तै बाँकेका काँग्रेस नेताहरु बादशाह कुर्मी, आशा बिक, मेघराज ओली, लक्ष्मणनारायण शाह, मोहम्मद नक्की खाँ, देवबहादुर खत्री, उत्तमराज घिमिरे र तेजेन्द्र कँडेलको नाम पनि सिफारिस गरिएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

यसैगरी समानुपातिकतर्फ ९ जनाको नाम सिफारिस गरिएको छ । समानुपातिकमा काँग्रेस बाँकेका पुर्वसभापति कृष्णमान श्रेष्ठसहित कृष्ण बिके रसाईली, हरिभक्त उप्रेती, गगनबहादुर बिक, अनिता योगी, शेरबहादुर गुरुग, अर्जुन पाण्डे, पुष्पा बिक र चक्रबहादुर मल्ल सिफारिसमा परेका छन् ।

प्रत्यक्ष र समानुपातिकमा उम्मेदवार बन्न चाहने नेताहरुले ईच्छा राखेको आधारमा मर्यादाक्रम अनुसार सिफारिस गरिएको सभापति खाँले बताए ।

‘केही साथीहरुले निवेदन पनि दिनु भएको थियो,’ उनले भने ‘केन्द्रिय नेताहरुले चाही हामीसँग फोनमार्फत क्षेत्र नम्बर–३ मा चुनाव लड्ने ईच्छा जाहेर गर्नु भएको हुँदा सिफारिस गरिदिएका हौं ।’

२०७४ सालको निर्वाचनमा उक्त क्षेत्रमा बाम गठबन्धनका तर्फबाट नेकपा एमालेका नन्दलाल रोकाय निर्वाचित भएका थिए । नेपाली काँग्रेसका उम्मेदवार बादशाह कुर्मीलाई रोकायले पराजित गरेका हुन् ।

यसपटक सत्तारुढ पाँच दलिय गठबन्धन बनेकाले नेकपा एमालेलाई जित्न कठिन देखिन्छ । गठबन्धनका तर्फबाट नेपाली काँग्रेसको भागमा उक्त क्षेत्र पर्ने चर्चा चलिरहेका बेला तीन जना शीर्ष नेताले आकांक्षा राखेका हुन् ।

थप समाचार

बाँके प्रदेश सभा–३ बाट यी हुन् काँग्रेसले सिफारिस गरेका उम्मेदवार

बाँकेमा बढ्यो चुनावी सरगर्मी, टिकटका लागि ‘गठबन्धन बाधक’

बाँके क्षेत्र नम्बर–१ मा गठबन्धनको चेपुवामा काँग्रेस

बाँके क्षेत्र नम्बर– २ मा काँग्रेस बलियो

बाँके क्षेत्र–३ मा विरासत जोगाउन काँग्रेसमा नयाँ र पुराना अनुहारको चर्चा