अछाममा पहिरो : ज्यान गुमाउनेको संख्या २२ पुग्यो, अझैं ११ जना बेपत्ता


अछाममा पहिरो : ज्यान गुमाउनेको संख्या २२ पुग्यो, अझैं ११ जना बेपत्ता

नेपालगन्ज १ असोज : अविरल वर्षासंगै अछामको विभिन्न स्थानमा आएको पहिरोका कारण ज्यान गुमाउनेको संख्या २२ पुगेकोछ ।

छामको ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर २२ जनाको मृत्यु भएको हो । शुक्रबार राति खसेको पहिरोमा पुरिएका उनीहरूको सनाखत भएको छ ।

अछामका तिनै पालिकामा गरी मुत्यु हुनेको संख्याया २२ पुगेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख एवं डीएसपी नारायण डाँगीले जानकारी दिए ।

पहिरोमा पुरिएर ढकारी गाउँपालिका–६ का दुई वर्षीय नवीन बुढा, तुर्माखाँद गाउँपालिका–५ की १७ वर्षीया जानकी शाही, सोही गाउँपालिकाका १७ वर्षीया विमला शाही, ४५ वर्षीय नेत्र शाही, ३६ वर्षीया मनीषा शाही, १७ वर्षीया कल्पना शाही, १३ वर्षीय सुन्दर शाही, एक वर्षीया मेनिका शाही, तीन वर्षीया कल्पना शाही, २१ वर्षीया भावना शाहीको मृत्यु भएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

यस्तै, कमलबजार नगरपालिका–६ का ३० वर्षीया अमृता कामी, १७ वर्षीया समिता कामी, २१ वर्षीया अर्धना कामी, नौ वर्षीय निखिल कामी, ३६ वर्षीया मैनकला कामी, १५ वर्षीया गीता कामी, १२ वर्षीया सिरु कामीको पहिरोमा पुरिएर मृृत्यु भएको जिल्ला प्रहरी कार्यालयले अछामले जनाएको छ ।

यसैगरी, कमलबजार नगरपालिका–८, ढुंगलाका २६ वर्षीय गम्भीर दमाईं, २३ वर्षीया भाना दमाईं, ६ वर्षीय डिग्रा दमाई, तीन वर्षीय कलु दमाईं र चार वर्षीया कल्पना दमाईको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक डाँगीले जानकारी दिए ।

घाइते हुनेमा ढकारी गाउँपालिका–६ का ६२ वर्षीय हर्क बुढा, २१ वर्षीया चन्द्रदेवी बुढा, १२ वर्षीय घर्म बुढा, कमलबजार नगरपालिका–६ का ८५ वर्षीय भक्त कामी, ४२ वर्षीय ईन्द्रसिंह कामी, १२ वर्षीया कल्पना कामी, १२ वर्षीया ममता कामी, १० वर्षीय सुशील कामी, दुई वर्षीया सफलता कामी, ३८ वर्षीय डिक्रा कामी र सोही ठाउँमा ६५ वर्षीय खटी दमाईं रहेको उनले बताए ।

यो समाचार तयार पार्दासम्म पहिरोमा परी अझै ११ जना बेपत्ता रहेको जनाइएको छ ।

उनीहरूको उद्धारका लागि स्थानीय वासिन्दा सक्रिय भए पनि निरन्तरको वर्षाका कारण कठिनाइ भइरहेको छ । ११ जना घाइतेलाई उद्दार गरिएपनि तीन जनाको अवस्था गम्भीर भएकाले उपचारका लागि बाहिरी जिल्ला पठाउने तयारी भइरहेकोछ ।

थप समाचार

अछाम पहिरो : एकै परिवारका आठजनाको शव फेला, मृत्यु हुनेको संख्या १५ पुग्यो