नेपालगन्ज १ असोज : अविरल वर्षापछि आएको बाढी र डुवानबाट प्रभावित बर्दियाका ४६ घरपरिवारलाई खाद्यान्न वितरण गरिएकोछ ।
सिको बचत तथा ऋण सहकारी संस्था बर्दियाले ठाकुरबाबा नगरपालिका –७ र ८ वडाका बाढी र डुवान पीडितलाई उक्त खाद्यान्न वितरण गरेको हो ।
सिकोले आपतकालीन राहत स्वरुप सामुहिक रुपमा ५ क्विन्टल चामल, १२ केजी दाल, ५० केजी आलु, २० लिटर खाने तेल, ४० केजी नुन र ९ पेटी पीउने पानि वितरण गरेको शंकरप्रसाद गौतमले जानकारी दिए ।
अविरल वर्षापछि आएको बाढी र डुवानबाट पीडितहरु यतिबेला ठाकुरबाबा नगरपालिका वडा नम्बर–७ को शिव सुन्दर मावि सुन्दरपुर र वडा नम्बर–८ को न्यू ब्राइट फ्युचर एकेडेमी विद्यालय डुड्कैयामा आश्रय लिएर बसेका छन् ।
विद्यालयमा आश्रए लिएर बसेका बाढी पीडितलाई वडाध्यक्ष कलम बहादुर विष्ट र नगरपालिका कार्यपालिका सदस्य सुष्मा खड्को रोहबरमा उक्त राहत सामाग्री प्रदान गरिएको हो ।
आपातकालीन राहत वितरण कार्यक्रममा बोल्दै संस्थाका वरिष्ठ उपाध्यक्ष उदयबहादुर खत्रीले विपत्तीका बेला गरिएको सहयोगले थोरै भएपनि केही राहत हुनेमा विश्वास ब्यक्त गरे ।
संस्थाले गरेको सहयोगप्रति नगरपालिका तथा वडा कार्यालयको तर्फबाट वडाअध्यक्ष विष्टले कृतज्ञता व्यक्त गरे ।
उक्त राहत वितरण कार्यक्रममा सिको सिकोसका वरिष्ठ उपाध्यक्ष सहित सञ्चालक समितिका सदस्यहरु दीपेन्द्र बहादुर बुढा, गोपीलाल थारु, सुष्मा खड्का, लक्ष्मणकुमार गौली, ऋण उपसमिति सदस्य नन्दलाल रोकाय सहित व्यवस्थापन टीमको सहभागिता रहेको थियो ।
बाढी र डुवानबाट प्रभावित हुनेमा संस्थाका केही ‘सिको साकोस’ सदस्यहरू रहेका छन् ।
थप समाचार