गुलरियामा ग्लोबलले ल्यायो बजाजको पल्सर एनएस–१२५


गुलरियामा ग्लोबलले ल्यायो बजाजको पल्सर एनएस–१२५

बर्दिया २ असोज : बर्दियाको गुलरियामा रहेको ग्लोबल अटोमोटिभ्स प्रालिले बर्दियामा पहिलो पटक बजाज पल्सर एनएस–१२५ विएस–भिआईको विक्रि सुरु गरेको छ ।

विश्वकर्मा पुजाको अवसर पारेर सुभारम्भ गरिएको बजाज पल्सर एनएस –१२५ विएस–भिआईको विक्रि सुभारम्भमा ग्लोबल अटोमोटिभ्स प्रालिका संयोजक चन्द्रदीप जोशीले बजाज पल्सर एनएस–१२५ विएस–भिआइ मोटरसाइकल नेपाली बजारमा बिल्कुलै फरक डिजाइन र आरामदायी सवारीको रुपमा रहको बताए ।

गुलरियामा लञ्च गरिएको सो मोटरसाइकल बजाज कम्पनीले नयाँ लुक्समा उपलव्ध गराउने बाईक मध्येको एक भएको उनले बताए ।

ग्राहकको चाहना र ईच्छा अनुसारको साधन भएको हुँदा यो मोटरसाइकलबाट ग्राहकले लाभ लिने बताइएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

बर्दियाको आधिकारिक डिलरको रुपमा रहेको ग्लोबल अटोमोटिभ्स प्रालिले आधिकारीक रुपमा विक्रि शुरु गरेको सो मोटरसाइकलको सुभारम्भ गुलरिया नगरपालिका वडा नम्बर–५ का वडाध्यक्ष मुमबहादुर मल्लले गरेका थिए ।