बर्दिया २ असोज : बर्दियाको गुलरियामा रहेको ग्लोबल अटोमोटिभ्स प्रालिले बर्दियामा पहिलो पटक बजाज पल्सर एनएस–१२५ विएस–भिआईको विक्रि सुरु गरेको छ ।
विश्वकर्मा पुजाको अवसर पारेर सुभारम्भ गरिएको बजाज पल्सर एनएस –१२५ विएस–भिआईको विक्रि सुभारम्भमा ग्लोबल अटोमोटिभ्स प्रालिका संयोजक चन्द्रदीप जोशीले बजाज पल्सर एनएस–१२५ विएस–भिआइ मोटरसाइकल नेपाली बजारमा बिल्कुलै फरक डिजाइन र आरामदायी सवारीको रुपमा रहको बताए ।
गुलरियामा लञ्च गरिएको सो मोटरसाइकल बजाज कम्पनीले नयाँ लुक्समा उपलव्ध गराउने बाईक मध्येको एक भएको उनले बताए ।
ग्राहकको चाहना र ईच्छा अनुसारको साधन भएको हुँदा यो मोटरसाइकलबाट ग्राहकले लाभ लिने बताइएको छ ।
बर्दियाको आधिकारिक डिलरको रुपमा रहेको ग्लोबल अटोमोटिभ्स प्रालिले आधिकारीक रुपमा विक्रि शुरु गरेको सो मोटरसाइकलको सुभारम्भ गुलरिया नगरपालिका वडा नम्बर–५ का वडाध्यक्ष मुमबहादुर मल्लले गरेका थिए ।
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?
प्रधानमन्त्रीका सल्लाहकारलाई तत्काल पक्राउ गर्न माग
आइजिपीमाथि फेरि खनिए खगेन्द्र सुनार
अलमलमा नपर्नुस्, महाधिवेशन १ घण्टा पनि सर्दैन : गगन थापा
जुम्ली स्याउको प्रवर्द्धनमा बाबुराम, गरे यस्तो अपिल