नेपालगन्जमा आर्थिक पत्रकार समूह गठन


नेपालगन्जमा आर्थिक पत्रकार समूह गठन

नेपालगन्ज ६ असोज : बाँकेका पत्रकारले अन्नपूर्ण पोस्ट् दैनिकका उप–सम्पादक शंकरप्रसाद खनाल अध्यक्ष रहेको आर्थिक पत्रकार समूह गठन गरेका छन् ।

आर्थिक एजेण्डाका विषयमा कलम चलाउने पत्रकारहरुको बिहीबार नेपालगन्जमा सम्पन्न भेलाले खनालको नेतृत्वमा समूहकोे सात सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

खनाल नेपालगन्जबाट ०६३ सालमा प्रकाशित अर्थखबर पाक्षिकका सम्पादक हुन् । उनी नेपालगन्जको समाचारमूलक अनलाइन मेरोखुसी डटकमका पनि सम्पादक हुन् ।

समूहको उपाध्यक्षमा रुपा गहतराज (कान्तिपुर दैनिक), सचिव लक्ष्मण ढुंगाना (कारोबार दैनिक÷एपी वान टेलिभिजन), सहसचिव निशु जोशी (रेडियो कृष्णसार) र कोषाध्यक्ष विमला चौधरी (बीबीसी नेपाली सेवा) चयन भएका छन् ।

Kids Festival 2022
kanti aarogya hospital

यस्तै देवेन्द्र पौडेल (दैनिक नेपालगन्ज) र विजय मल्ल (सद्भाव दैनिक) समूहकोे सदस्य भएका छन् ।