नेपालगन्ज ६ असोज : बाँकेका पत्रकारले अन्नपूर्ण पोस्ट् दैनिकका उप–सम्पादक शंकरप्रसाद खनाल अध्यक्ष रहेको आर्थिक पत्रकार समूह गठन गरेका छन् ।
आर्थिक एजेण्डाका विषयमा कलम चलाउने पत्रकारहरुको बिहीबार नेपालगन्जमा सम्पन्न भेलाले खनालको नेतृत्वमा समूहकोे सात सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
खनाल नेपालगन्जबाट ०६३ सालमा प्रकाशित अर्थखबर पाक्षिकका सम्पादक हुन् । उनी नेपालगन्जको समाचारमूलक अनलाइन मेरोखुसी डटकमका पनि सम्पादक हुन् ।
समूहको उपाध्यक्षमा रुपा गहतराज (कान्तिपुर दैनिक), सचिव लक्ष्मण ढुंगाना (कारोबार दैनिक÷एपी वान टेलिभिजन), सहसचिव निशु जोशी (रेडियो कृष्णसार) र कोषाध्यक्ष विमला चौधरी (बीबीसी नेपाली सेवा) चयन भएका छन् ।
यस्तै देवेन्द्र पौडेल (दैनिक नेपालगन्ज) र विजय मल्ल (सद्भाव दैनिक) समूहकोे सदस्य भएका छन् ।
घरमै छापा मारेर नेपालगन्जबाट लागुऔषधसहित दुईजना पक्राउ
नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाको पाँचौँ अधिवेशन
बाढी प्रभावित बालबालिका पढाउन अर्बपति शेष घलेको ५७ करोड ८५ लाख सहयोग
संविधानका बाचा पूरा गर्न सरकार प्रतिवद्ध छ: प्रधानमन्त्री
महाधिवेशनमा होमियो काँग्रेस, आजदेखि वडाहरूमा नयाँ नेतृत्व चुनिदैं
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा