बर्दिया ७ असोज : भूमिसुधार तथा मालपोत कार्यालय बर्दियाका कार्यालय प्रमुख भिमबहादुर खत्रीसहित ६ जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले भूमिसुधार तथा मालपोत कार्यालय बर्दियाका प्रमुख भीमकुमार खत्री र नासु रुद्रसेन साहु, बढैयाताल गाँउपालिका–६ का वडाध्यक्ष रामहरण थारु, बर्दियाको बढैयातालमा बस्ने सैजाद अली तेली र जैनव तेलीका साथै बाँसगढी नगरपालिका–८ बस्ने अञ्जना दाहालविरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको हो ।
अख्तियारका अनुसार बर्दियाको मैनापोखरी गाविस–१ (हाल बढैयाताल–६)मा चिरकु तेलीका नाममा २ विगाहा ६ कट्ठा जग्गा थियो । २०४३ सालमा उनको निधन भएपछि हकखाने कोही भएनन् । कानून अनुसार त्यो जग्गा स्थानीय तहको स्वामित्वमा जानुपर्ने थियो । तर भूमिसुधार तथा मालपोत कार्यालयले व्यक्तिका नाममा दर्ता गरेर भ्रष्टाचार भएको अख्तियारको दावी छ ।
अख्तियारले मालपोत कार्यालयका प्रमुख भीमबहादुर खत्री र नासु रुद्रसेन साहुमाथि स्थानीय तहको नाममा आउनुपर्ने जग्गा जैनव तेलीका नाममा अस्थायी लालपूर्जा दिएको आरोप लगाएको हो । जैनवको नाममा आएको जग्गा पछि सैजाद अलि तेलीको नाममा गयो । अख्तियारले उनीहरुमाथि ५४ लाख ८० हजार विगो माग दावी गरेको छ । त्यो जग्गा किनेका कारण अञ्जना दाहालमाथि अख्तियारले जफत गर्ने प्रयोजनका लागि मुद्दा दायर गरेको हो ।
२०४३ सालमा चिरकु तेलीको मृत्यु भई मुलुकी ऐन, २०२० को अपुतालीको महलको १ नं., २ नं. र ३ नं. तथा मुलुकी देवानी संहिता, २०७४ को दफा २३७ वमोजिम निजको अपुताली खुल्ला भई सोही संहिताको दफा २३८ र २३९ बमोजिमको हकवालासमेत नभई सोही संहिताको २३९(१) बमोजिम सो अपुताली सम्बन्धित स्थानीय तहको हुने गरी भूमिसुधार तथा मालपोत कार्यालय बर्दियाले सोही संहिताको दफा २३९(७) र (८) बमोजिम हुनेगरी निर्णय गर्नुपर्नेमा सो बमोजिम नगरी सोही संहिताको दफा २५० बमोजिमको हद म्यादसमेत नभएको अवस्थामा बदनियत साथ कानून बिपरीत हकवाला कायम गरी जग्गा हालसाविक नामसारी गरी भ्रष्टाचार गरेको कसुरमा संलग्न प्रतिबादीहरुको हकमा निम्न बमोजिम सजायको माग दावी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएकोछ ।
डिडिसीमा १२ करोड घोटाला, तत्कालीन जिएमसहित आठजना समातिए
सल्यानमा दुर्घटना : चारजनाको मृत्यु, २२ जना घाइते
कारागारमा सुरुङ खनेर डोल्पामा भागे ८ कैदी
कोहलपुरमा ‘स्वस्थ आमा, सुरक्षित शिशु’ अभियान, २८ दिनसम्मको शिशुको उपचार निशुल्क
पत्रकारहरूमाथि धरपकड: गृहमन्त्री चुपचाप, प्रधानमन्त्रीको आदेशमा सबै पत्रकारलाई प्रहरीले छोड्यो
समाचारकक्षबाटै धमाधाम पत्रकार उठाउँदै प्रहरीको टोली