निर्वाचन बहिस्कार भन्दै चार दलले सार्वजनिक गरे संघर्षका कार्यक्रम


निर्वाचन बहिस्कार भन्दै चार दलले सार्वजनिक गरे संघर्षका कार्यक्रम

नेपालगन्ज १० असोज : आसन्न निर्वाचन बहिस्कार घोषणा गरेर चार वामपन्थी राजनीतिक दलले संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् ।

निर्वाचन बहिस्कार घोषणा गरेका नेकपा क्रान्तिकारी माओवादी, नेकपा बहुमत, नेकपा मसाल र माओवादी कम्युनिष्ट पार्टी नेपालले सोमबार संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

महंगी, बेरोजगारी, उपभोग्य वस्तुको अभाव, भ्रष्टाचार, कोभिड, डेंंगुलगायतका रोगव्याधि झेलिरहेका नेपाली जनतामाथि थोपरिएको निर्वाचन बहिष्कार गरेका बताएका उनीहरुले विरोध र संघर्षका कार्यक्रम सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

अहिलेको आवश्यकता निर्वाचन नभई बैज्ञानिक समाजवादको आवश्यकता भएको हुँदा नागरिकका समस्या समाधान संसदीय व्यवस्थाबाट नहुने नेकपा बहुमत पार्टिका प्रवत्ता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले सेतोखरीलाई बताए ।
देशमा आर्थिक संकट आइसकेको अवस्थामा अव निर्वाचनमा जाँदाको अवस्था भयाभह हुने भएको हुदा बैज्ञानिक समाजबाद आजको आवश्यकता भएको उनले बताए ।

Kids Festival 2022
kanti aarogya hospital

संघर्षका कार्यक्रमहरुः
असोज २३ गते – चितवन
असोज २५ गते – जनकपुर
असोज ३१ गते – विराटनगर
कात्तिक २ गते – पोखरा
कात्तिक ४ गते – बुटवल
कात्तिक १७ गते – सुर्खेत
२०७९ कात्तिक १९ गते – धनगढी
२०७९ कात्तिक २३ गते – काठमाडौं