नेपालगन्ज २३ असोज : स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएर खर्च विवरण नबुझाएका उम्मेदवारहरुबाट निर्वाचन आयोगले एकैदिन करिब साढे ३ करोड रुपैयाँ जरिवाना संकलन गरेको छ ।
जरिवाना नबुझाएसम्म उनीहरुको नाम ‘नकारात्मक सूची’बाट नहटाउने र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवार बन्न नदिने भएपछि उनीहरुले धमाधम जरिवाना तिरेका छन् ।
स्थानीय तहमा उम्मेदवार भएका कतिपय व्यक्तिहरु प्रतिनिधिसभा र प्रदेशसभामा समेत उम्मेदवार बन्न खोजेका थिए । जरिवाना नबुझाएसम्म आयोगले आफ्नो प्रणालीमा नाम इन्ट्री गर्न नदिने भएपछि उनीहरुले जरिवाना बुझाएको, आयोगको प्रवक्ता शालिकराम शर्मा पौडेलले बताए ।
आयोगको विवरण अनुसार आईतबारसम्म ९६ जनाले ३ करोड ५५ लाख रुपैयाँ जरिवाना बुझाएर आफू उम्मेदवार बन्ने बाटो खोलेका छन् । तीमध्ये ७६ जनाले आयोगमै पुगेर जरिवाना बुझाएका थिए । आयोगले कान्तिपथ र अन्य निर्वाचन कार्यालयबाट जरिवाना बुझाउन पाउने सुविधा दिएको थियो ।
अस्थायी चिहान बनाएर शव १२ बर्षसम्म राख्न सकिन्छ
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर