File Photo
नेपालगन्ज ६ कार्तिक : नेपालगन्जको न्यूरोडबाट पक्राउ परेका जुवाडेलाई छुटाउन बाँके प्रहरीलाई दवाव दिइएकोछ ।
जुवाडे छुटाउन उम्मेदवारहरुले बाँके प्रहरीलाई फोनमाथि फोन गरेर दवाव दिइरहेको बाँके प्रहरी स्रोतले जनाएकोछ ।
प्रहरी स्रोतले भन्यो–‘जुवाखालबाट पक्राउ परेकाहरु आफ्नो मान्छे हो भन्दै उम्मेदवारहरुले फोनमाथि फोन गरेर छोडिदिन दवाव दिइरहेकाछन् ।’
नेपालगन्जको न्यूरोडबाट प्रहरीले आईतबार साँझ जुवा खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको थियो ।
वडा प्रहरी कार्यालय नेपालगन्जबाट खटिएको प्रहरी टोलीले नेपालगन्ज सेतुविक चोक नजिक रहेको पहिलेको ह्यायत होटल अहिलेको द्रब्य कुटिरबाट जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।
द्रब्य कुटिरमा जुवा खेलिरहेका उनीहरुबाट प्रहरीले करिब डेढ लाख नगद समेत बरामद गरेकोछ । पक्राउ परेका ‘जुवाडे’हरुमाथि प्रहरीले अनुसन्धान अघि बढाएकोछ ।
थप समाचार