बढ्दो जनसमर्थनलाई देखेर विपक्षी भयभीत भए : स्वतन्त्र उम्मेदवार दीवाकर


बढ्दो जनसमर्थनलाई देखेर विपक्षी भयभीत भए : स्वतन्त्र उम्मेदवार दीवाकर

नेपालगन्ज १६ कार्तिक : बाँकेको क्षेत्र नम्बर– २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार दिवाकर शर्मा खनालले आफुप्रतिको बढ्दो जनसमर्थनलाई देखेर विपक्षी भयभीत भएको बताएका छन् ।

चुनावी अभियानलाई थप कडा पार्न बिकट क्षेत्रमा हिन्दुत्वको एजेण्डा सहित पुगेका नेता खनालले यस्तो बताएका हुन् । उनले भने, ‘हाम्रो चुनावी अभियानलाई देखेर विपक्षी प्रतिस्पर्धी भयभीत भएर झुट्टा प्रचार गर्न सक्रिय भएका छन् ।’

उनले थप भने, ‘म हिन्दू एकता गराउने पहिलो लक्ष्यका साथ उम्मेदवारी दिएको हो । त्यसका लागि सदन र सडक दुवै ठाँउबाट आन्दोलन खडा गर्नेछु ।’

‘अहिले हिन्दु संस्कारको बिकास हुन जरुरी छ । हिन्दुका बालबालिकाहरुले हिन्दुका संस्कारलाई बिर्सिदै गएका छन् । सम्पुर्ण ओमकार परिवारलाई एकजुट गर्न आवश्यक रहेको र त्यसका लागि म ठाँउ–ठाँउमा गुरुकुल शिक्षापद्धती अनुसार पाठशाला सञ्चालनका लागि क्याविनेट (सांसदसभा) मा प्रस्ताव लग्ने र लागु गर्न दबाब समेत दिन्छु ।’

Kanti Aarogya Hospital Nepalgunj

नेपालगन्जमा रहेका छाडा चौपायाहरुको बिषयमा सम्बोधन गर्दै खनालले भने, ‘हिन्दुमा सबै भन्दा ठूलो पाप गौ हत्या हो । उनीहरुको संरक्षण गर्ने होम्रो दायित्व हो । गौ संरक्षणको लागि त्यहाका स्थानीयहरुसँग सहकार्य गरी डुडुवा गाँउपालिलका स्थित रहेको कम्दी नजिकै खजुरा माता मन्दिर क्षेत्र वरिपरीको ५ किमि जङ्गलमा तारबार गरेर गौशाला व्यवस्थापन गर्ने योजना बनाएको छु । त्यहाँ पानीको र घाँसको व्यवस्था कसैलाई व्यवस्था गर्ने अवस्यकता नै हुदैँन ।’

शिव सेनाका नेताका रुपमा परिचित खनालले भने, ‘हामी धर्ममाथि कुनै पनि राजनीति गरेका छैनौं, यद्यपी हाम्रो सनातनी धर्म र संस्कार जोगाउनका लागि राजनीतिमा आएका छौं । हामीले राज्यको कोषबाट प्राप्त हुने कुनै पनि तलबभत्ता जनता मै बाढ्ने छौं । माताको आर्शिवादले मसँग सबै कुराहरु पुगेको छ र मर्नुभन्दा अगाडी हाम्रो संस्कार र धर्म बचाउनका लागि केही गर्नुपर्छ भन्ने धारण हो ।’ उनले राज्यबाट प्राप्त गर्ने तलबभत्ताबाट गरिब हिन्दु परिवारका सदस्यलाई तिर्थाटनको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन् ।

यस क्षेत्रमा बिभिन्न मठ मन्दिरहरु छन् । जसका कारण यो हिन्दुहरुको आस्थाको केन्द्र पनि मानिन्छ । वर्षौं अगाडी निर्माण भएका मठमन्दिर बिषयमा उनले थप भने, ‘कतिपय स्थानीय मठ मन्दिर, गुम्बाहरु जिर्ण अपस्थामा रहेका छन् । त्यसको संरक्षण, प्रर्वद्धन तथा व्यवस्थापन गर्न म राज्य र धरोहर बीचको माध्यम बनेर जोगाउँछु ।’

उनले सामाजिक सञ्जालमा आइरहेको टिप्पणीलाई स्पष्ट पार्दै भने ‘महाभारत एक धर्म युद्ध थियो, जसमा अर्जुनलाई भगवान श्री कृष्णको साथ थियो । भगवान श्री कृष्ण अर्जुनको सारथी नै बन्नुभएको थियो । आज हामीले हिन्दु एकताका निम्ती हनुमानचालिसा बाँड्नु भगवानको आज्ञा हो । होइन भने ती भिरबाट खसेका गाईको सराप हामीलाई लाग्न सक्छ ।’

उनले हिन्दु धर्मको नाममा हुदैँ आएका संस्कार विरोधी गतिविधिलाई नियन्त्रण गर्दै धर्म राष्ट्रको निर्माण गर्ने बताए । हिन्दुत्व जोगाउनका लागि आफुले उठाएका यी एजेण्डा र अहिले बढ्दो जनसमर्थन देखेर प्रतिस्पर्धी सामाजिक सञ्जालमा अफवाह फैलाईरहेको बताउँदै दीवाकरले त्यसता अफवाह बिषयलाई ध्यान नदिन आग्रह गरे ।

थप समाचार

अर्ना चुनाव चिन्हमा हिन्दु एकताको नारा लिएर घरघरमा दिवाकर

खनाललाई समर्थन गर्दै स्थानीयले भने, ‘चुनावसम्म हामी कसैको चिया खादैनौं’

स्वतन्त्र उम्मेदवार दीवाकरको शहर केन्द्रित प्रचारप्रसार सुरु

‘वन टाइम पे’ को नीतिमा स्वतन्त्र उम्मेदवार दीवाकर

आठ वटा गोली खाएर बाँचेका दिवाकर हिन्दू राष्ट्र निर्माणका लागि लड्दै