नेपालगन्ज १८ कार्तिक : नेपालगन्जमा अबैध हतियार पड्काउँदा बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी र सिडिओ सूर्यबहादुर खत्रीले हतियार भित्रिएको छैन भन्दै आफ्नो बचाउ गरिरहेकाछन् ।
नेपालगन्जको मुटु एवम ब्यस्त बजार नेपालगन्ज–८, त्रिभुवन चोकमा यही कार्तिक ६ गते आईतबार मध्यराति गोली चलेको थियो । नेपालगन्जका दुई आपराधिक गिरोहबीच विवाद हुँदा एक पक्षले अर्को पक्षलाई घेरेपछि घेरामा परेको अर्को गिरोहले करिब १२ बजे हवाई फायर गरेर भागेको थियो ।
त्रिभुवन चोकमा हतियार पड्काएपछि बाँकेमा त्रास छाएको छ । उक्त पड्काइएको हतियार कहाँबाट आयो त ? सबैमाझ प्रश्न उब्जिएकोछ ।
बाँके प्रहरी प्रशासनलाई ठाडो चुनौती दिदैँ अपराधिक गिरोहले ब्यस्त बजारमा हतियार पड्काइरहँदा बाँकेका एसपी अधिकारी र सिडिओ खत्रीले नेपालगन्जमा हतियार नभित्रिएको भन्दै आफ्नो बचाउ गरिरहेका छन् । हतियार पड्काउने ब्यक्तिलाई बाँके प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।
नेपालगन्जमा शुक्रबार ईन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जले आयोजना गरेको स्वच्छ, निष्पक्ष तथा भयरहित निर्वाचनका लागि सरोकारवालाको भूमिका र प्रतिबद्धता विषयक अन्तर संवाद कार्यक्रममा बाँकेका सिडिओ र एसपीले यस्तो बताएका हुन् ।
बाँकेको शान्ति, सुरक्षा र अपराधिक गिरोहमाथि प्रहरी प्रशासनले निगरानी राखेको र कुनै प्रकारको हातहतियार नभित्रिएको भन्दै सिडिओ र एसपीले दावि गरिरहँदा त्रिभुवन चोको घटनाले उनीहरुको दावि निराधार रहेको पुष्टि गर्छ ।
चाडबाडसंगै निर्वाचन लक्षित भारतीय सीमानाकाबाट हातहतियार भित्रिएको विषय नेपालगन्जमा चर्चामा छ । यसअघि नेपालगन्जमा वर्षेनी थुप्रै अबैध हतियारहरु पक्रिने र बरामद हुनेक्रम रोकिएको छैन । अहिले पनि सीमाबाट भारतीय गाडी होस् या क्यारिङ्गका सामानहरु विना चेकजाँच रुपैडिहाबाट नेपालगन्ज भित्रिरहेकाछन् । यस्ता सामानहरुमा चुनावको मुखमा हतियार तथा विस्फोटक पदार्थ भित्रिन सक्ने भन्दै अधिकारबादीहरुले चिन्ता ब्यक्त गरेकाछन् ।
देशमै सुरक्षा संवेदनशीलताका आधारमा बाँकेको नेपालगन्ज उच्च जोखिममा रहेकोछ । यहाँ अपराधिक गतिविधि गरेर भारत सहजै जानसक्ने हुँदा पनि यहाँ पटकपटक अपराध हुने गरेको बाँकेको अपराधको श्रृङ्खलाहरु पुष्टि गर्छ ।
थप समाचार
निर्वाचन लक्षित नेपालगन्जमा ठूलो मात्रामा हतियार भित्रियो, हतियार खोज्दै प्रहरी
प्रधानमन्त्री भन्छन्, उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ
जसले हराएका आफन्त खाेजिरहेछन्
फुट्न थाल्यो नयाँ ताल पनि, रसुवा प्रशासनले भन्यो: सुरक्षित रहनू
चीनले किन रोक्यो उद्धारको काम?
बाढीको विपद : नेपाललाई वैदेशिक सहायता निरन्तर
बाढी पीडितलाई प्रधानमन्त्रीको सम्बोधन, भने- सिङ्गो राज्य साथमा छ