नेपालगन्जमा अबैध हतियार पड्काउँदा एसपी र सिडिओ भन्छन्– ‘हतियार भित्रिएको छैन’


नेपालगन्जमा अबैध हतियार पड्काउँदा एसपी र सिडिओ भन्छन्– ‘हतियार भित्रिएको छैन’

नेपालगन्ज १८ कार्तिक : नेपालगन्जमा अबैध हतियार पड्काउँदा बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी र सिडिओ सूर्यबहादुर खत्रीले हतियार भित्रिएको छैन भन्दै आफ्नो बचाउ गरिरहेकाछन् ।

नेपालगन्जको मुटु एवम ब्यस्त बजार नेपालगन्ज–८, त्रिभुवन चोकमा यही कार्तिक ६ गते आईतबार मध्यराति गोली चलेको थियो । नेपालगन्जका दुई आपराधिक गिरोहबीच विवाद हुँदा एक पक्षले अर्को पक्षलाई घेरेपछि घेरामा परेको अर्को गिरोहले करिब १२ बजे हवाई फायर गरेर भागेको थियो ।

त्रिभुवन चोकमा हतियार पड्काएपछि बाँकेमा त्रास छाएको छ । उक्त पड्काइएको हतियार कहाँबाट आयो त ? सबैमाझ प्रश्न उब्जिएकोछ ।

बाँके प्रहरी प्रशासनलाई ठाडो चुनौती दिदैँ अपराधिक गिरोहले ब्यस्त बजारमा हतियार पड्काइरहँदा बाँकेका एसपी अधिकारी र सिडिओ खत्रीले नेपालगन्जमा हतियार नभित्रिएको भन्दै आफ्नो बचाउ गरिरहेका छन् । हतियार पड्काउने ब्यक्तिलाई बाँके प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।

Kids Festival 2022
kanti aarogya hospital
add

नेपालगन्जमा शुक्रबार ईन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जले आयोजना गरेको स्वच्छ, निष्पक्ष तथा भयरहित निर्वाचनका लागि सरोकारवालाको भूमिका र प्रतिबद्धता विषयक अन्तर संवाद कार्यक्रममा बाँकेका सिडिओ र एसपीले यस्तो बताएका हुन् ।

बाँकेको शान्ति, सुरक्षा र अपराधिक गिरोहमाथि प्रहरी प्रशासनले निगरानी राखेको र कुनै प्रकारको हातहतियार नभित्रिएको भन्दै सिडिओ र एसपीले दावि गरिरहँदा त्रिभुवन चोको घटनाले उनीहरुको दावि निराधार रहेको पुष्टि गर्छ ।

चाडबाडसंगै निर्वाचन लक्षित भारतीय सीमानाकाबाट हातहतियार भित्रिएको विषय नेपालगन्जमा चर्चामा छ । यसअघि नेपालगन्जमा वर्षेनी थुप्रै अबैध हतियारहरु पक्रिने र बरामद हुनेक्रम रोकिएको छैन । अहिले पनि सीमाबाट भारतीय गाडी होस् या क्यारिङ्गका सामानहरु विना चेकजाँच रुपैडिहाबाट नेपालगन्ज भित्रिरहेकाछन् । यस्ता सामानहरुमा चुनावको मुखमा हतियार तथा विस्फोटक पदार्थ भित्रिन सक्ने भन्दै अधिकारबादीहरुले चिन्ता ब्यक्त गरेकाछन् ।

देशमै सुरक्षा संवेदनशीलताका आधारमा बाँकेको नेपालगन्ज उच्च जोखिममा रहेकोछ । यहाँ अपराधिक गतिविधि गरेर भारत सहजै जानसक्ने हुँदा पनि यहाँ पटकपटक अपराध हुने गरेको बाँकेको अपराधको श्रृङ्खलाहरु पुष्टि गर्छ ।

थप समाचार

निर्वाचन लक्षित नेपालगन्जमा ठूलो मात्रामा हतियार भित्रियो, हतियार खोज्दै प्रहरी