बर्दियाको नमस्ते सहकारीका सञ्चालक र अध्यक्ष रकम हिनामिना गरी सम्पर्क विहिन, बचतकर्ताले प्रशासनलाई गुहारे


बर्दियाको नमस्ते सहकारीका सञ्चालक र अध्यक्ष रकम हिनामिना गरी सम्पर्क विहिन, बचतकर्ताले प्रशासनलाई गुहारे

गुलरिया (बर्दिया) १९ कार्तिक : पछिल्लो केहि वर्षदेखि नमस्ते बचत तथा ऋण सहकारी सस्था लिमिटेडका सञ्चालक समितिका पदाधिकारी र प्रबन्धकको जिवनशैली परिवर्तन भएको थियो ।

दैनिकजसो मदिरापान तथा घुमफिर मोजमस्ती लगायतका क्रियाकलापले केहि सन्देश दिइरहेको भएपनि आम बचतकर्ताले त्यसतर्फ ध्यान दिएका थिएनन् । बचतकर्ताले एक लाख होइन ५ लाख होइन एक करोडसम्म विश्वास गरेर रकम जम्मा गरेका थिए । अहिले त्यहि आफ्नो रकम पाउनका लागी उनीहरुले प्रहरी र प्रशानलाई गुहारिरहेकाछन् ।

ग्राहकको विश्वास जित्दै आफ्नो सहकारीमा बचत गराउन बाध्य पार्नका लागी पदाधिकारी तथा प्रबन्धकले बेलाबेलामा देखावटिका लागी गाँउघरका सानातिना दर्ता समेत नभएका क्लबहरुलाई खेलकुदका सामाग्री, पोशाक दिदैँ आफुतर्फ आकर्षित गराउँदै आएका थिए ।

अन्य सरकारी तथा प्राइभेट बैंकहरुको भन्दा बढि व्याजदिने भन्दै ठुला व्यापारीदेखि सामान्य नागरिकको समेत मन जिति सहकारीमा बचत गराउन बाध्य पारेको नमस्ते बचत तथा ऋण सहकारी संस्थामा आर्थिक हिनामिना भएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

बचतकर्ताको विश्वास तोड्दै सहकारीको रकम हिनामिना गरि बर्दियाको गुलरियामा रहेको नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक समिति अध्यक्ष नगेन्द्र रिमाल र प्रवन्धक संजिव महतो फरार भएकाछन् ।

बर्दिया प्रहरीका अनुसार एक हप्तादेखि सम्पर्क विहीन भएका उनीहरुको कुनै अत्तोपत्तो छैन । सहकारीको रकम हिनामिना गरि सञ्चालक  र अध्यक्ष फरार भएपछि यतिबेला बचतकर्ताहरु दिनहुँ प्रहरी र प्रशासन धाइरहेका छन् ।

‘मेहनत गरि दिनहुँ बचत गरेको रकम डुब्यो, हामी त बर्बाद भयौं’ एक बचतकर्ताले भने–‘रकम हिनामिना गरि सञ्चालक समितिका अध्यक्ष र प्रबन्ध फरार छन् । उनीहरुको खोजी गरि हाम्रो पैसा निकाल्न प्रहरी र प्रशासन धाइरहेकाछौं ।’

सम्पर्कविहीन रहेका सञ्चालक समितिका अध्यक्ष तथा प्रबन्धकले बर्दियाको गुलरियामा सुविधा सम्पन्न कृष्णसार रिसोर्ट नामक होटल सञ्चालनम छ ।

अन्य जिल्लामा पनि सो सस्थाको नाममा भवन तथा जग्गा रहेको बताइएको छ । लामो समयदेखि नमस्ते बचत तथा ऋण सहकारी सस्था लिमिटेडले गुलरियामा मुख्य कार्यालय स्थापना गरी काम गर्दै आइरहेको थियो सञ्चालकदेखि अन्य कर्मचारी सवै स्थानीय स्तरका छन् ।

बर्दियाको गुलरियामा मुख्य कार्यालय तथा बारबर्दियाको जयनगरमा शाखा कार्यालय राखेको सो सहकारीले करोडौँ रुपैया हिनामिना गरेको आरोप लागेको छ । बर्दिया प्रहरीका अनुसार रकम कति हिनामिना भएको हो त्यसको यकिन विवरण नआएपनि बचतकर्ताहरुबाट प्रहरीमा उजुरी आएपछि सञ्चालक तथा प्रबन्धकको खोजी भइरहेको बताएकोछ ।