बाँकेको विकासका लागी निरन्तर पहल गरीरहन्छु : मन्त्री अथक


बाँकेको विकासका लागी निरन्तर पहल गरीरहन्छु : मन्त्री अथक

कोहलपुर २० कार्तिक : युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बाँकेको विकासका लागी आफुले नियमित रुपमा कदम उठाइरहेको बताएका छन् ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर–१ कुसुममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै मन्त्री अथकले बिगतदेखी नै बाँकेको विकासका लागि आवाज उठाईरहेको र आगामी दिनमा समेत निरन्तर पहल गरीरहने बताएका हुन् ।

आफ्नो ५ वर्षे कार्यकालमा पटक–पटक सदनमा राप्तीसोनारीको विकासको लागी कुरा उठाउँदै आएको बताउँदै उनले विकट क्षेत्र भनेर चिनिने राप्तीसोनारी र नरैनापुरलाई बिकासको मुलधारमा ल्याउन सफल भएको उल्लेख गरे ।

बाँके क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका मन्त्री अथकले जनतालाई एकताको भाव दिन गठबन्धन गरिएको बताउँदै बाँकी रहेका कामहरु पुरा गर्न जनताले बाम लोकतान्त्रीक गठबन्धनका उम्मेदवारहरुलाई उत्याधिक मतले विजयी गराउन आग्रह गरेका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

कार्यक्रमा बोल्दै बाँके क्षेत्र १ (क) लुम्बिनी प्रदेश सभा सदस्य पदकी उम्मेदवार कृष्णा केसी (नमुना)ले नरैनापुर र राप्तीसोनारीको विकासका लागी थुप्रै कामहरु अगाडी बढाइएको बताउँदै पछिल्लो ५ वर्षको अवधिमा विकासका कामहरुले गति लिएको बताइन । ‘हामीले केही कामहरु सुरु गरेका छौं, ति कामहरुलाई पुर्णता दिन गठबन्धनले जित्नुपर्छ’ उनले भनिन् ।

कार्यक्रममा समानुपातिक उम्मेदवार संगीता थारु, उम्मेदवार रामकृष्ण बिक, बाम लोकतान्त्रीक गठबन्धन बाँके क्षेत्र नम्बर–१ निर्वाचन परिचालन समितीका संयोजक नरेन्द्र न्यौपाने, सह संयोजक पोषण केसी, माओवादी केन्द्रकी स्थाई समिती सदस्य पुर्णा कुमारी सुबेदी लगायतले आफ्ना भनाई राखेका थिए । कार्यक्रममा लोकतान्त्रिक–बाम गठबन्धनका नेता कार्यकर्ता, सर्वसाधारण लगाएतको सहभागीता रहेको थियो ।

थप समाचार

दशकौंदेखि अन्धाकार राप्तीसोनारीलाई उज्यालो बनाए अथकले

गठबन्धनका उम्मेदवारलाई पुर्व जनमुक्ति सेनाको साथ

डुडुवाको तटबन्ध योजनालाई पूर्णता दिईनेछ : मन्त्री अथक

कोहलपुरमा गठबन्धनको घरदैलो शुरु, जुड्दै जनसमर्थन

गठबन्धनलाई हार्ने छुट छैन : मन्त्री अथक