गुलरिया (बर्दिया) ३ मंसिर : आफैले चलाएको ट्रयाक्टरले किच्दा बर्दियामा एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार जिल्लाको राजापुर नगरपालिका– ३ उत्तर टेडियाका किशोर थारुको मृत्यु भएको हो ।
आफैले चलाएको ट्रयाक्टरले किच्दा किशोरको मृत्यु भएको बर्दिया प्रहरीले बताएकोछ ।
प्रहरीका अनुसार ‘शुक्रवार राति कर्णाली नदिको तटबन्धको ड्यामको बाटोमा भे २ प १००० नम्म्बरको ट्रयाक्टर चलाइरहेका किशोर अनियन्त्रित भई राजापुर ४ अनन्तपुरको गाँउ नजिकै खेततर्फको भागमा पल्टिएको र सोहि ट्रयाक्टरले च्यापिएको अवस्थामा शनिवार विहान स्थानीयबासीहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।’
उनको घटनास्थल मै मृत्यु भएको ईलाका प्रहरी कार्यालय राजापुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । राति मापसे गरेर चलाउदा दुर्घटना भएको प्रहरीको अनुमान रहेको छ ।
डिडिसीमा १२ करोड घोटाला, तत्कालीन जिएमसहित आठजना समातिए
सल्यानमा दुर्घटना : चारजनाको मृत्यु, २२ जना घाइते
कारागारमा सुरुङ खनेर डोल्पामा भागे ८ कैदी
कोहलपुरमा ‘स्वस्थ आमा, सुरक्षित शिशु’ अभियान, २८ दिनसम्मको शिशुको उपचार निशुल्क
पत्रकारहरूमाथि धरपकड: गृहमन्त्री चुपचाप, प्रधानमन्त्रीको आदेशमा सबै पत्रकारलाई प्रहरीले छोड्यो
समाचारकक्षबाटै धमाधाम पत्रकार उठाउँदै प्रहरीको टोली