पर्यटकीय विषयलाई प्राथमिकता दिने नवनिर्वाचित सांसदको प्रतिबद्धता


पर्यटकीय विषयलाई प्राथमिकता दिने नवनिर्वाचित सांसदको प्रतिबद्धता

नेपालगन्ज १२ मंसिरः बाँकेबाट निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभाका सांसदलाई पर्यटनका विषयमा गम्भीर बनिदिन ध्यानाकर्षण गराइएको छ ।

पर्यटन प्रर्वद्धन मञ्च बाँकेले नेपालगन्जमा सोमबार आयोजना गरेको कार्यक्रममा यस्तो ध्यानाकर्षण गराइएको हो ।

पर्यटन प्रर्वद्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा मञ्चका सञ्जय थापाले स्वागत गरेका थिए । यस्तै पर्यटन, पत्रकारिता लगायत विषयमा नेपाल पत्रकार महासंघका पुर्वकेन्द्रिय सदस्य झलक गैरेले आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा प्रतिनिधि सभामा निर्वाचित बाँके निर्वाचन क्षेत्र नम्बर–१ का सूर्य ढकाल, क्षेत्र नम्बर–२ का डाक्टर धवल शम्शेर राणा र क्षेत्र नम्बर–३ का किशोर सिंह राठौर तथा प्रदेश सभा सदस्यहरु कृष्णा केसी ‘नमुना’, दुर्गाप्रसाद चौधरी, भण्डारीलाल यादव, आदेश अग्रवाल, रत्न खत्री र बादशाह कुर्मीलाई स्वागत तथा सम्मान गरेको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

कार्यक्रममा उपस्थित भएका प्रतिनिधि सभा र प्रदेश सभाका नवनिर्वाचित सांसदले आफुहरुले यस क्षेत्रका पर्यटकीय विषयलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए ।