पत्रकारमाथी भएको घटनाप्रति महासंघद्वारा कानूनी कारबाहीको माग


पत्रकारमाथी भएको घटनाप्रति महासंघद्वारा कानूनी कारबाहीको माग

नेपालगन्ज २५ मंसिर : नेपाल पत्रकार महासंघ बाँके शाखाका सहसचिव एवं राप्तीसोनारी खबर डटकम अनलाइनका सम्पादक हेमन्त चौधरीलाई सिक्टा सबडिभिजन वन कार्यालयका प्रमुख सुनिल आचार्यले सार्वजनिक रुपमा दुर्व्यवहार र भौतिक आक्रमणको धम्की दिएको घटनाप्रति पत्रकार महासंघले गम्भीर ध्यानार्कषण भएको जनाएको छ ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर–४ स्थित जानकी सामुदायिक वन उपभोक्ता समितिको भवन परिसरमा शनिबार आयोजित साधारण सभामा उपस्थित सहायक वन अधिकृत आचार्यले समाचारको बिषय उठाएर ठिक गरिदिने धम्की दिएको पीडित पत्रकार चौधरीले बताएका छन् ।

महासंघ बाँकेका सचिव कमल डाँगीले आईतबार एक विज्ञप्ती जारी गर्दै उक्त घटनामा संलग्न सहायक वन अधिकृत आचार्यलाई कानूनी कारवाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेका छन् ।

यस्तै निर्वाध र भयरहित वातावरणमा समाचार संकलन गर्न पाउने संबैधानिक अधिकारको सुनिश्चिता गर्न र गराउन सम्बन्धित निकायसँग विज्ञप्तीमार्फत जोडदार माग गरिएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

‘समाचारको बिषयमा चित्त नबुझे वा कुनै फरक मत रहे कानूनी उपचारमा जाने बिकल्प हुँदा हुँदै जिम्मेवार सरकारी अधिकारीबाट पत्रकार चौधरी माथि भएको दुर्व्यवहार एवं भौतिक आक्रमणको धम्कीको नेपाल पत्रकार महासंघ बाँके शाखा निन्दा एवं भत्र्सना गर्दछ,’ विज्ञप्तीमा भनिएको छ ।

यसैबीच २०७९ मंसिर २४ गते शनिबार नेपालगन्जमा सम्पन्न ‘नेपालगन्ज म्याराथन’ को समाचार संकलन गर्न गएका पत्रकारलाई दुर्व्यवहार भएको घटनाप्रति पनि महासंघ बाँकेले गम्भीर ध्यानार्कषण भएको जनाएको छ । उक्त घटनाका बिषयलाई लिएर महासंघको सहजिकरणमा आइतबार सम्बद्ध पक्षबीच छलफल गरिएको छ ।

छलफलमा आयोजक क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टिएस ठकुरीले ‘पत्रकार माथि दुर्व्यवहार गर्ने नियत नभई परिस्थितीजन्य घटना भएको’ भन्दै घटनाप्रति आयोजकका तर्फबाट आत्मआलोचना सहित क्षमायाचना गरेको र महासंघ बाँकेले आगामी दिनमा त्यस्ता घटनाहरु पुनरावृत्ति नहुने वातावरण निर्माण गर्न सम्बद्ध सबै पक्षसँग माग गरेको विज्ञप्तीमा जनाइएको छ ।

यसअघि पनि बाँकेको नेपालगन्ज र कोहलपुरका सञ्चारकर्मीमाथि दुर्व्यवहार र आक्रमण भएका थिए । पछिल्ला दिन बाँकेमा सञ्चारकर्मीमाथि दुर्व्यवहार र आक्रमण घटना बढ्दै गएकाछन् ।

थप समाचार

सञ्चारकर्मीमाथि भइरहेका दुर्व्यवहार र आक्रमणका घटनाप्रति युनियनको ध्यानाकर्षण