‘वेष्टर्न ट्राभल मार्ट’ पश्चिम नेपाल चिनाउने प्रयास

माघ अन्तिम साता दोस्रो चरणको वेस्टर्न ट्राभल मार्ट


माघ अन्तिम साता दोस्रो चरणको वेस्टर्न ट्राभल मार्ट

File Photo

नेपालगन्ज १० पुष : पश्चिम नेपालको पर्यटकीय गन्त्वयहरुको प्रद्र्धन गर्दै आर्थिक विकास गर्ने उद्देश्य सहित नेपालगन्जमा वेस्टर्न ट्राभल मार्टको दोस्रो संस्करण हुने भएको छ । वेस्टर्न ट्राभल मार्टको दोस्रो संस्करण माघको २७ देखि २९ गते सम्म नेपालगन्जमा गर्ने तयारी भैरहेको आयोजक नेपाल एशोसियसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स(नाटा) बाँकेले जनाएको छ ।

यसपटक पनि दिल्ली, आगरा, गोण्डा, बनारस, लखनउबाट पर्यटन व्यवसायी, पर्यटकहरुलाई ल्याउने तयारी भैरहेको छ । पर्यटन व्यवसायमा भारत विश्वमै अगाडी रहेको देश हो । भारतमा पर्यटन प्रवर्दनका क्षेत्रमा काम गरिरहेको ट्राभल एजेण्ट एशोसियसन अफ इन्डिया(टिएएआई)का पदाधिकार र सदस्य सहितको ७५ जनाको जम्बो टोली पहिलो पटक नेपाल आउँनेछन ।

दोस्रोपटक नेपालगन्जमा हुन लागेको मार्टमा आउनु पश्चिम क्षेत्रका पर्यटन व्यवसायीहरुका लागि गर्वको कुरा भएको नेपाल एशोसियसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स(नाटा) बाँके अध्यक्ष एवम् पर्यटन व्यवसायी श्रीराम सिग्देलले बताए ।

नेपालगन्जमा हुन लागेको मार्टमा नेपाल पर्यटन बोर्डको पनि सहयोग रहेको छ । विश्वमा पर्यटन व्यवसायको ठुलो हिस्सा भारतले ओगटेकाले भारतका पर्यटकलाई नेपालमा भित्रयाउने प्रयास गरिरहेको सिग्देलले बताए । मार्टमा भारतीय पर्यटन व्यवसायी, पत्रकार गरी करिब एक सय जना भन्दा बढी भारतबाट आउने उनले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

मार्टको दोस्रो संस्करणलाई अझ विशेष बनाउने गरी कर्णाली, लुम्बिनी प्रदेशका पर्यटकीय गन्त्वय, कला संस्कृतिलाई प्राथमिकतामा राखेर काम गर्ने अध्यक्ष सिग्देलले बताए ।

मार्टमा आउने पाहुनालाई पर्यटन सम्बन्धी स्टलदेखि लिएर यस क्षेत्रका धार्मिक एवम् पर्यटकीय गन्त्वयको भ्रमण गराउने, बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको भ्रमण, कर्णाली नदिमा रयाफटिङ, रारा यात्रा, माउण्टेन फलाईट गराउने तयारी आयोजकले गरिरहेको छ ।

अध्यक्ष सिग्देलका अनुसार दोस्रो संस्करणले बाँकेका दुई वटा ऐतिहासिक धार्मिक स्थल नरैनापुरको बाबा बर्फानी र सन्तानेश्वर महादेवको मन्दिरलाई विशेष रुपमा प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ ।

यसैगरी नेपालको मौलिक उत्पादनको रुपमा रहेको ‘अल्लो’ बाट निर्माण गरिएको सामाग्री र सालिग्रामको प्रचारका लागि आयोजक नाटा बाँकेले काम गर्ने अध्यक्ष सिग्देलले बताए । पछिल्लो समय अल्लोबाट निर्माण गरिएका लुगाहरुको माग बजारमा बढदै गएको छ । नेपालको मौलिक उत्पादनको बजारीकरणमा सहयोग गर्ने वातावरण निर्माण गर्ने उद्देश्यले त्यसको बिशेष रुपमा प्रवर्दन गर्ने आयोजक नाटाले बताएको छ ।

मार्टका दौरान पश्चिम नेपालमा लगानीको वातावरण निर्माण, सम्भावनाको खोजिको बारेमा छलफल गर्न नेपालका पर्यटन व्यवसायी, उद्योगपतिलाई निमन्त्रण गर्ने तयारी गरेको आयोजकले बताएको छ । उनले भने,‘पर्यटन क्षेत्रको विकास हुँदा समग्र देशले फाइदा लिन सक्छ । आर्थिक विकासको आधारमा पर्यटन पनि एक हो । हामी पश्चिम नेपाललाई पर्यटनको क्षेत्रमा विश्वभरी चिनाउने लक्ष्य सहित काम गरिरहेका छौं ।’

थप समाचार

‘वेष्टर्न ट्राभल मार्ट’ पश्चिम नेपाल चिनाउने प्रयास

कर्णालीको गेटवे नेपालगन्जमा ‘वेष्टर्न ट्राभल मार्ट’

भारतीय पर्यटक तान्न वेष्टर्न ट्राभल मार्ट शुरु