स्वास्थ्य संस्था सुधार योजना प्रभाकारी बन्दै


स्वास्थ्य संस्था सुधार योजना प्रभाकारी बन्दै

बर्दिया ६ माघ : बर्दियाको ठाकुरबाबा नगरपालिका– ८ मा रहेको ठाकुरद्वारा स्वास्थ्य चौकीले कार्यालय व्यवस्थापन तथा सरसफाइलाई पहिलो प्राथमिकतामा राखेर सेवा प्रवाह गर्ने प्रतिवद्धता जनाएको छ ।

गेरुवा ग्रामीण जागरण संघ बर्दियाले सोही स्थास्थ्य चौकीमा आयोजना गरेको एक कार्यक्रमा सहभागी कार्यालयका कर्मचारी तथा व्यवस्थापन समितिका पदाधिकारीहरुले सो प्रतिवद्धता जनाएका हुन् ।

गेरुवा ग्रामीण जागरण संघ बर्दियाको ‘प्रयास’ परियोजना अन्तर्गत स्वास्थ्य सस्था सञ्चालन तथा व्यवस्थापनका लागी ‘वासफिट’ सम्बन्धि २ दिने तालिममा सहभागीहरुले सेवा प्रवाहदेखि लिएर कार्यालयको व्यवस्थापनका विषयमा व्यापक छलफल गरी स्वास्थ्य संस्था सुधार योजना समेत तयार पारेका छन् ।

गेरुवा ग्रामीण जागरण संघका कार्यकारी निर्देशक हरी सुवेदी र कार्यक्रम संयोजक देवेशराज गीरीले सहजीकरण गर्दै सहभागीहरुलाई स्वास्थ्य चौकीमा शौचालय, पिउने पानि लगायत कार्यालय व्यवस्थापनका विषयमा जानकारी गराउँदै थप सुधार योजना निर्माणमा सहयोग समेत गरेका थिए ।

Care City
kanti aarogya hospital
Health Care Clinic Nepalgunj

प्रत्येक स्वास्थ्य संस्थामा ‘वास फिट’ समिति गठन गर्ने वा गुणस्तर सुधार समिति क्रियाशील रहेको निश्चित गर्ने, स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिबाट ‘वास फिट’ समिति गठन गरेको र ‘वास फिट’ समितिको बैठक भएको नभएको निश्चित गर्ने, ‘वास फिट’ प्रयोग गरेर स्वास्थ्य संस्थाको क्षमता लेखाजोखा गर्ने र लेखाजोखाबाट प्राप्त नतिजाको आधारमा प्रत्येक स्वास्थ्य संस्था सुधार योजना तयार गर्ने कार्यक्रमको उद्देश्य रहेको कार्यक्रम संयोजक देवेशराज गीरीले बताए ।

संघले बर्दिया जिल्लाका १२ वटा स्वास्थ्य चौकीमा यो कार्यक्रम सञ्चालन गरिरहेको संयोजक गीरीले जानकारी दिए । ठाकुरद्वारा स्वास्थ्य चौकीका इन्चार्ज कृपाराम गड्तौलाले स्वास्थ्य क्षेत्रमा संघ सस्थाको सहयोग तथा समन्वय सकारात्मक भएको हुँदा यस्ता थप सुधारका कार्यक्रमले कर्मचारीहरुले दिने सेवा प्रवाहमा मनोवल बृद्धि हुने बताए ।

स्वास्थ्य क्षेत्रलाई व्यवस्थित सरल तथा सहज बनाउनका लागी स्वास्थ्य सस्था सुधार योजना तयार पारिएको र त्यसलाई कार्यान्वय गर्ने प्रतिवद्धता सहभागीहरुले गरेका छन् ।