नरैनापुर (बाँक) ९ माघ : बाँकेको नरैनापुर गाउँपालिकामा रहेको सन्तानेश्वर महादेवको मन्दिरको दर्शन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई नरैनापुर–६ कोहलामा भव्य स्वागत गरिएको छ ।
सोमबार सन्तानेश्वर महादेव मन्दिरको दशर्नको लागि गएका ६५ जना कोहलपुरका तिर्थयात्रीलाई स्वागत गरिएको हो ।
सन्तानेश्वर महादेव मन्दिर जान तिर्थालुलाई कोहलामा निर्माण गरिएको प्रवेशद्वारमा पुगेर नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह, वडा नम्बर–१ का अध्यक्ष इशाक जोलाह, प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, योजना शाखा प्रमुख प्रकाश अधिकारी, स्वकीय सचिव बिरजेन्द्र यादव, धिरज खड्का, नरहरिनाथ योगी लगायतले स्वागत गरेका थिए । नरैनापुर गाउँपालिका भित्रिएका पर्यटकहरुलाई गाउँपालिका अध्यक्ष शाहले फुल र पानी दिएर स्वागत गरेका थिए ।
पर्यटकहरुसंग कुरा गर्दै अध्यक्ष शाहले मन्दिर जाने रोडको निर्माण नहुँदा २ घण्टा पैदल हिँडेर जाने समस्याको अन्त्यका लागि पालिकाले योजना निर्माण गरेर अगाडि बढिरहेको बताउँदै छिट्टै पूर्वाधार निर्माण सुरु गर्ने बताए ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?