नेपालगन्ज १२ माघ : लुम्विनी प्रदेशका सांसद रत्न खत्रीले बाँकेको बैजनाथ गाउँपालिकामा रहेको गाभर भ्यालीलाई पर्यटकीय गन्तव्यका रुपमा अघि बढाउनका लागि प्रदेश सरकार मातहतका निकायको ध्यानाकर्षण गराएकाछन् ।
बाँके–३ (१) बाट निर्वाचित सांसद खत्री बिहीबार प्रदेश सरकार मातहतको भवन डिभिजन कार्यालयका निमित्त प्रमुख रामआश्रय साहसहित गाभर भ्याली पुगेर आगामी दिनमा गर्न सकिने योजनाका विषयमा स्थानीय बासिन्दासँग छलफल गरे ।
भवन डिभिजन कार्यालयले गाभरमा सडक निर्माण गर्दैछ । सांसद खत्रीले सडक निर्माणका लागि बाँके राष्ट्रिय निकुञ्जसँग आफुले आवश्यक समन्वय गरि काम अघि बढाउन सहयोग गर्ने बताए ।
उनले पर्यटकीय विकासका लागि पर्यटन कार्यालयसँग आवश्यक सहकार्य गरि अघि बढ्ने बताए । वडा अध्यक्ष रुपबहादुर मल्ल सहितका स्थानीय बासिन्दासँग अन्तरक्रिया गर्दै सांसद खत्रीले गाभरको पर्यटकीय विकासका लागि आफुले सक्दो पहल गर्ने बताए ।
सुनकोसीमा खस्यो टाटा सुमो, ३ जनाको मृत्यु, चारजना नदीमै हराए
धेरैपछि बोले जीवी राई: मलाई थुनेर पैसा फिर्ता हुँदैन, नेपाल फर्किन चाहन्छु, रवीबारे के भने?
यस्तो बन्यो ‘बदलिएको काँग्रेस’ हाँक्ने टिम गगन
रास्वपाकाे निर्देशन: दसैं-तिहारमा ‘उपहार’ नलिनू, नदिनू
प्रधानमन्त्रीको दसैं शुभकामना: आफूभित्रको महिषासुर र रावणलाई चिन्न सकौँ
दसैं बजार: यसपालि गुल्जार भयो नेपालगन्ज, नेपाली उपभोक्ता नभएपछि पारितिर सुनसान