नियन्त्रणमा आएन दादुरा, ग्रामीण क्षेत्रमा संक्रमण बढ्यो


नियन्त्रणमा आएन दादुरा, ग्रामीण क्षेत्रमा संक्रमण बढ्यो

File Photo

नेपालगन्ज १८ माघ : पूर्ण खोपयुक्त जिल्ला बाँकेमा दादुराको प्रकोप ग्रामीण बस्तीमा फैलिदैँ गएकोछ ।

२०७७ चैत्र मसान्तमा बाँके जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएको थियो । पूर्ण खोपयुक्त जिल्ला घोषणा भएको दुई वर्ष वित्नै लाग्दा बाँकेमा दादुरा प्रकोप पाइएको हो ।

बाँकेको नेपालगन्जमा गत पुष १२ गतेदेखि दादुराको संक्रमण देखिएपछि यतिबेला बाँकेको ६ पालिकामा दादुरा संक्रमण फैलिसकेकोछ । स्वाथ्य कार्यालय बाँकेका अनुसार हालसम्म बाँकेको जानकी र बैजनाथ गाउँपालिकामा दादुरा संक्रमण देखिएको छैन ।

स्वास्थ्य कार्यालय बाँकेले बुधबार बेलुकी सार्वजनिक गरेको तथ्यांक अनुसार जिल्लामा अहिलेसम्म कुल ३ सय ९ जना बालबालिकामा संक्रमण पुष्टी भइसकेको छ । योसंगै बाँकेका दादुरा संक्रमण नियन्त्रणउन्मुख हुन नसकको पुष्टि हुन्छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

दादुरा–रुवेला संक्रमणबाट सबैभन्दा बढी नेपालगन्जका बालबालिका प्रभावित भएका छन् । उक्त रोगको संक्रमणबाट अहिलेसम्म नेपालगन्जमा एक जनाको मृत्यु भइसकेको छ ।

स्वास्थ्य कार्यालयका खोप फोकल पर्सन नरेश श्रेष्ठले सबैभन्दा बढी नेपालगन्जमा अहिलेसम्म २ सय १३ जना संक्रमित फेला परेको जानकारी दिए ।

यसैगरी नरैनापुरमा ४१, खजुरा गाउँपालिकामा २१, डुडुवामा १८, कोहलपुरमा ९ र राप्तीसोनारीमा ७ जनालाई संक्रमण पुष्टी भएको छ । यि मध्ये अहिले १० जनाको उपचार भइरहेको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार नेपालगन्जका एक जना संक्रमित अस्पताल भर्ना भएका छन् । यसैगरी राप्तीसोनारीका ७ र कोहलपुरका २ जना बालबालिका ‘होम आइसुलेशन’ मा बसिरहेका छन् ।

दिनहुँ संक्रमण फैलिरहँदा बालबालिकाहरु निको हुने क्रम पनि चलिरहेको फोकल पर्सन श्रेष्ठले सुनाए । अहिलेसम्म २ सय ९८ जना निको भइसकेका छन् । नेपालगन्जका २ सय ११ जना बालबालिका निको भएका छन् ।

नरैनापुरका ४१, खजुराका २१, डुडुवाका १८ र कोहलपुरका ७ जना बालबालिका निको भइसकेको कार्यालयले जनाएको छ ।

‘नेपालगन्जमा संक्रमण केही कम भएको छ, तर ग्रामीण क्षेत्रतिर बढिरहेको अवस्था छ,’ फोकल पर्सन श्रेष्ठले भने । दादुरा रुवेला संक्रमण रोक्न ठाउँ ठाउँमा खोप कार्यक्रम सञ्चालन भइरहेको उनले बताए । श्रेष्ठले थपे, ‘ठाउँ ठाउँमा खोप कार्यक्रम चलिरहेका छन्, संक्रमण हुने र निको हुने क्रम चलिरहेको छ ।’

सन् २०२३ सम्म दादुरा निवारण गर्ने सरकारको लक्ष्य छ। नेपालले सन् २०१९ भित्र दादुरा निवारण गर्ने लक्ष्य लिएको थियो। तर यो रोगको संक्रमणदर बढ्न थालेपछि निवारणको लक्ष्य सन् २०२३ मा सारिएको हो। तर बाँकेमा फैलिँएको दादुरा महामारीका कारण यस वर्ष पनि दादुरा निवारण गर्ने सरकारको लक्ष्य पुरा नहुने देखिएको छ। 

थप समाचार

बाँकेमा फैलिदैँ दादुरा : पाँच पालिकामा दादुरा संक्रमण, चारमा खोप अभियान

पूर्ण खोपयुक्त बाँकेमा दादुराको प्रकोप, एक जनाको मृत्यु हुँदा ७८ संक्रमित

कस्ता बच्चालाई दादुरा लाग्न सक्छ ?