सांसद अरुण चौधरी कारागार चलान


सांसद अरुण चौधरी कारागार चलान

नेपालगन्ज २० माघ : नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई कारागार चलान गरिएकोछ । कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीलाई बाँकेको कोहलपुरबाट प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको थियो ।

शुक्रबार बिहान प्रहरीले जिल्ला अदालत कैलाली बुझाएपछि अदालतले प्रतिनिधिसभा सदस्य चौधरीलाई कारागार चलान गरेको हो । चौधरी सार्वजनिक सम्पत्तिमा आगजनी गरेको मुद्दाका दोषी ठहर भएका थिए । कैलालीको गोराङ्गा खोलाबाट ढुंगा लिएर लम्की जाँदै गएको ट्याक्टरमा ३ भदौ २०६६ मा आगजनी भएको थियो ।

ट्याक्टर धनी मोतीपुरका महादेव बजगाईँले ट्याक्टरमा आगो लगाइदिएको भनी परशुराम चौधरी, अरुण चौधरी र वीरबहादुर चौधरीविरुद्ध उजुरी दिएका थिए । उनले ८ लाख ७५ हजार रुपैयाँ क्षतिपूर्ति पाउनुपर्ने दाबी गरेका थिए । सोही मुद्दामा सांसद चौधरीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १८ हजार ४२३ रुपैयाँ भराउने फैसला भएको थियो । त्यो फैसला कार्यान्वयनका लागि उनलाई बाँकेको कोहलपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बाँकेको कोहलपुरबाट पक्राउ गरिएका चौधरीलाई बिहीबार बेलुका नै श्रीएयरलाइन्सको विमान मार्फत धनगढी पु¥याइएको थियो । नेपालगन्जदेखि काठमाण्डौं लगि त्यहीँबाट धनगढी पु¥याइएका चौधरीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

१३ वर्ष अघिको आगजनीको मुद्दामा जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय सुनाएको थियो । बिहीबार अपराध अनुसन्धान महाशाखाको टोलीले बाँकेको कोहलपुरबाट पक्राउ गरेको थियो ।

चौधरी पक्राउ परेको विरोधमा नागरिक उन्मुक्ति पार्टीले कैलालीको बौनियामा प्रदर्शन गरेको थियो ।

अदालतले ६ महिना कैद सुनाए पनि प्रहरीले उनीहरुलाई पक्राउ गरेर फैसला कार्यान्वयन गराएको थिएन । चौधरी गएको प्रतिनिधि सभा निर्वाचनमा आफैं मनोनयन दर्ता गर्नेदेखि प्रचार–प्रसारमा सहभागी थिए । तर, फरारको सूचीमा रहेका उनलाई त्यतिबेला प्रहरीले पक्राउ गरेको थिएन ।

थप समाचार

नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरीलाई नेपालगन्जदेखि काठमाण्डौँबाट धनगढी लगियो

नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरी पक्राउ, जेल सजाय भोग्न श्री एयरलाइन्समा नेपालगन्जबाट काठमाण्डौं लग्दै