प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेको अध्यक्षमा थापा सर्वसम्मत


प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेको अध्यक्षमा थापा सर्वसम्मत

नेपालगन्ज २८ माघ : प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेको अध्यक्षमा सञ्जय थापा सर्वसम्मत चुनिएका छन् । नेपालगन्जमा शनिबार सम्पन्न चौथो जिल्ला अधिवेशनबाट थापा अध्यक्ष चुनिएका हुन् । संघको उपाध्यक्षमा ध्रुव दाहाल, प्रदीप गुप्ता, चण्डी गैरे र उमा ग्राण्डन सर्वसम्मत भएका छन् ।

निर्वाचन समितिका सदस्य तोजिन्द्र विकका अनुसार सचिवमा हिमनाथ पौडेल र टेकबहादुर खड्का सर्वसम्मत चुनिँदा सह–सचिवको जिम्मेवारी मख्खनबहादुर धामी र प्रेम खरेलले पाएका छन् । कोषाध्यक्षमा विष्णु श्रेष्ठ र सन्तोष बैश्यलाई चुनिएकोछ ।

यस्तै सदस्यहरुमा विनय श्रेष्ठ, पुरुषोत्तम अग्रवाल, शालिक सुवेदी, रविन्द्र लामिछाने, मोहम्मद फकदुल हक हलवाई, मोहम्मद रिजवान अन्सारी, बुद्धिप्रसाद श्रेष्ठ, रेवती सिंह, शरद रेग्मी र नरबहादुर खड्का चयन भएका छन् ।
अन्य सदस्यहरुमा टिकाराम ढुंगाना, रामकुमार सिंह राठौर, सुदीप सेढाईं, अतुल कुमार गुप्ता, मार्टिन ओली, सावित्रा पोखरेल, विशाखर अधिकारी, रामकिसन साहु र शरदराज अधिकारी छन् ।

नेपालगन्ज नगर समितिमा दाहालको नेतृत्व

Kids Festival 2022
kanti aarogya hospital

यसैगरी नेपालगन्ज नगर समितिको पहिलो अधिबेशनबाट सर्वसम्मतरुपमा शिवप्रसाद दाहालको नेतृत्वमा कार्यसमित चनय गरिएकोछ ।

समितिको उपाध्यक्षहरुमा विष्णुप्रसाद भुषाल, विमलकान्त गुप्ता र सुनिला बराल चयन भएका छन् । भने सचिवमा माधवप्रसाद पाखरेल र सन्तोषकुमार पौडेल तथा सह–सचिवमा बद्रुद्दिन अन्सारी र सुरविर फडेरा चयन गरिएकोछ ।

निर्वाचन समितिका सदस्य तोजिन्द्र विकका अनुसार कोषाध्यक्षमा पदम श्रेष्ठ र सह–कोषाध्यक्षमा युवराज ढकाललाई चयन गरिएकोछ ।

यसैगरी सदस्यहरुमा सूर्यकुमार श्रेष्ठ, कमलप्रसाद पौडेल, निमबहादुर सिंह ठकुरी, किशोरकुमार आचार्य, डाक्टर पंकजकुमार गुप्ता, भरतकुमार खड्का, एकराज पाण्डे र सूर्य केसी सर्वसम्मत चुनिएका छन् ।

यस्तै अन्य सदस्यहरुमा किरण खनाल, मिरा पाण्डे, दुर्गा थापा, रफेल अहमद खाँ, सुरेशसिंह परियार, सञ्जयकुमार बर्णवाल, खिमराज अधिकारी, जयकिशन शाह (तेली), विष्णु अर्याल, गणेश भण्डारी, प्रितिसिंह ठकुरी, सुनिल गुप्ता र जिन्टुटन मुल्तियार (साहिल) छन् ।