यसवर्ष पुरा होला त कभरेज दर !


यसवर्ष पुरा होला त कभरेज दर !

नेपालगन्ज १२ फागुन : बाँकेमा हात्तीपाईले रोग विरुद्धको अभियान अन्तरगत यसवर्ष पनि आमऔषधी खुवाउने कार्यक्रम शुरु भएकोछ । बाँकेका ८ पालिकाका कुल ६ लाख १६ हजार ६९५ जनालाई औषधी खुवाउने लक्ष्य लिइएकोछ ।

विगत १३ वर्षदेखी निरन्तर चल्दै आएको हात्तीपाईले रोग विरुद्धको औषधी खुवाउने अभियान बाँकेमा सफल हुन सकेको छैन । सर्बसाधारण नागरिकले औषधी सेवन नगर्दा अभियान सफल हुन नसकेको हो ।

गत वर्ष बाँकेको कभरेज दर ६८ प्रतिशत रहेकोछ । हात्तीपाईले रोग विरुद्धको औषधीप्रति कतिपय सर्बसाधारणको गलत बुझाई भइरहेको छ, जसले गर्दा अभियान प्रभावकारी हुन सकेको छैन । हात्तीपाईले रोग निवारण अभियान ६ चरणमा सम्पन्न हुनुपर्नेमा कार्यक्रम प्रभावकारी नै नभएपछि १३ औं चरणसम्म आईपुगेको हो ।

बाँकेको कोहलपुर नगरपालिकाका एक लाख २ हजार ९०४ जना, खजुरा गाउँपालिकाका ६५ हजार ३०७ जना, जानकी गाउँपालिकाका ४७ हजार ७३३ जना, डुडुवा गाउँपालिकाका ४४ हजार १४४ जना, नरैनापुर गाउँपालिकाका ४४ हजार ८०७ जना, नेपालगन्ज उपमहानगरपालिकाका एक लाख ७० हजार ५९८ जना, बैजनाथ गाउँपालिकाका ७१ हजार ८६१ जना र राप्तीसोनारीका ६९ हजार ३४१ जना गरि कुल ६ लाख १६ हजार ६९५ जनालाई औषधी खुवाउने लक्ष्य रहेकोछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

बाँकेमा ११ औं चरणसम्म दुई थरीका औषधि खुवाइएको थियो । बाँकेले गरेको सर्वेक्षणमा लगातार पाँचौ पटकसम्म औषधि खानेको ४४ प्रतिशत मात्रै रह्यो । हात्तीपाईले रोग निवारण अन्तरगत यसअघि २ प्रकारका औषधी खुवाउने गरेकोमा गतवर्षबाट ३ प्रकारको औषधी खुवाउन थालिएकोछ ।

बाँकेको ८ पालिका मध्ये नेपालगन्ज उपमहानगरपालिकाको आम औषधी कभरेज दर निराशाजनक छ । गतवर्षको तथ्यांक अनुसार नेपालगन्ज उपमहानगरपालिकामा सबैभन्दा कम ५० प्रतिशत र जानकी गाउँपालिकामा सबैभन्दा बढी ८० प्रतिशत औषधीको ‘कभरेज’ भएको छ ।

गतवर्षको कभरेज दर अनुसार सबैभन्दा बढि जानकी गाउँपालिकाको ८० प्रतिशत छ । भने खजुराको ७८ प्रतिशत, नरैनापुरको ६४ प्रतिशत, डुडुवाको ७८ तथा बैजनाथ र राप्तीसोनारीको ७३/७३ प्रतिशत कभरेज दर रहेकोछ ।

वि.सं. २०६७ सालदेखि बाँकेमा हात्तीपाईले रोगविरुद्ध औषधी खुवाउने कार्य चल्दै आएको छ । विगत १३ वर्षदेखी निरन्तर चल्दै आएको हात्ती पाईले रोग विरुद्धको औषधी खुवाउने अभियान बाँकेमा सफल हुन सकेको छैन ।
स्वास्थ्यकर्मीका अनुसार हात्तीपाईले रोग विरुद्धको औषधी दुई वर्ष उमेर नपुगेका बच्चा, गर्भवती, ७ दिनसम्मका सुत्केरी, सिकिस्त बिरामी, मृर्गी भएका बिरामीले भने खानु हुँदैन ।

आम औषधी अभियान अन्र्तगत सुरुको केही दिनसम्म नजिकको स्वास्थ्य संस्था वा खोप केन्द्रहरुमा औषधी खुवाइन्छ, त्यसपछि स्वास्थ्यकर्मीहरु घर–घरमा पुगेर भएपनि आफ्नै निगरानीमा औषधी खुवाउने योजना रहेको स्वास्थ्य कार्यालय बाँकेका भेक्टर कन्ट्रोल फोकल पर्सन दुर्गा गौतमले जानकारी दिइन् ।

थप समाचार

नेपालगन्जमा औषधी खुवाउन कठिन, कभरेज दर भेटाउन हम्मे–हम्मे

बाँकेका ६ लाख बढीलाई हात्तीपाईले रोग विरुद्धको औषधी खुवाइँदै

हात्तीपाईले विरुद्धको औषधि ढुक्क भएर खानुहोस् : मेयर विष्ट

थाहा पाउनुहोस्, हात्तीपाइले रोग विरुद्धको औषधि किन खाने ?

हात्तीपाइलेबाट बच्न औषधी खाऔं, कसले नखाने ?