संघको महोत्सव रोकेर युवाक्लबलाई लाईभ कन्सर्टको अनुमती

स्थानीय सरकारले पूर्णरुपमा असहयोग गर्‍यो : संघ


संघको महोत्सव रोकेर युवाक्लबलाई लाईभ कन्सर्टको अनुमती

कोहलपुर १४ फागुनः बाँकेको कोहलपुर नगरपालिकाले पूर्वाग्राही ढंगबाट पदीय जिम्मेवारीको चरम दुरुपयोग गरेको पाइएकोछ । नगरप्रमुख पूर्णप्रसाद आचार्य र उपप्रमुख संगिता सुवेदीले पदीय जिम्मेवारीको चरम दुरुपयोग गरि कोहलपुर उद्योग वाणिज्य संघलाई असहयोग गरेको पाइएको हो ।

‘कृषि, पर्यटन र उद्योगको आवश्यकताः व्यवसायिक प्रबद्र्धनसँगै सामाजिक एकता’ भन्ने मूल नारासहित संघको बहुआयमिक भवन निर्माणार्थ आयोजित महोत्सव सञ्चालनमा रोक लगाउँदै स्थानीय युवा क्लबलाई लाईभ कन्सर्ट गर्न अनुमति दिइएकोछ ।

नगरपालिकाले यही फागुन ११ गते बसेको बैठकबाट लेकाली युवा क्लब कोहलपुर–११ ले आयोजना गर्ने ‘प्रथम कोहलपुर लाईभ कन्र्सट तथा होली मिलन’ का लागि अनुमति दिने भएपछि संघको बहुआयामिक भवन निर्मार्णाथ आयोजित महोत्सवलाई रोकेको हो ।

योसंगै स्थानीय सरकार समग्र उद्योगी व्यवसायीहरुको हकहितमा कति संवेदनशील रहेछ भन्ने पनि कोहलपुर नगरपालिकाको कार्यशैली पदीय जिम्मेवारीको चरम दुरुपयोगबाट प्रष्ट भएको छ । संघद्वारा जारी महोत्सवको समयअवधि बढाउनुपर्ने दर्शकले माग राखेपछि संघले फागुन १७ गतेसम्मका लागि समयसीमा थप गर्न पटक–पटक प्रस्ताव गरेपनि नगरप्रमुख आचार्यले सोझै लत्याउँदै आएका थिए ।

Kids Festival 2022
kanti aarogya hospital

महोत्सव सञ्चालनका दौरान कोहलपुर नगरपालिकासंग भएको सम्झौतामा समेत बढीमा तीन दिनसम्म समयसीमा थप गर्न सकिने भन्दै कोहलपुर नगरपालिका मेला महोत्सव ब्यवस्थापन समितका अध्यक्ष समेत रहेका नगरप्रमुख आचार्यले सम्झौता गरिएको थियो । तर, उक्त सम्झौतालाई समेत लत्याउँदै नगरप्रमुख आचार्य कोहलपुर उद्योग वाणिज्य संघलाई ‘बाइकट’ गर्दै पूर्वाग्रही ढंगबाट पदीय जिम्मेवारीको दुरुपयोग गरेको पुष्टि भएकोछ ।

महोत्सव समापनसँगै कोहलपुर उद्योग वाणिज्य संघले एक प्रेस विज्ञप्ति जारी गर्दै कोहलपुर नगरपालिकाले पूर्णरुपमा असहयोग गरेको प्रति गम्भीर ध्यानाकर्षण जनाएकोछ। संघका अध्यक्ष लक्ष्मणराज पौडेलद्वारा आईतबार बेलुका जारी एक विज्ञप्तिमा स्थानीय सरकारले सिर्जना गरेको प्रतिकूलताका कारण महोत्सव समापन गर्न बाध्य भएको उल्लेख गरिएको छ ।

‘व्यवसायिक क्षेत्रको प्रबद्र्धनको लागि आयोजना गरिएको महोत्सव महोत्सव स्थानीय सरकारले प्रतिकूल हुनेगरी निर्णय सकारात्मक छैन । महोत्सवलाई पूर्ण रुपमा असहयोग गरियो । स्थानीय सरकारको यस्तो कार्य सम्पादनप्रति उद्योग व्यवसायी मात्र नभएर नगरबासी मर्माहत भएका छन्,’ उक्त विज्ञप्तिमा भनिएको छ ।

स्थानीय सरकार समग्र उद्योगी व्यवसायीहरुको हकहितमा कति संवेदनशील रहेछ भन्ने पनि कोहलपुर नगरपालिकाको कार्यशैली पदीय जिम्मेवारीको चरम दुरुपयोगबाट प्रष्ट भएको छ ।

यस्तै स्थानीय सरकारको त्रुटीगत निर्णयका कारण महोत्सवबाट संकलित आम्दानीबाट संघको बहुआयामिक भवन निर्माणलाई पूर्णता दिने उद्देश्य प्राप्ति हुन नसक्ने अवस्था आएको अध्यक्ष पौडेलले बताएका छन् । आम दर्शक तथा अवलोकनकर्ताहरुबाट समेत महोत्सव समय अवधि थप गर्नुपर्ने सुझावको समेत पूर्ण अटेर गरिएको पौडेलले बताए ।

यसैगरी निजी क्षेत्रको प्रतिनिधित्व गर्ने उद्योग वाणिज्य संघको अनुरोधलाई व्यवस्ता गरी गैर जिम्मेवारपूर्ण तरिकाबाट स्थानीय सरकारको पूर्वाग्राही ढंगबाट गरेको निर्णयप्रति खेद प्रकट गर्दै यस पछिका दिनमा आम उद्योगी, व्यवसायी एंव नागरिकस्तरबाट हुन सक्ने विषम परिस्थितिको जिम्मेवारी पनि नगरप्रमुख एंव स्थानीय सरकारले लिनुपर्ने ध्यानाकर्षण गराइएको छ ।

कोहलपुर उद्योग वाणिज्य संघको बहुआयमिक भवन निर्माणार्थ सञ्चालन गरिएको महोत्सवको समय थप गर्ने प्रस्ताव नगरपालिकाले अस्वीकार गरेको थियो । आयोजक उद्योग वाणिज्य संघले फागुन १० गते महोत्सव आगामी फागुन १७ गतेसम्म समय थप गर्नको लागि अनुमति मागेको थियो ।

कोहलपुर नगरपालिका मेला महोत्सव व्यवस्थापन कार्यविधि २०७९, मेला महोत्सव व्यवस्थापन समितिका अध्यक्ष तथा कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यको अध्यक्षतामा फागुन ११ गते बसेको बैठकले मेलाको समय थप गर्ने निर्णय गरेको हो ।

मेला महोत्सव व्यवस्थापन समितिका अध्यक्ष, सदस्यहरु, जनप्रतिनिधि र सुरक्षाकर्मी सम्मिलित बैठक गरेको निर्णयमा भनिएको छ,‘कोहलपुर उद्योग वाणिज्य संघको फागुन १० गतेको च.न.७८ को पत्रद्वारा फागुन ५ गतेदेखि १३ गतेसम्म सञ्चालित लुम्बिनी प्रादेशिक महोत्सव कोहलपुरको समयसीमा फागुन १७ गतेसम्म थप अनुमतिको लागि माग भइ आएकोमा उक्त महोत्सवको म्याद पूर्व अनुमति समयसीमा भन्दा बढी थप नगर्ने निर्णय गरियो ।’

संघले विज्ञप्ती जारी गरेसगै यतिबेला कोहलपुर नगरप्रमुखको सर्वत्र आलोचना हुन थालेकोछ । योसंगै निजी क्षेत्रको प्रतिनिधित्व गर्ने उद्योग वाणिज्य संघ र कोहलपुर नगरपालिकाबीचको टकराब सतहमा आएकोछ ।