बाँके र बर्दियाको सरकारी जग्गा व्यक्तिको बनाउने मालपोतका कर्मचारीसहित २५ जना दोषी ठहर


बाँके र बर्दियाको सरकारी जग्गा व्यक्तिको बनाउने मालपोतका कर्मचारीसहित २५ जना दोषी ठहर

नेपालगन्ज १६ फागुन : विशेष अदालत काठमाडौले बाँके र बर्दिया जिल्लाका विभिन्न ठाउँको सरकारी तथा सार्वजनिक जग्गा व्यक्तिका नाममा पु¥याएको अभियोगमा मालपोत कार्यालयका कर्मचारीसहित २५ जनालाई दोषी ठहर गरेको छ ।

विशेष अदालतका न्यायाधीशहरू रमेशकुमार पोखरेल, यमुना भट्टराई र खुशीराम थारुको इजलासले जग्गा अपचलन गर्दै भ्रष्टाचार गरेको ठहर गरेको हो । विशेषले दोषी ठहर भएका २५ जनालाई जनही ९ महिना कैद र २० हजार जरिवाना हुने फैसला सुनाएको विशेष अदालतका प्रवक्ता दीपेन्द्र अधिकारीले जानकारी दिए ।

तत्कालीन प्रमुख मालपोत अधिकृत दीर्घबहादुर पोखरेल, टंकप्रसाद शर्मा र अशोककुमार भट्टराईले भने अभियोगबाट सफाइ पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत अधिकृत पोखरेलसहित २८ जनाविरूद्ध २०७६ जेठ ३० मा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

बाँके र बर्दिया जिल्लाको भूमि सुधार तथा मालपोत कार्यालयका तत्कालिन प्रमुख–२ जना, मालपोत अधिकृत–४, नायब सुब्बा–६, खरिदार–७, कम्प्युटर अपरेटर–१, कम्प्युटर अपरेटर सहायक(करार)–२, कार्यालय सहयोगी–२ सहित अन्य ५ जना विरुद्ध मुद्दा दायर गरिएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

मुद्दा दायर हुनेमा प्रमुख मालपोत अधिकृतदेखि कार्यालय सहयोगी र जग्गा व्यवसायीदेखि लेखापढी व्यवसायी समेत थिए । अख्तियारले सरकारी जग्गा व्यक्तिका नाममा पु¥याएर बाँके र बर्दियामा २–२ करोड रूपैयाँ भन्दा बढी भ्रष्टाचार गरेको दाबी गरेको थियो ।

अख्तियारले बाँके जिल्लाका सरकारी र सार्वजनिक जग्गा व्यक्तिका नाममा पु¥याउँदा २ करोड १६ लाख र बर्दियाका जग्गा व्यक्तिका नाममा पु¥याउँदा २ करोड ३० लाख भ्रष्टाचार भएको दाबी अभियोगमा गरेको थियो ।

बाँके र बर्दिया जिल्लाका विभिन्न कित्ताको जग्गा प्रतिवादीहरूमध्ये कौशल भन्ने खैरुल हसन अन्सारी समेतले आफूलाई गैरकानूनी लाभ र नेपाल सरकारलाइ गैरकानूनी हानी पु¥याउने बदनियतले मालपोत कार्यालय बाँके र बर्दियाका कर्मचारहरूलाई अनुचित प्रभावमा पारी जग्गा खरिद बिक्री गरेको अभियोगपत्रमा उल्लेख छ ।

मुद्दा दायर हुनेमा मालपोत कार्यालय बाँकेका तत्कालीन प्रमुख मालपोत अधिकृत पोखरेल, मालपोत अधिकृतहरू पुष्पा श्रेष्ठ, हेमराज शर्मा र अशोक कुमार भट्टराई, नायब सुब्बाहरू रुद्रबहादुर देवकोटा, टंकप्रसाद शर्मा, रामबहादुर खड्का र मानबहादुर केसी, कम्प्युटर अपरेटर यज्ञश्वर ओली, सहायक कम्प्युटर अपरेटर (करार) प्रेमबहादुर चन्द ठकुरी, खरिदारहरू सुशिल रिजाल, संजयकुमार ठाकुर, कुलानन्द राउत र कार्यालय सहयोगी अन्तराम चौधरी थिए ।

त्यस्तै, मालपोत कार्यालय बर्दियाका तत्कालीन कार्यालय प्रमुख कृष्णप्रसाद ज्ञवाली, मालपोत अधिकृत रामकुमार रोका, नायब सुब्बाहरू कृष्णलाल शर्मा, रविन्द्रबहादुर थापा, खरिदारहरू भूमिराज पोखरेल, किशोरकुमार रिजाल, तुलसीरानी थारु, कम्प्युटर अपरेटर (करार) लक्ष्मी मल्ल र कार्यालय सहयोगी सूर्यप्रसाद उपाध्याय तथा कौशल भन्ने खैरूल हसन अन्सारी, हसरतुन निसा अन्सारी, लाली मल्ल, बिरू भन्ने बृहस्पति खड्का र पप्पु धोबी थिए ।

आयोगले दायर गरेको मुद्दामा उलेख भएअनुसार जिल्ला बाँके साविक खासकारकाँदो वडा नम्बर– ७ को सिट नं.७ कि.नं. २१० क्षेत्रफल ०–५–१३ तथा साविक नेपालगन्ज नगरपञ्चायत वडा नम्बर–३ को कि.नं.१४ क्षेत्रफल ०–५–१७ र जिल्ला बर्दिया नेउलापुर वडा नम्बर ७ ‘क’ को कि.नं. १९१ र वडा नम्बर ९ ‘ख’ को कि.नं. ७, ८, ५०, ६१ र ६३ को जग्गा सम्बन्धी सरकारी कागजात सच्याई (किर्ते) गरी भ्रष्टाचार गरेको भन्ने उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा पुष्टि भएपछि आयोगले मुद्दा दायर गरेको हो ।

थप समाचार

बाँके र बर्दियाका मालपोत प्रमुख सहित २८ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर