कर्तब्य पालनामा कसैको दवाव र प्रभावमा परिन : वडा प्रहरी इन्चार्ज रिपेन्द्र


कर्तब्य पालनामा कसैको दवाव र प्रभावमा परिन : वडा प्रहरी इन्चार्ज रिपेन्द्र

नेपालगन्ज १९ फागुन : वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी प्रमुख रिपेन्द्र कुमार सिंहले शान्ति, सुरक्षा तथा अपराध नियन्त्रणमा नगरबासीको उल्लेख्य साथ र सहयोग पाएको बताएकाछन् । वडा प्रहरी कार्यालय नेपालगन्जबाट काज सरुवा भइ ललितपुर जान लागेका उनले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।

प्रहरी निरीक्षक रिपेन्द्रले कमाण्ड सम्हाले लगत्तै वडाका जनप्रतिनिधि, राजनीतिक दल, उद्योगी, व्यवसायी, पत्रकार, विभिन्न संघसस्थाका प्रमुख तथा प्रतिनिधिसंग भेट गदै सबैको साथ र सहयोग पाएको बताए ।

‘मेरो शान्त स्वभाव छ, शान्त भएरै काम गर्छु । अरुजस्तो प्रचारप्रसार गर्दिन्’ उनले अगाडी थपे ‘कर्तब्य पालना गर्ने विषयमा कसैको दवाव र प्रभावमा परिन । नगरबासीको साथ र सहयोग रह्यो ।’

पत्रकारबीच आफ्नो ११ महिने कार्यको समिक्षा गर्दै उनले यहाँको बस्तुस्थिती, शान्तिसुरक्षा लगायत अपराधिक अवस्थाका बारेमा सुक्ष्मरुपमा अध्ययन गर्न पाएको बताए ।

Kids Festival 2022
kanti aarogya hospital

नगरमा मुख्यतयाः लागु औषध ओसारपसार तथा सेवन, कर्तब्य ज्यान, जबरजस्ती करणी, चोरी, लुटपाट, वालबिबाह, बहुबिबाह, झैंझगडा, कुटपिट जस्ता अपराधहरु हुने गरेको बताउँदै उनले नगरको कमाण्ड सम्हालेदेखि नै शान्ति सुरक्षा, अपराध नियन्त्रण, सामाजिक सद्भाव कायम तथा सेवा प्रवाहमा उल्लेख्यनिय कार्य गरेको बताए ।

आफ्नो कार्यकालमा दुई वटा निर्वाचन शान्तिपूर्ण सम्पन्न भएको बताउँदै उनले भौतिक तथा प्रहरी कल्याणकारीका क्षेत्रमा कार्यलय प्रमुखदेखि प्रहरी जवानसम्मको ब्यारेकमा एसी जडान गरेको र यस कार्यमा सहयोग गर्नेलाई धन्यबाद दिए ।

‘पत्रकार र प्रहरीबीचको सम्बन्ध नङ र मासु जस्तै हो । हामी एकअर्कालाई सहयोग गर्नुपर्छ’ प्रहरी निरीक्षक रिपेन्द्रले भने–‘हाम्रा कमीकमजोरीलाई रचनात्मक भूमिकामा औल्याइदिनुहोस् र गरेका सकारात्मक कार्यलाई प्रोत्साहन गर्नुहोला ।’

प्रहरी प्रधान कार्यालयले गत वर्ष चैत्र २५ गते शुक्रबार एकैपटक देशभरका ६७३ प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा गरेको थियो । गत वैशाखमा ईलाका प्रहरी कार्यालय मौलापुर, रौतहटबाट सरुवा भइ आएका प्रहरी निरीक्षक रिपेन्द्र कुमार सिंहको ललितपुर प्रहरी परिसर सरुवा भएकोछ ।

थप समाचार

तटस्थ भएर काम गर्नेछु : वडा प्रहरी इन्चार्ज रिपेन्द्र