नेपाल विश्वकप छनोटमा


नेपाल विश्वकप छनोटमा

त्रिवि क्रिकेट मैदानमा पुगेका दर्शक। तस्बिर : क्यान।

नेपालगन्ज २ चैत्र: आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम तथा निर्णायक खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई हराउँदै नेपालले एकदिवसीय विश्वकपमा छनोट भएको छ । नेपालले युएईलाई डिएल मेथोडमा नौ रनले हराउँदै विश्वकपमा छनोट भएको हो । आइसीसी क्रिकेट लिग– २ अन्तिम शृंखलाको अन्तिम खेलमा नेपाल विश्वकप छनोटमा पुग्न सफल बन्यो ।

नेपालले ३६ खेल खेलेर ४० अंक बनाउँदै ‘टप थ्री’बाट विश्वकप छनोटमा आफ्नो स्थान बनाएको हो । लिग–२ बाट स्कटल्याण्ड र ओमानले यसअघि नै विश्वकप छनोटमा स्थान बनाइसकेका छन् । ४४ ओभरमा ६ विकेटको क्षतिमा २ सय ६९ रन बनाएको नेपालले डीएलएस विधिका आधारमा युएईसँग ९ रनले विजयी भएको हो । पानी पर्न थालेपछि रेफ्रीले उक्त विधिबाट नेपाललाई विजयी घोषणा गरेका हुन् । ३११ रनको लक्ष्य पछ्याएको नेपालका लागि चार ब्याटरले अर्धशतक पूरा गरेका थिए ।

त्रिवि मैदान कीर्तिपुरमा बिहीबार जितका लागि तीन सय ११ रनको लक्ष्य पछ्याएको नेपालले ४५ ओभरमा ६ विकेटको क्षतिमा दुई सय ६९ रन बनाएको थियो । सुरुवातमा बलिङमा कमजोर प्रदर्शन गरेको नेपाल ब्याटिङमा पनि राम्रो खेल्यो ।

जितका लागि विशाल योगफल पछ्याएको नेपालका लागि भिम सार्कीले ६७ रनको अर्धशतकीय पारी खेले । उनले ७६ बलमा नौ चौकाको सहयोगमा उक्त रन बनाए ।

Kids Festival 2022
kanti aarogya hospital
add

आरिफ शेखले ५२ तथा ओपनर कुशल भुर्तेलले पनि ५० रनको अर्धशतकीय पारी खेले । शेखले ६२ बलमा दुई चौकाको सहयोगमा उक्त रन जोडे । ३५ बलको सामना गरेका भुर्तेलले तीन चौका र चार छक्का हानेका थिए । यस्तै, गुल्सन झाले अविजित ५०, कप्तान रोहित पौडेलले १६ र दीपेन्द्र सिंह ऐरीले १० रन बनाए ।

बलिङमा युएईका जुनईद सिद्धिकीले तीन विकेट लिए । आयान अफ्जल खानले दुई तथा जाहोर खानले एक विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा तीन सय १० रनको विशाल योगफल बनाएको थियो ।

युएईका लागि आशिफ खानले एक सय एक रनको शतकीय पारी खेले । उनले ४२ बलमा चार चौका र ११ छक्काको सहयोगमा उक्त रन बनाए ।

यस्तै वृत्य अरविन्दले ९४ रन बनाए । कप्तान मोहम्मद वासिमले ६३ र रोहन मुस्ताफाले २० रन बनाए । बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए । ललित राजवंशी, सन्दीप लामिछाने र सोमपाल कामीले एक–एक विकेट लिए ।

जितसँगै नेपालले आगामी जुन–जुलाईमा जिम्बावेमा आयोजना हुने विश्वकप छनोटमा सोझै स्थान बनाएको छ । नेपालले घरेलु सिरिजमा क्लीन स्वीप गरेको छ । नेपाल लिगको सबै ३६ खेलबाट ४० अंक जोड्दै तेस्रो भयो ।

समान खेलबाट ३३ अंक बनाएको युएई छैटौं स्थानमा रह्यो । यस सिरिजको अर्को टोली पपुवा न्युगिनी (पीएनजी) ११ अंक जोड्दै अन्तिममा रह्यो । नेपालको जितले ३९ अंक बनाएको नामिबियाले चौथो स्थानमा झरेको छ ।

सात टोली सहभागी लिगमा सबै खेल सकेको स्कटल्याण्ड सिरिज च्याम्पियन बन्दै शीर्षस्थानमा छ । ओमान ४४ अङ्कसहित दोस्रो स्थानमा छ । स्कटल्याण्ड र ओमानले यसअघि नै जिम्बावेले यात्रा तय गरिसकेका छन् । लिगमा ३५ अङ्क बनाएको अमेरिका पाँचौँ स्थानमा रहेको छ ।

लिगको अन्तिम चारमा रहेका टोलीले अब यसै महिनाको अन्तिममा नामिबियामा हुने प्लेअफ क्वालिफायर खेल्नेछन् । प्लेअफ क्वालिफायरमा लिग–२ को अन्तिम चारमा रहेका युएई, अमेरिका, नामिबिया र पीएनजीसहित आईसीसी च्यालेन्ज लिग समूह ‘बी’ को विजेता जर्सी र ‘ए’ को विजेता क्यानडागरी ६ टोलीबीच प्रतिस्पर्धा हुनेछ । यी ६ टोलीबाट शीर्ष दुईले जिम्बावेमा हुने विश्वकप छनोट खेल्न पाउनेछन् ।

यस्तै जिम्बावेमा हुने विश्वकप छनोटमा १० टोलीबीच प्रतिस्पर्धा हुनेछ । जसमा विश्वकप छनोटमा सुपर लिग–२ को अन्तिममा रहेका पाँच टोली, लिग–२ का शीर्ष तीन टोली र प्लेअफ क्वालिफायरमा शीर्ष दुई टोली रहनेछन् । १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । समूहबाट शीर्ष तीन तीन टोलीलेसुपर सिक्समा स्थान बनाउनेछन् ।

सुपर सिक्समा एक अर्कासँग खेलेपछि शीर्ष दुईमा रहने टोली आगामी अक्टोबर–नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकपमा छनोट हुनेछन् । भारतमा हुने विश्वकपमा कूल १० टोलीको सहभागिता रहनेछ ।

थप समाचार

पीएनजीविरुद्ध नेपालको शानदार जित, विश्वकप छनोटबाट १ खेल मात्रै टाढा

नेपालले जोगायो एकदिवसीय मान्यता