त्रिवि क्रिकेट मैदानमा पुगेका दर्शक। तस्बिर : क्यान।
नेपालगन्ज २ चैत्र: आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम तथा निर्णायक खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई हराउँदै नेपालले एकदिवसीय विश्वकपमा छनोट भएको छ । नेपालले युएईलाई डिएल मेथोडमा नौ रनले हराउँदै विश्वकपमा छनोट भएको हो । आइसीसी क्रिकेट लिग– २ अन्तिम शृंखलाको अन्तिम खेलमा नेपाल विश्वकप छनोटमा पुग्न सफल बन्यो ।
नेपालले ३६ खेल खेलेर ४० अंक बनाउँदै ‘टप थ्री’बाट विश्वकप छनोटमा आफ्नो स्थान बनाएको हो । लिग–२ बाट स्कटल्याण्ड र ओमानले यसअघि नै विश्वकप छनोटमा स्थान बनाइसकेका छन् । ४४ ओभरमा ६ विकेटको क्षतिमा २ सय ६९ रन बनाएको नेपालले डीएलएस विधिका आधारमा युएईसँग ९ रनले विजयी भएको हो । पानी पर्न थालेपछि रेफ्रीले उक्त विधिबाट नेपाललाई विजयी घोषणा गरेका हुन् । ३११ रनको लक्ष्य पछ्याएको नेपालका लागि चार ब्याटरले अर्धशतक पूरा गरेका थिए ।
त्रिवि मैदान कीर्तिपुरमा बिहीबार जितका लागि तीन सय ११ रनको लक्ष्य पछ्याएको नेपालले ४५ ओभरमा ६ विकेटको क्षतिमा दुई सय ६९ रन बनाएको थियो । सुरुवातमा बलिङमा कमजोर प्रदर्शन गरेको नेपाल ब्याटिङमा पनि राम्रो खेल्यो ।
जितका लागि विशाल योगफल पछ्याएको नेपालका लागि भिम सार्कीले ६७ रनको अर्धशतकीय पारी खेले । उनले ७६ बलमा नौ चौकाको सहयोगमा उक्त रन बनाए ।
आरिफ शेखले ५२ तथा ओपनर कुशल भुर्तेलले पनि ५० रनको अर्धशतकीय पारी खेले । शेखले ६२ बलमा दुई चौकाको सहयोगमा उक्त रन जोडे । ३५ बलको सामना गरेका भुर्तेलले तीन चौका र चार छक्का हानेका थिए । यस्तै, गुल्सन झाले अविजित ५०, कप्तान रोहित पौडेलले १६ र दीपेन्द्र सिंह ऐरीले १० रन बनाए ।
बलिङमा युएईका जुनईद सिद्धिकीले तीन विकेट लिए । आयान अफ्जल खानले दुई तथा जाहोर खानले एक विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा तीन सय १० रनको विशाल योगफल बनाएको थियो ।
युएईका लागि आशिफ खानले एक सय एक रनको शतकीय पारी खेले । उनले ४२ बलमा चार चौका र ११ छक्काको सहयोगमा उक्त रन बनाए ।
यस्तै वृत्य अरविन्दले ९४ रन बनाए । कप्तान मोहम्मद वासिमले ६३ र रोहन मुस्ताफाले २० रन बनाए । बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए । ललित राजवंशी, सन्दीप लामिछाने र सोमपाल कामीले एक–एक विकेट लिए ।
जितसँगै नेपालले आगामी जुन–जुलाईमा जिम्बावेमा आयोजना हुने विश्वकप छनोटमा सोझै स्थान बनाएको छ । नेपालले घरेलु सिरिजमा क्लीन स्वीप गरेको छ । नेपाल लिगको सबै ३६ खेलबाट ४० अंक जोड्दै तेस्रो भयो ।
समान खेलबाट ३३ अंक बनाएको युएई छैटौं स्थानमा रह्यो । यस सिरिजको अर्को टोली पपुवा न्युगिनी (पीएनजी) ११ अंक जोड्दै अन्तिममा रह्यो । नेपालको जितले ३९ अंक बनाएको नामिबियाले चौथो स्थानमा झरेको छ ।
सात टोली सहभागी लिगमा सबै खेल सकेको स्कटल्याण्ड सिरिज च्याम्पियन बन्दै शीर्षस्थानमा छ । ओमान ४४ अङ्कसहित दोस्रो स्थानमा छ । स्कटल्याण्ड र ओमानले यसअघि नै जिम्बावेले यात्रा तय गरिसकेका छन् । लिगमा ३५ अङ्क बनाएको अमेरिका पाँचौँ स्थानमा रहेको छ ।
लिगको अन्तिम चारमा रहेका टोलीले अब यसै महिनाको अन्तिममा नामिबियामा हुने प्लेअफ क्वालिफायर खेल्नेछन् । प्लेअफ क्वालिफायरमा लिग–२ को अन्तिम चारमा रहेका युएई, अमेरिका, नामिबिया र पीएनजीसहित आईसीसी च्यालेन्ज लिग समूह ‘बी’ को विजेता जर्सी र ‘ए’ को विजेता क्यानडागरी ६ टोलीबीच प्रतिस्पर्धा हुनेछ । यी ६ टोलीबाट शीर्ष दुईले जिम्बावेमा हुने विश्वकप छनोट खेल्न पाउनेछन् ।
यस्तै जिम्बावेमा हुने विश्वकप छनोटमा १० टोलीबीच प्रतिस्पर्धा हुनेछ । जसमा विश्वकप छनोटमा सुपर लिग–२ को अन्तिममा रहेका पाँच टोली, लिग–२ का शीर्ष तीन टोली र प्लेअफ क्वालिफायरमा शीर्ष दुई टोली रहनेछन् । १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । समूहबाट शीर्ष तीन तीन टोलीलेसुपर सिक्समा स्थान बनाउनेछन् ।
सुपर सिक्समा एक अर्कासँग खेलेपछि शीर्ष दुईमा रहने टोली आगामी अक्टोबर–नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकपमा छनोट हुनेछन् । भारतमा हुने विश्वकपमा कूल १० टोलीको सहभागिता रहनेछ ।
थप समाचार
पीएनजीविरुद्ध नेपालको शानदार जित, विश्वकप छनोटबाट १ खेल मात्रै टाढा
नेपालको बाढी विपदका लागि आर्थिक सहयाेग गर्न तयार छन्, भारत, चीन र विश्व बैंक
अकस्मात उर्लिनुअघि भोटेकोशीको ‘शीर’मा के भइरहेको थियो?
रसुवा बाढी- तीन महिनाका लागि संकटग्रस्त घाेषणा, सरकारले अरु के निर्णय गर्याे?
तिब्बततिर उद्धारका लागि चिनियाँ राष्ट्रपतिको निर्देशन
रसुवाको बाढी अनुमानभन्दा भयावह, स्थानीयसँग सम्पर्क टुट्दा उद्धारमा चुनौती
भोटेकोशी बाढीमा ठुलो मानवीय क्षति भएको अनुमान छः सहायक प्रजिअ