नेपालगन्ज ५ चैत्र : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्र्तगत बाँकेको दुई क्याम्पसको मत परिणाम सार्वजनिक भएकोछ । करिब १४ वर्षपछि आईतबार सम्पन्न स्ववियु निर्वाचनबाट बाँकेको नेपालगन्ज नर्सिङ्ग क्याम्पसको सभापतिमा गठबन्धनका उम्मेदवार विजयी भएकी छन् । भने बाँकेको खजुरा गाउँपालिकास्थित ज्ञानोदय बहुमुखी क्याम्पसमा नेकपा (एमाले) सम्बद्ध अनेरास्ववियुको प्यानल विजयी भएको छ ।
नेपालगन्ज नर्सिङ क्याम्पसमा अखिल क्रान्तिकारी, नेविसंघ र अनेरास्ववियूको गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी अखिल क्रान्तिकारीका दीपिका सोनी विजयी भएकी छन् । दीपिकाले ८१ मत प्राप्त गरी विजयी भइन् ।
दीपिकाकी निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) सम्वद्ध अनेरास्ववियुका तर्फबाट अध्यक्षका उम्मेदवार निलिमा गिरीले ७८ मत प्राप्त गरिन् ।
यसैगरी सचिवमा एमाले सम्बद्ध अनेरास्ववियुका देवार्चना अधिकारी विजयी भइन् । कोषाध्यक्षमा गठबन्धनका तर्फबाट नेविसंघका रेलुसा खत्री विजयी भइन् ।
त्रिभुवन विश्व विद्यालयको आङ्गिक क्याम्पसको रुपमा रहेको नर्सिङ्ग क्याम्पसमा आईतबार भएको निर्वाचनमा १६१ जना मतदाता रहेकोमा शतप्रतिशत मतदान भएको थियो ।
स्ववियु निर्वाचनमा एमाले सम्बद्ध अनेरास्ववियु र नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी र अनेरास्ववियुको गठबन्धनबीच प्रतिष्पर्धा भएको हो । सदस्यहरुमा अनेरास्ववियुका ईशा पौडेल, विनिता बेल्बासे र गठबन्धनका रश्मी अधिकारी बिजयी भएकी छन् ।
यस्तै, बाँकेको खजुरास्थित ज्ञानोदय बहुमुखी क्याम्पसमा नेकपा (एमाले) सम्बद्ध अनेरास्ववियुको प्यानल विजयी भएको छ ।
अनेरास्ववियुकातर्फबाट सभापतिमा विनयकुमार यादव १०१ मत प्राप्तगरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका मोहम्मद सरिफ खाँले ६१ र नेविसंघका हिमाल पंगालीले ४८ मत प्राप्त गरे ।
यसैगरी सचिवमा ११७ मतसहित प्रेमप्रसाद पौडेल र कोषाध्यक्षमा ११० मत प्राप्तगरी विनिता पुनमगर विजयी बने । यस्तै सदस्यमा सपना थापा क्षेत्री १११, मोहम्मद उस्मान खाँ १०९ र निरुता थापा १०४ मतसहित विजयी बने । मतदानमा २२२ मत खसेको थियो ।
समानुपातिकतर्फ अनेरास्ववियु १०७, नेपाल विद्यार्थी सङ्घ ५७ र अखिल क्रान्तिकारीले ५४ मत प्राप्त गरेका छन् ।
बाँकेमा स्ववियु निर्वाचन हुने पाँच क्याम्पसमध्ये चारबाट त्रिभुवन विश्वविद्यालय र एक मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतका क्याम्पस रहेका छन् । कोहलपुरस्थित बागेश्वरी बहुमुखी क्याम्पस, नेपालगन्ज नर्सिङ्ग क्याम्पस, खजुरास्थित ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पस र राप्तीसोनारीको हब्रहवामा रहेको जन सिद्धेश्वर बहुमुखी क्याम्पस निर्वाचन भएको थियो ।
यस क्षेत्रमै सबैभन्दा बढी विद्यार्थी संख्या रहेको नेपालगन्ज स्थित महेन्द्र बहुमुखी क्याम्पसमा भने आगामी चैत्र ८ गते स्ववियु निर्वाचन हुनेछ । यो समाचार तयार पार्दासम्म राप्तीसोनारीको जन सिद्धेश्वर बहुमुखी क्याम्पस र कोहलपुरको बागेश्वरी बहुमुखी क्याम्पसमा मतगणना जारी रहेकोछ ।
थप समाचार
स्ववियु निर्वाचनः मतदान सुरु, केहीमा स्थगित
मब क्याम्पसको विवाद समाधान, विद्यार्थी संगठन निर्वाचनको तयारीमा जुटे
महेन्द्र बहुमुखी क्याम्पससहित ८ क्याम्पसको स्ववियु निर्वाचन रोकियो
स्ववियु निर्वाचन : यस्ता छन् विद्यार्थीका एजेण्डा
स्ववियु निर्वाचनमा आचारसंहिता : रंगरोगन र पोस्टर टाँस्न नपाइने
स्ववियु निर्वाचन : आज मनोनयनपत्र वितरण
स्ववियु निर्वाचनमा सत्तारुढ दलका विद्यार्थीबीच सहकार्य
स्ववियु निर्वाचन : देशभरका क्याम्पसमा निर्वाचन समिति गठन
स्ववियु निर्वाचन : देशभरिका क्याम्पसमा विद्यार्थी सङ्गठन दर्ता
अकस्मात उर्लिनुअघि भोटेकोशीको ‘शीर’मा के भइरहेको थियो?
रसुवा बाढी- तीन महिनाका लागि संकटग्रस्त घाेषणा, सरकारले अरु के निर्णय गर्याे?
तिब्बततिर उद्धारका लागि चिनियाँ राष्ट्रपतिको निर्देशन
रसुवाको बाढी अनुमानभन्दा भयावह, स्थानीयसँग सम्पर्क टुट्दा उद्धारमा चुनौती
भोटेकोशी बाढीमा ठुलो मानवीय क्षति भएको अनुमान छः सहायक प्रजिअ
अचानक उर्लियाे भाेटेकाेशी, रसुवामा ब्यापक क्षति