नेपालगन्ज नर्सिङ्ग क्याम्पसमा दीपिका, ज्ञानोदयमा विनयकुमार निर्वाचित


नेपालगन्ज नर्सिङ्ग क्याम्पसमा दीपिका, ज्ञानोदयमा विनयकुमार निर्वाचित

नेपालगन्ज ५ चैत्र : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्र्तगत बाँकेको दुई क्याम्पसको मत परिणाम सार्वजनिक भएकोछ । करिब १४ वर्षपछि आईतबार सम्पन्न स्ववियु निर्वाचनबाट बाँकेको नेपालगन्ज नर्सिङ्ग क्याम्पसको सभापतिमा गठबन्धनका उम्मेदवार विजयी भएकी छन् । भने बाँकेको खजुरा गाउँपालिकास्थित ज्ञानोदय बहुमुखी क्याम्पसमा नेकपा (एमाले) सम्बद्ध अनेरास्ववियुको प्यानल विजयी भएको छ ।

नेपालगन्ज नर्सिङ क्याम्पसमा अखिल क्रान्तिकारी, नेविसंघ र अनेरास्ववियूको गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी अखिल क्रान्तिकारीका दीपिका सोनी विजयी भएकी छन् । दीपिकाले ८१ मत प्राप्त गरी विजयी भइन् ।
दीपिकाकी निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) सम्वद्ध अनेरास्ववियुका तर्फबाट अध्यक्षका उम्मेदवार निलिमा गिरीले ७८ मत प्राप्त गरिन् ।

यसैगरी सचिवमा एमाले सम्बद्ध अनेरास्ववियुका देवार्चना अधिकारी विजयी भइन् । कोषाध्यक्षमा गठबन्धनका तर्फबाट नेविसंघका रेलुसा खत्री विजयी भइन् ।

त्रिभुवन विश्व विद्यालयको आङ्गिक क्याम्पसको रुपमा रहेको नर्सिङ्ग क्याम्पसमा आईतबार भएको निर्वाचनमा १६१ जना मतदाता रहेकोमा शतप्रतिशत मतदान भएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

स्ववियु निर्वाचनमा एमाले सम्बद्ध अनेरास्ववियु र नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी र अनेरास्ववियुको गठबन्धनबीच प्रतिष्पर्धा भएको हो । सदस्यहरुमा अनेरास्ववियुका ईशा पौडेल, विनिता बेल्बासे र गठबन्धनका रश्मी अधिकारी बिजयी भएकी छन् ।

यस्तै, बाँकेको खजुरास्थित ज्ञानोदय बहुमुखी क्याम्पसमा नेकपा (एमाले) सम्बद्ध अनेरास्ववियुको प्यानल विजयी भएको छ ।

अनेरास्ववियुकातर्फबाट सभापतिमा विनयकुमार यादव १०१ मत प्राप्तगरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका मोहम्मद सरिफ खाँले ६१ र नेविसंघका हिमाल पंगालीले ४८ मत प्राप्त गरे ।

यसैगरी सचिवमा ११७ मतसहित प्रेमप्रसाद पौडेल र कोषाध्यक्षमा ११० मत प्राप्तगरी विनिता पुनमगर विजयी बने । यस्तै सदस्यमा सपना थापा क्षेत्री १११, मोहम्मद उस्मान खाँ १०९ र निरुता थापा १०४ मतसहित विजयी बने । मतदानमा २२२ मत खसेको थियो ।

समानुपातिकतर्फ अनेरास्ववियु १०७, नेपाल विद्यार्थी सङ्घ ५७ र अखिल क्रान्तिकारीले ५४ मत प्राप्त गरेका छन् ।

बाँकेमा स्ववियु निर्वाचन हुने पाँच क्याम्पसमध्ये चारबाट त्रिभुवन विश्वविद्यालय र एक मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतका क्याम्पस रहेका छन् । कोहलपुरस्थित बागेश्वरी बहुमुखी क्याम्पस, नेपालगन्ज नर्सिङ्ग क्याम्पस, खजुरास्थित ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पस र राप्तीसोनारीको हब्रहवामा रहेको जन सिद्धेश्वर बहुमुखी क्याम्पस निर्वाचन भएको थियो ।

यस क्षेत्रमै सबैभन्दा बढी विद्यार्थी संख्या रहेको नेपालगन्ज स्थित महेन्द्र बहुमुखी क्याम्पसमा भने आगामी चैत्र ८ गते स्ववियु निर्वाचन हुनेछ । यो समाचार तयार पार्दासम्म राप्तीसोनारीको जन सिद्धेश्वर बहुमुखी क्याम्पस र कोहलपुरको बागेश्वरी बहुमुखी क्याम्पसमा मतगणना जारी रहेकोछ ।

थप समाचार

स्ववियु निर्वाचनः मतदान सुरु, केहीमा स्थगित

मुलुक स्ववियु निर्वाचनमय

मब क्याम्पसको विवाद समाधान, विद्यार्थी संगठन निर्वाचनको तयारीमा जुटे

महेन्द्र बहुमुखी क्याम्पससहित ८ क्याम्पसको स्ववियु निर्वाचन रोकियो

स्ववियु निर्वाचन : यस्ता छन् विद्यार्थीका एजेण्डा

स्ववियु निर्वाचनमा आचारसंहिता : रंगरोगन र पोस्टर टाँस्न नपाइने

स्ववियु निर्वाचन : आज मनोनयनपत्र वितरण

स्ववियु निर्वाचनमा सत्तारुढ दलका विद्यार्थीबीच सहकार्य

स्ववियु निर्वाचन : देशभरका क्याम्पसमा निर्वाचन समिति गठन

 स्ववियु निर्वाचन : देशभरिका क्याम्पसमा विद्यार्थी सङ्गठन दर्ता