डुडुवा खोलाको बन्दा क्षेत्रमा नुहाउन र पौडी खेल्न प्रतिबन्ध


डुडुवा खोलाको बन्दा क्षेत्रमा नुहाउन र पौडी खेल्न प्रतिबन्ध

नेपालगन्ज १३ चैत्र : होली खेलेर पौडी खेल्न गएका बाँके कोहलपुरका दुई बालकको डुबेर मृत्यु भएपछि डुडुवा खोलाको बन्दा क्षेत्रमा नुहाउन र पौडी खेल्न प्रतिबन्ध लगाइएकोछ ।

विगतका वर्षमा पनि सोही क्षेत्रमा नुहाउने र पौडी खेल्ने क्रममा युवाहरुले ज्यान गुमाएका थिए । दुर्घटनाको उच्च जोखिम पाइएपछि उक्त क्षेत्रमा नुहाउन र पौडी खेल्न प्रतिबन्ध लगाइएको हो ।

वर्सेनी मानवीय क्षतीका घटना भइरहेकाले थप घटना नहोस् भन्ने उद्देश्यले बन्दा क्षेत्रमा नुहाउन र पौडी खेल्न प्रतिबन्ध लगाइएको कोहलपुर नगरपालिका वडा नम्बर– १० का वडा अध्यक्ष गौरा भट्टराईले जानकारी दिए ।

बन्दा क्षेत्र वडा नम्बर १० र १३ को बीचमा पर्छ । चटार गाउँदेखि सिम्री जाने बाटोको बीचको डुडुवा खोलाको बन्दा क्षेत्रमा नुहाउन र पौडी खेल्न प्रतिबन्ध लगाइएको बोर्ड वारि र पारी दुवै ठाउँमा राखिएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

डुडुवा खोलाको बन्दा क्षेत्रमा नुहाउन र पौडी खेल्न प्रतिबन्ध लगाइएको कोहलपुर नगरप्रहरी प्रमुख वीरबहादुर थापाका अनुसार उक्त क्षेत्रमा नगर प्रहरी र इलाका प्रहरी कार्यालयको टोलीले अनुगमन समेत गर्नेछ ।

गत फागुन होलीका दिनमा बाँकेको कोहलपुर –१२ चप्परगौडीका १२ वर्षीय मनसुन बराल र १५ वर्षी अनिल भट्टराईको डुबेर मृत्यु भएको थियो ।

थप समाचार

होली खेलेर पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु