नेपालगन्ज १३ चैत्र : होली खेलेर पौडी खेल्न गएका बाँके कोहलपुरका दुई बालकको डुबेर मृत्यु भएपछि डुडुवा खोलाको बन्दा क्षेत्रमा नुहाउन र पौडी खेल्न प्रतिबन्ध लगाइएकोछ ।
विगतका वर्षमा पनि सोही क्षेत्रमा नुहाउने र पौडी खेल्ने क्रममा युवाहरुले ज्यान गुमाएका थिए । दुर्घटनाको उच्च जोखिम पाइएपछि उक्त क्षेत्रमा नुहाउन र पौडी खेल्न प्रतिबन्ध लगाइएको हो ।
वर्सेनी मानवीय क्षतीका घटना भइरहेकाले थप घटना नहोस् भन्ने उद्देश्यले बन्दा क्षेत्रमा नुहाउन र पौडी खेल्न प्रतिबन्ध लगाइएको कोहलपुर नगरपालिका वडा नम्बर– १० का वडा अध्यक्ष गौरा भट्टराईले जानकारी दिए ।
बन्दा क्षेत्र वडा नम्बर १० र १३ को बीचमा पर्छ । चटार गाउँदेखि सिम्री जाने बाटोको बीचको डुडुवा खोलाको बन्दा क्षेत्रमा नुहाउन र पौडी खेल्न प्रतिबन्ध लगाइएको बोर्ड वारि र पारी दुवै ठाउँमा राखिएको छ ।
डुडुवा खोलाको बन्दा क्षेत्रमा नुहाउन र पौडी खेल्न प्रतिबन्ध लगाइएको कोहलपुर नगरप्रहरी प्रमुख वीरबहादुर थापाका अनुसार उक्त क्षेत्रमा नगर प्रहरी र इलाका प्रहरी कार्यालयको टोलीले अनुगमन समेत गर्नेछ ।
गत फागुन होलीका दिनमा बाँकेको कोहलपुर –१२ चप्परगौडीका १२ वर्षीय मनसुन बराल र १५ वर्षी अनिल भट्टराईको डुबेर मृत्यु भएको थियो ।
थप समाचार
होली खेलेर पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु
तिब्बततिर उद्धारका लागि चिनियाँ राष्ट्रपतिको निर्देशन
रसुवाको बाढी अनुमानभन्दा भयावह, स्थानीयसँग सम्पर्क टुट्दा उद्धारमा चुनौती
भोटेकोशी बाढीमा ठुलो मानवीय क्षति भएको अनुमान छः सहायक प्रजिअ
अचानक उर्लियाे भाेटेकाेशी, रसुवामा ब्यापक क्षति
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक