गुलरिया(बर्दिया) २५ चैत्र : जापानमा बसेर नेपाली काँग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति जापानको लेटर प्याट प्रयोग गरी अवान्छित गतिविधि गरेको भन्दै नेपाली जनसम्पर्क समिति जापानले ५ जनालाई कारबाही गरेको छ भने दुई जनालाई स्पष्टिकरण सोधेको छ ।
नेपाली जनसम्पर्क समिति जापानका उपसभापती बद्रि पौडेल, धर्म अधिकारी, डिका कार्की, सम्भु केसी, बिराट खनाललाई कारबाही गरिएको छ भने पुर्व नेपाली जनसम्पर्क समिति जापानका संयोजक एव नेपाली काँग्रेसका पार्टि महाधिवेशन प्रतिनिधि भुपि गोविन्द श्रेष्ठ, नेपाली काँग्रेस पार्टिका पुर्व महाधिवेशन प्रतिनिधि सुभाष लोहनीलाई स्पष्टिकरण सोधिएको नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेपाली जनसम्पर्क समिति जापानका सहमहामन्त्री युवराज अधिकारीले बताए ।
सो समुहले जापानका लेटर प्याडको दुरुपयोग गरी मनोमानी गरेको, पार्टिलाई बदनाम गराउने कार्य गरेको तथा जापानमा बस्ने अन्य नेपालीको समेत बेइज्जत गरेको भन्दै कारबाही र स्पष्टिकरण सोधिएको हो ।
कारबाही गरेको पत्रमा संगठनको क्रियाशील सदस्यता लिने तर, संगठनको हितमा कहिले काम नगर्ने, संगठन भित्र विखण्डन ल्याउन भुमिका खेलिरहनेहरु कै अग्रसरतामा कथित समानान्तर समिति गठन गरेको पाइएको हुँदा, संगठनको मूल्य मान्यता तथा विधि विधान विपरित गतिविधि गर्नेहरुलाई पाँच वर्षका लागी साधारण सदस्य समेत नरहने गरी निलम्वन गरिएको बताइएको छ । जापानमा बसेर नेपाली काँग्रेसको बदनाम हुने गरी गतिविधि गर्ने कसैलाई पनि छुट नभएको उक्त विज्ञप्तीमार्फत बताइएको छ ।
नेपाली जनसम्पर्क समिति जापानका सभापति लालबहादुर केसी र महामन्त्री रेशम डंगोलको संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तीमा फेब्रुअरी ११ तारिखका दिन जापानको फुकुओका क्षेत्रमा बसोबास गर्ने आफुलाई नेपाली काँग्रेसको कथित नेता हुँ भन्ने व्यक्तिहरुको उक्साहटमा नेपाली जनसम्पर्क समिति जापानको नाममा रहेको लोगो, छाप र लेटरप्याड किर्ते गरी संगठनको बदनाम गराउने उद्देश्य राखेर समानान्तर समिति गठन गरी गतिविधि सञ्चालन गरेकोमा नेपाली जनसम्पर्क समिति जापानको गम्भीर ध्यानाकर्षण भएको र उक्त कार्यको घोर भत्सर्ना गरिएको हो ।

डिडिसीमा १२ करोड घोटाला, तत्कालीन जिएमसहित आठजना समातिए
सल्यानमा दुर्घटना : चारजनाको मृत्यु, २२ जना घाइते
कारागारमा सुरुङ खनेर डोल्पामा भागे ८ कैदी
कोहलपुरमा ‘स्वस्थ आमा, सुरक्षित शिशु’ अभियान, २८ दिनसम्मको शिशुको उपचार निशुल्क
पत्रकारहरूमाथि धरपकड: गृहमन्त्री चुपचाप, प्रधानमन्त्रीको आदेशमा सबै पत्रकारलाई प्रहरीले छोड्यो
समाचारकक्षबाटै धमाधाम पत्रकार उठाउँदै प्रहरीको टोली