कोहलपुर ३ वैशाख : बाँके कोहलपुर नगरपालिका–२ शक्तिनगरकी घरेलु हिंसा पीडित एक जना महिलालाई कोहलपुर नगरपालिकाले आर्थिक सहयोग गरेको छ ।
गएको माघ १५ गते स्थानीय भानुभक्त विकले आफ्नै श्रीमति गंगा विक र छोरा प्रिन्सलाई पेट्रोल छर्केर आगो लगाएका थिए । गंगाको ज्यान जोगिएपनि छोरा प्रिन्सको भने उपचारका क्रममा मृत्यु भएको थियो ।
कोहलपुर नगरपालिकाले हिंसा पीडित राहात कोषबाट गंगालाई ५० हजार रुपैयाँ आर्थिक सहायता गरेको हो । आईतबार एक कार्यक्रमकाबीच नगरपालिकाका कार्यबहाक नगरप्रमुख संगिता सुवेदी, वडा नम्बर–२ का वडा अध्यक्ष हरिसिंह कठायत र कार्यपालिका सदस्य तथा नगरपालिकाका सामाजिक विकास समिति संयोजक इश्वरी प्रसाद विश्वकर्माले गंगालाई चेक हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै कार्यवहाक नगरप्रमुख सुवेदीले आर्थिक अवस्था कमजोर भएकी गंगालाई सहयोग पुगोस् भन्ने उद्देश्यले राहात कोषबाट आर्थिक सहायता गरिएको बताइन् । उनले गंगाको समस्या प्रत्येक महिलाको समस्या भएकाले घरेलु हिंसाविरुद्ध एक हुन सबैलाई आव्हान गरिन् ।
उनले घरेलु हिंसा विरुद्ध नगरपालिकाले जनचेतनामूलक कार्यक्रमलाई तीब्रताका साथ अगाडि बढाउने बताइन् । कुनै पनि महिला हिंसाको सिकार हुन नपरोस् भन्ने सवालमा नगरपालिका गम्भीर रहेकाले यसबारेमा चेतना फैलाउन जरुरी रहेको समेत उल्लेख गरिन् । उनले घरेलु हिंसा अन्त्यका लागि महिलाहरुलाई आर्थिक आयआर्जनसँग जोड्ने गरी नगरपालिका लागिरहेको पनि बताइन् ।
सीपमूलक तालिम प्रदान गरेर महिलाहरुलाई आयआर्जनमा केन्द्रित गराउने गरी आफुहरुले योजना बनाइरहेको पनि उनले बताइन् ।
यस्तै वडा अध्यक्ष हरिसिंह कठायतले घरेलु हिंसाविरुद्ध बोल्न आग्रह गरे । गंगाको जीवन रक्षाका लागि स्थानीयबासीले ठूलो सहयोग गरेको भन्दै उनले यस्ता हिंसा अन्त्यका लागि सबैको सहयोग हुन आवश्यक रहेको बताए र
यसैगरि कार्यपालिका सदस्य इश्वरी विकले यस्ता जधन्य अपराध हुन नदिन जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिइनु पर्ने बताए । घटना हुनै नदिने गरी समाजमा अग्रीम बहस चलाउन आवश्यकता रहेको समेत उनको भनाइ छ ।
पालिकाले आर्थिक सहयोग गरेकोप्रति गंगाले कृतज्ञता ब्यक्त गरिन् । उनले छिमेकी तथा वडाका जनप्रतिनिधि र पालिकाले आफ्नो उपचारमा ठूलो सहयोग गरेको भन्दै धन्यवाद समेत दिइन् ।
भानुभक्त अहिले पूर्पक्षका लागि कारागारमा छन् । कार्यक्रममा स्थानीयबासीहरुले आफ्नो टोलको अन्य समस्याबारे पनि जनप्रतिनिधिहरुले ध्यानाकर्षण गराएका थिए ।
थप समाचार
निर्दयी बाबु : पेट्रोल छर्किएर आगो लगाउँदा २ वर्षे छोराको ज्यान गयो, आमाको अवस्था गम्भीर
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ