घरेलु हिंसा पीडित महिलालाई कोहलपुर नगरपालिकाद्वारा राहत प्रदान


घरेलु हिंसा पीडित महिलालाई कोहलपुर नगरपालिकाद्वारा राहत प्रदान

कोहलपुर ३ वैशाख : बाँके कोहलपुर नगरपालिका–२ शक्तिनगरकी घरेलु हिंसा पीडित एक जना महिलालाई कोहलपुर नगरपालिकाले आर्थिक सहयोग गरेको छ ।

गएको माघ १५ गते स्थानीय भानुभक्त विकले आफ्नै श्रीमति गंगा विक र छोरा प्रिन्सलाई पेट्रोल छर्केर आगो लगाएका थिए । गंगाको ज्यान जोगिएपनि छोरा प्रिन्सको भने उपचारका क्रममा मृत्यु भएको थियो ।

कोहलपुर नगरपालिकाले हिंसा पीडित राहात कोषबाट गंगालाई ५० हजार रुपैयाँ आर्थिक सहायता गरेको हो । आईतबार एक कार्यक्रमकाबीच नगरपालिकाका कार्यबहाक नगरप्रमुख संगिता सुवेदी, वडा नम्बर–२ का वडा अध्यक्ष हरिसिंह कठायत र कार्यपालिका सदस्य तथा नगरपालिकाका सामाजिक विकास समिति संयोजक इश्वरी प्रसाद विश्वकर्माले गंगालाई चेक हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै कार्यवहाक नगरप्रमुख सुवेदीले आर्थिक अवस्था कमजोर भएकी गंगालाई सहयोग पुगोस् भन्ने उद्देश्यले राहात कोषबाट आर्थिक सहायता गरिएको बताइन् । उनले गंगाको समस्या प्रत्येक महिलाको समस्या भएकाले घरेलु हिंसाविरुद्ध एक हुन सबैलाई आव्हान गरिन् ।

Kids Festival 2022
kanti aarogya hospital

उनले घरेलु हिंसा विरुद्ध नगरपालिकाले जनचेतनामूलक कार्यक्रमलाई तीब्रताका साथ अगाडि बढाउने बताइन् । कुनै पनि महिला हिंसाको सिकार हुन नपरोस् भन्ने सवालमा नगरपालिका गम्भीर रहेकाले यसबारेमा चेतना फैलाउन जरुरी रहेको समेत उल्लेख गरिन् । उनले घरेलु हिंसा अन्त्यका लागि महिलाहरुलाई आर्थिक आयआर्जनसँग जोड्ने गरी नगरपालिका लागिरहेको पनि बताइन् ।

सीपमूलक तालिम प्रदान गरेर महिलाहरुलाई आयआर्जनमा केन्द्रित गराउने गरी आफुहरुले योजना बनाइरहेको पनि उनले बताइन् ।

यस्तै वडा अध्यक्ष हरिसिंह कठायतले घरेलु हिंसाविरुद्ध बोल्न आग्रह गरे । गंगाको जीवन रक्षाका लागि स्थानीयबासीले ठूलो सहयोग गरेको भन्दै उनले यस्ता हिंसा अन्त्यका लागि सबैको सहयोग हुन आवश्यक रहेको बताए र
यसैगरि कार्यपालिका सदस्य इश्वरी विकले यस्ता जधन्य अपराध हुन नदिन जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिइनु पर्ने बताए । घटना हुनै नदिने गरी समाजमा अग्रीम बहस चलाउन आवश्यकता रहेको समेत उनको भनाइ छ ।

पालिकाले आर्थिक सहयोग गरेकोप्रति गंगाले कृतज्ञता ब्यक्त गरिन् । उनले छिमेकी तथा वडाका जनप्रतिनिधि र पालिकाले आफ्नो उपचारमा ठूलो सहयोग गरेको भन्दै धन्यवाद समेत दिइन् ।

भानुभक्त अहिले पूर्पक्षका लागि कारागारमा छन् । कार्यक्रममा स्थानीयबासीहरुले आफ्नो टोलको अन्य समस्याबारे पनि जनप्रतिनिधिहरुले ध्यानाकर्षण गराएका थिए ।

थप समाचार

निर्दयी बाबु : पेट्रोल छर्किएर आगो लगाउँदा २ वर्षे छोराको ज्यान गयो, आमाको अवस्था गम्भीर