नेपालगन्ज ७ वैशाख : नेपालगन्जबाट प्रहरीले करिब पाँच किलो अवैध सुनका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ । नेपालगन्जको न्यूरोडस्थित एक होटलबाट ४ दशमलव नौ सय २७ किलोग्राम सुनका विभिन्न गहनासहित उनीहरूलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेले विहीबार पत्रकार सम्मेलनमार्फत पक्राउ परेका ब्यक्ति र बरामद गरिएको सुनका गरगहना सार्वजनिक गरेकोछ ।
बाँकेका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक शन्तोष सिंह राठौरका अनुसार पक्राउ परेका व्यक्तिका साथबाट सुनका चुरा, ब्रासलेट, मङ्गलसूत्र, बाला, ढुङ्ग्री, औँठीलगायतका सुनका गहना गएराति(बुधबार) बरामद गरिएको हो ।
गरगहना झोलामा राखेर हिँडिरहेको सुराकीका आधारमा ती दुई जनालाई पक्राउ गर्न सफल भएको बाँके प्रहरीले जनाएकोछ ।
राठौरले विभिन्न गहनासहित मोरङ विराटनगर महानगरपालिका वडा नम्बर–९ बस्ने ४२ वर्षीय रमेश सोनी र सोही ठाउँ बस्ने ३६ वर्षीय ३६ प्रकाश ठाकुरलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।
‘उनीहरुसँग ति गहनाहरुको स्रोत पुष्टि गर्ने कुनै आधार छैन । प्रारम्भिक अनुसन्धानबाट उनीहरुले पोखरा, बुटवल लगायतका शहरहरुमा समेत सुन विक्रि गरेको खुल्न आएको छ । यहाँ पनि एकाध ठाउँमा खरिदविक्रिका लागि डिल भईसकेको रहेछ ।’– उनले भने ।
उनीहरुलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाईने बाँके प्रहरीले जनाएको छ ।
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ