नेपालगन्जको न्यूरोडबाट करिब पाँच किलो सुनका गरगहनासहित दुई पक्राउ


नेपालगन्जको न्यूरोडबाट करिब पाँच किलो सुनका गरगहनासहित दुई पक्राउ

नेपालगन्ज ७ वैशाख : नेपालगन्जबाट प्रहरीले करिब पाँच किलो अवैध सुनका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ । नेपालगन्जको न्यूरोडस्थित एक होटलबाट ४ दशमलव नौ सय २७ किलोग्राम सुनका विभिन्न गहनासहित उनीहरूलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेले विहीबार पत्रकार सम्मेलनमार्फत पक्राउ परेका ब्यक्ति र बरामद गरिएको सुनका गरगहना सार्वजनिक गरेकोछ ।

बाँकेका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक शन्तोष सिंह राठौरका अनुसार पक्राउ परेका व्यक्तिका साथबाट सुनका चुरा, ब्रासलेट, मङ्गलसूत्र, बाला, ढुङ्ग्री, औँठीलगायतका सुनका गहना गएराति(बुधबार) बरामद गरिएको हो ।
गरगहना झोलामा राखेर हिँडिरहेको सुराकीका आधारमा ती दुई जनालाई पक्राउ गर्न सफल भएको बाँके प्रहरीले जनाएकोछ ।

राठौरले विभिन्न गहनासहित मोरङ विराटनगर महानगरपालिका वडा नम्बर–९ बस्ने ४२ वर्षीय रमेश सोनी र सोही ठाउँ बस्ने ३६ वर्षीय ३६ प्रकाश ठाकुरलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

‘उनीहरुसँग ति गहनाहरुको स्रोत पुष्टि गर्ने कुनै आधार छैन । प्रारम्भिक अनुसन्धानबाट उनीहरुले पोखरा, बुटवल लगायतका शहरहरुमा समेत सुन विक्रि गरेको खुल्न आएको छ । यहाँ पनि एकाध ठाउँमा खरिदविक्रिका लागि डिल भईसकेको रहेछ ।’– उनले भने ।

उनीहरुलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाईने बाँके प्रहरीले जनाएको छ ।