नेपालगन्ज ८ वैशाख : अन्तरालको आयोजना र रक्षक सेक्युरिटीको सहकार्यमा नेपालगन्जको होटल बाटिकामा तेश्रो नेपालगन्ज फोटो फेस्टिबल सुरु भएको छ ।
फोटो फेस्टिबलको नेपाली काँग्रेसका सहमहामन्त्री एवम् बाँके क्षेत्र नम्बर– ३ का संघीय सांसद किशोर सिंह राठौरले वर्ष फोटो घोषणा गरी त्यही तस्बिरको फोटो खिची उद्घाटन गरेका हुन् । बागेश्वरी असल शासन क्लब, नेपालगन्ज ग्यालरी रक्षकको सहकार्यमा भएको फोटो फेस्टिबल शुक्रबार र शनिबार २ दिनसम्म चल्नेछ ।
सहमहामन्त्री राठौरले फोटो फेस्टिल नेपालगन्जमा आयोजना गरिनु खुसीको कुराको भएको बताउँदैं साविक मध्य र सुदूरपश्चिम क्षेत्र विकासका दृष्टिले पछि परेकोले यस्ता कार्यक्रमले यस क्षेत्रको विकासमा सहयोग गर्ने बताए ।देशको विकास गर्ने कुरामा यस्ता कार्यक्रम नेपालगन्जमा आवश्यक रहेको बताउँदै राठौरले बाँके र बर्दियाको विकासमा आफुले इमानदार भएर काम गर्ने बताए ।
नेपालगन्ज फोटो फेस्टिबलमा फोटो प्रतियोगिताको आठ बिधामा आएका मध्ये ११५ उत्कृष्ठ फोटाहरु भने नेपालगन्ज ग्यालरीमा प्राप्त बाँकेका ‘एक से एक’ फोटोहरु प्रर्दशनीमा राखिएका छन् । फोटो प्रतियोगितामा डेलि लाईफ, कल्चर, टुरिजम, नेचर एण्ड कन्जरभेसन, स्र्पोट्स, नेपाल स्माईल, एग्रीकल्चर र न्युज बिधामा करिब २ हजार फोटोहरुको सहभागिता रहेको थियो ।
एग्रीकल्चर बिधामा आएको राजबहादुर शाहीले खिचेको मुगुको छायानाथ रारा नगरपालिका स्थित ताल्च गाउँकी एक महिला रुखमा लटरम्भ फलेको स्याउ टिप्दै गरेको तस्बिरले ‘फोटो अफ दि ईअर’को उपाधी जित्यो भने न्युज बिधामा मोतीबिन्दुको अपरेसन गरेर पाँच वर्षपछी पुन आँखा देख्न पाएका रामेछाप भतौलिका ८० वर्षिय रुद्रलाल तामाङ डाक्टर सन्दुक रुइतको नाक छोएको अंगद ढकालले खिचेको फोटो उत्कृष्ठ भयो ।
यस्तै ढकालले नै खिचेको फोटो नेपाल स्माईलमा उत्कृष्ठ हुँदा शाहीले खिचेको मुगुमा जोत्दै गरेको किसानको फोटो कृषि बिधातर्फ उत्कृष्ठ हुन सफल भयो ।
यसैगरी बबी साईको पोखरामा बराहा भैरव नाचको तस्बिरले कल्चर बिधामा उत्कृष्ठ हुँदा मकवानपुरको हेटौँडामा पाडोलाई झोलुङ्गे पुल तराउदैँ गरेको मनोज पौडेलको तस्बिर डेलि लाईफमा उत्कृष्ठ भयो ।
नेचर एण्ड कन्र्जरभेसनमा श्रीराम खत्रीको काठमाडौंको टौदहमा पानीबाट माछा मार्दै ग्रेट कर्मोरान्टहरू तस्बिर उत्कृष्ठ भयो भने क्रिकेटमा क्याच लिन प्रयास गर्दैैै गरेको सत्यम जोशीको तस्बिर स्र्पोट्स बिधामा उत्कृष्ठ भयो । टुरिज्म बिधामा भने सिर्जना ओलीको तस्बिर उत्कृष्ठ भयो ।
नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा बरिष्ठ फोटोपत्रकार बिकास कार्की, फोटो पत्रकार क्लबका अध्यक्ष श्रुति श्रेष्ठ र बरिष्ठ फोटोग्रफर रमेश मल्ल रहेको निर्णायक समितीले उत्कृष्ठ फोटोहरुको छनोट गरेको थियो ।
मोफसलमा क्षेत्रीय स्तरमा शुरुवात भएको फोटो फेस्टिवल राष्ट्रिय स्तरमा स्थापित भएकोमा खुशी ब्यक्त गर्दैै नेपालको प्रवद्र्धन गर्ने फोटोहरुलाई मात्र नभएर फोटोग्राफरहरुलाई पनि फोटोसँगै प्रवद्र्धन गर्नुपर्ने र फेस्टिबलले नेपालको फोटोग्राफीको प्रबद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा बरिष्ठ फोटोपत्रकार बिकास कार्कीले बताए ।
८ विधामा फोटो प्रतियोगिता आयोजना गरिएको अन्तरालका प्रमुख कार्यकारी तथा फोटो फेस्टिबलका परिकल्पनाकार जयनारायण शाहले बताए । प्रत्येक बिधाको उत्कृष्ठ फोटोलाई नगद ५ हजार र प्रतियोगिताको सर्वोकृष्ट फोटोलाई नगद २५ हजार ५ सय पचपन्न रुपैया पुरस्कार समापनको दिन प्रदान गरिने पनि शाहले बताए ।
थप समाचार
तेस्रो नेपालगन्ज फोटो फेस्टिवलको सम्पुर्ण तयारी पुरा
नेपालगन्ज फोटो फेस्टिवल वैशाख ८ र ९ मा
नेपालगन्ज फोटो फेस्टिवल र फोटोग्राफी समिटको ब्यापक तयारी
देशमै ‘पहिलोपटक’ नेपालगन्जमा ‘नेपाल फोटोग्राफी समिट’ गरिदैँ
तेस्रो नेपालगन्ज फोटो फेस्टिवलका लागि फोटो आह्वान
नेपालगन्जको ईतिहास जोगाउन फोटो फेस्टिबल
शाहको एकल फोटो प्रर्दशनी हुदैं
फागुन पहिलो साता नेपालगन्ज फोटो फेस्टिबल
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ