सांकेतिक तस्विर
राजापुर (बर्दिया) २३ वैशाख : बालिका बलात्कार गरेको आरोपमा दुई जना युवालाई प्रहरीले पक्राउ गरेकोछ ।
बर्दिया राजापुर नगरपालिका–९ जोगीपुरकी १३ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय, राजापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।
पीडित बालिकाका आमाबाबु भारत गएको समय हजुरबुबासँग कच्ची घरमा बस्दै आएकी ती बालिकालाई राति करिब ११ देखि १२ बजेको बीचमा कच्ची घर पछाडिको भित्ता फोडेर २७ वर्षीय शनिराम चौधरीले बलात्कार गरेको ईलाका प्रहरी कार्यालय, राजापुरका प्रहरी नायब उपरीक्षक सापकोटाले जानकारी दिए ।
अर्का एक सहयोगी २६ वर्षीय राधेश्याम चौधरी पनि बिहीबार पक्राउ परेको सापकोटाले बताए । राधेश्यामले घर बाहिर बसेर निगरानी गरेको र दुवै जनाविरुद्ध पीडित बालिकाले बलात्कारको किटानी जाहेरी दिएकोले आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ