राजापुरकी १३ वर्षिया बालिका बलात्कार आरोपमा दुई जना पक्राउ


राजापुरकी १३ वर्षिया बालिका बलात्कार आरोपमा दुई जना पक्राउ

सांकेतिक तस्विर

राजापुर (बर्दिया) २३ वैशाख : बालिका बलात्कार गरेको आरोपमा दुई जना युवालाई प्रहरीले पक्राउ गरेकोछ ।

बर्दिया राजापुर नगरपालिका–९ जोगीपुरकी १३ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय, राजापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।

Kids Festival 2022
kanti aarogya hospital

पीडित बालिकाका आमाबाबु भारत गएको समय हजुरबुबासँग कच्ची घरमा बस्दै आएकी ती बालिकालाई राति करिब ११ देखि १२ बजेको बीचमा कच्ची घर पछाडिको भित्ता फोडेर २७ वर्षीय शनिराम चौधरीले बलात्कार गरेको ईलाका प्रहरी कार्यालय, राजापुरका प्रहरी नायब उपरीक्षक सापकोटाले जानकारी दिए ।

अर्का एक सहयोगी २६ वर्षीय राधेश्याम चौधरी पनि बिहीबार पक्राउ परेको सापकोटाले बताए । राधेश्यामले घर बाहिर बसेर निगरानी गरेको र दुवै जनाविरुद्ध पीडित बालिकाले बलात्कारको किटानी जाहेरी दिएकोले आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।