भुटानी शरणार्थी काण्ड: थप दुई जना विचौलिया पक्राउ

सांसद टोपबहादुर अझैं फरार


भुटानी शरणार्थी काण्ड:  थप दुई जना विचौलिया पक्राउ

File Photo

नेपालगन्ज २६ वैशाख : नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी प्रकरणमा थप दुई जना पक्राउ परेकाछन् ।

पक्राउ पर्नेमा टोखाका रामशरण केसी र गोविन्द चौधरीलाई मंगलबार अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीहरु दुवै जना बिचौलिया हुन् ।

उनीहरुलाई काठमाडौंको शंखमुलबाट पक्राउ गरिएको हो । यो प्रकरणमा अहिलेसम्म १० जना पक्राउ परिसकेका छन् । सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहाकार इन्द्रजित राई, ललितपुर महानगरपालिका–२३ घर भएका ५० वर्षीय सानु भण्डारी, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० घर भएका ४९ वर्षीय केशवप्रसाद दुलाल र पाँचथरको फिदिम नगरपालिका–७ घर भएका ४५ वर्षीय टंककुमार गुरुङ, दाङ घर भएका सन्देश शर्मा, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० का पूर्ववडाध्यक्ष सागर राई र एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ परेका छन् ।

यही प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ पूर्जी जारी भएका नेकपा एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्री समेत रहेका सांसद टोपबहादुर रायमाझी अहिलेसम्म फरार छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

बुधबार पक्राउ पूर्जी जारी भए पनि आईतबार बितिसक्दा समेत प्रहरीले रायमाझीको भेउ पाउन सकेको छैन । बुधबार अर्चाखाँचीको एक कार्यक्रममा विशेष अतिथि बनेर पुगेकाले पक्राउ पूर्जीबारे जानकारी पाएपछि कानूनलाई सहयोग गर्ने बताएका थिए । तर, अहिलेसम्म प्रहरीको सम्पर्कमा आउनुको साटो उनी फरार छन् ।