सांसद टोपबहादुर अझैं फरार
File Photo
नेपालगन्ज २६ वैशाख : नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी प्रकरणमा थप दुई जना पक्राउ परेकाछन् ।
पक्राउ पर्नेमा टोखाका रामशरण केसी र गोविन्द चौधरीलाई मंगलबार अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीहरु दुवै जना बिचौलिया हुन् ।
उनीहरुलाई काठमाडौंको शंखमुलबाट पक्राउ गरिएको हो । यो प्रकरणमा अहिलेसम्म १० जना पक्राउ परिसकेका छन् । सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहाकार इन्द्रजित राई, ललितपुर महानगरपालिका–२३ घर भएका ५० वर्षीय सानु भण्डारी, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० घर भएका ४९ वर्षीय केशवप्रसाद दुलाल र पाँचथरको फिदिम नगरपालिका–७ घर भएका ४५ वर्षीय टंककुमार गुरुङ, दाङ घर भएका सन्देश शर्मा, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० का पूर्ववडाध्यक्ष सागर राई र एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ परेका छन् ।
यही प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ पूर्जी जारी भएका नेकपा एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्री समेत रहेका सांसद टोपबहादुर रायमाझी अहिलेसम्म फरार छन् ।
बुधबार पक्राउ पूर्जी जारी भए पनि आईतबार बितिसक्दा समेत प्रहरीले रायमाझीको भेउ पाउन सकेको छैन । बुधबार अर्चाखाँचीको एक कार्यक्रममा विशेष अतिथि बनेर पुगेकाले पक्राउ पूर्जीबारे जानकारी पाएपछि कानूनलाई सहयोग गर्ने बताएका थिए । तर, अहिलेसम्म प्रहरीको सम्पर्कमा आउनुको साटो उनी फरार छन् ।
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ
प्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न : ‘के खान जानुभएको ?’