नेपालगन्ज २८ वैशाख : दैलेखको आठविस नगरपालिका–६ स्थित माल्या जंगलमा बुधबार आगलागीमा परी घाइते भएका ४ जना मध्ये एक जनाको मृत्यु भएको छ ।
आगलागीमा परी गम्भीर घाइते दैलेखको आठविस–६ का ५५ वर्षीय भैरव विकको उपचारको क्रममा बाँकेको नेपालगन्ज स्थित भेरी अस्पतालमा मृत्यु भएको हो ।
भेरी अस्पतालमा उपचाररत विकको बुधबार राति मृत्यु भएको अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेण्ट डाक्टर बद्री चापागाईले जानकारी दिए ।
उनका अनुसार, भेरी अस्पतालमा उपचारका लागि ल्याइएका ४ जनामध्ये विकको शरीरको अत्यधिक भाग जलेको थियो । बाँकी ३ जनामध्ये एक जनाको अवस्था गम्भीर छ भने अन्य २ को अवस्था सामान्य छ ।
बिहीबार दिउँसो १२ः३० बजे नेपाली सेनाको ‘स्काई ट्रक’बाट चार जनालाई काठमाण्डौं थप उपचारका लागि पठाइएकोछ । काठमाण्डौं रिफर गरिएकोमा नविन विक, नैनी विक, बसुन्धरा विक र जैकला विक रहेकाछन् । अहिले नेपालगन्जमा तीन जना उपचाररत छन् । भेरि अस्पतालमा एक जना र मेडिकल कलेजमा दुईजनाको उपचार भइरहेकोछ ।
अन्य ४ जना घाइतेको नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्र्तगत बाटोमा काम गरिरहेका दश जना सामुदायिक वनमा लागेको आगोमा परेका थिए ।
दैलेखको आठविस–६ माल्या जंगलमा बुधबार दिउँसो आगलागीमा परेका १० जनामध्ये ८ जनालाई हेलिकोप्टरबाट नेपालगन्ज ल्याइएको थियो । त्यसमध्ये भैरवको मृत्यु भएकोछ ।
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ