दैलेख आगलागी घटनाः भैरवको मृत्यु


दैलेख आगलागी घटनाः भैरवको मृत्यु

नेपालगन्ज २८ वैशाख : दैलेखको आठविस नगरपालिका–६ स्थित माल्या जंगलमा बुधबार आगलागीमा परी घाइते भएका ४ जना मध्ये एक जनाको मृत्यु भएको छ ।

आगलागीमा परी गम्भीर घाइते दैलेखको आठविस–६ का ५५ वर्षीय भैरव विकको उपचारको क्रममा बाँकेको नेपालगन्ज स्थित भेरी अस्पतालमा मृत्यु भएको हो ।

भेरी अस्पतालमा उपचाररत विकको बुधबार राति मृत्यु भएको अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेण्ट डाक्टर बद्री चापागाईले जानकारी दिए ।

उनका अनुसार, भेरी अस्पतालमा उपचारका लागि ल्याइएका ४ जनामध्ये विकको शरीरको अत्यधिक भाग जलेको थियो । बाँकी ३ जनामध्ये एक जनाको अवस्था गम्भीर छ भने अन्य २ को अवस्था सामान्य छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

बिहीबार दिउँसो १२ः३० बजे नेपाली सेनाको ‘स्काई ट्रक’बाट चार जनालाई काठमाण्डौं थप उपचारका लागि पठाइएकोछ । काठमाण्डौं रिफर गरिएकोमा नविन विक, नैनी विक, बसुन्धरा विक र जैकला विक रहेकाछन् । अहिले नेपालगन्जमा तीन जना उपचाररत छन् । भेरि अस्पतालमा एक जना र मेडिकल कलेजमा दुईजनाको उपचार भइरहेकोछ ।

अन्य ४ जना घाइतेको नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्र्तगत बाटोमा काम गरिरहेका दश जना सामुदायिक वनमा लागेको आगोमा परेका थिए ।

दैलेखको आठविस–६ माल्या जंगलमा बुधबार दिउँसो आगलागीमा परेका १० जनामध्ये ८ जनालाई हेलिकोप्टरबाट नेपालगन्ज ल्याइएको थियो । त्यसमध्ये भैरवको मृत्यु भएकोछ ।