File Photo
नेपालगन्ज ३ जेठ : आगामी जेठ ५ गते हुने सरकारको नीति तथा कार्यक्रमको प्रस्तुती राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने भएकाछन् ।
सरकारको नीति तथा कार्यक्रमको प्रस्तुती कसले गर्ने भन्दै सिर्जना भएको अन्योल योसगैं सकिएको छ । संसद्मा राष्ट्रपति रामचन्द्र पौडेलले नै नीति तथा कार्यक्रम पेश गर्ने टुङ्गो लागेको हो ।
यसअघि राष्ट्रपति अस्वस्थ भएकाले प्रधानमन्त्रीले नीति तथा कार्यक्रम पेश गर्ने भनिएको थियो । जसमा एमालेले विरोध जनाएको थियो । तर, राष्ट्रपतिले यही जेठ ५ गते शुक्रबारको बैठकमा नीति तथा कार्यक्रमको प्रस्तुती गर्ने तय भएको छ ।
राष्ट्रपति कार्यालयबाट संसद् सचिवालयमा पठाइएको पत्रमा राष्ट्रपति स्वयंले नीति तथा कार्यक्रम वाचन गर्ने उल्लेख छ । नीति तथा कार्यक्रम वाचनका लागि राष्ट्रपति आवश्यक तयार भएर बसेका छन् ।
संविधानको धारा ९५ तथा प्रतिनिधिसभा र राष्ट्रिय सभा नियमावलीको नियम ३८ मा नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।
स्वास्थ्यको समस्या भएपछि केही साताअघि राष्ट्रपति भारतमा उपचार गराएर नेपाल फर्किएका थिए । त्यसपछि शीतलनिवासमा आराम गरिरहेका राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या भएकाले प्रधानमन्त्रीले नै नीति तथा कार्यक्रम वाचन गर्ने भनेर प्रचार भएपछि एमालेले यसमा असन्तुष्टि जनाएको थियो ।
धेरैपछि बोले जीवी राई: मलाई थुनेर पैसा फिर्ता हुँदैन, नेपाल फर्किन चाहन्छु, रवीबारे के भने?
यस्तो बन्यो ‘बदलिएको काँग्रेस’ हाँक्ने टिम गगन
रास्वपाकाे निर्देशन: दसैं-तिहारमा ‘उपहार’ नलिनू, नदिनू
प्रधानमन्त्रीको दसैं शुभकामना: आफूभित्रको महिषासुर र रावणलाई चिन्न सकौँ
दसैं बजार: यसपालि गुल्जार भयो नेपालगन्ज, नेपाली उपभोक्ता नभएपछि पारितिर सुनसान
नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मान्यता, एनपिएल अब आईसिसीमा अभिलेख हुने