‘भेट्न बोलाएर बलात्कार गरि उमेशले छोरीको हत्या गर्‍यो’

दोषीलाई कारबाही होस्, प्रहरीले किटानी जाहेरी लिन मानेन : आमा सानु


‘भेट्न बोलाएर बलात्कार गरि उमेशले छोरीको हत्या गर्‍यो’

नेपालगन्ज ५ जेठ : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ पशुपतिनगर निवासी उमेश सुनारले आफ्नी छोरीको हत्या गरेको भन्दै प्रहरीले किटानी जाहेरी लिन नमानेको पीडित परिवारले बताएकाछन् ।

गत वैशाख २९ गते रोल्पा जिल्लाको सुनछहारी गाउँपालिका वडा नम्बर–४ मा पर्ने झर्ना क्षेत्रमा चन्द्रा सुनार मृत अवस्थामा भेटिएकी थिइन् । आफ्नै श्रीमान उमेशसँग रहेकी चन्द्राको मृत्युले उनको हत्या गरि दुर्घटना देखाउन खोजेको भन्दै चन्द्राकी माईती पक्षले शुक्रबार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै यस्तो दावि गरेका हुन् ।

चन्द्राकी श्रीमा उमेशले उनको हत्या गरेर दुर्घटना देखाउन खोजेको भन्दै चन्द्राकी आमा सानु सुनारले दोषीलाई कारबाहीको माग गरिन् । छोरी चन्द्राको हत्यापछि प्रहरीले किटानी जाहेरी दर्ता गर्न नमानेपछि न्याय पाउनका लागि बाध्य भएर पत्रकार सम्मेलन गरेको सानुले बताइन् ।

पत्रकार सम्मेलन छोरीको स्वभाविक मृत्यु नभई योजनाबद्ध हत्या भएको र हत्याको मुख्य दोषी नै उनका श्रीमान उमेश रहेको दावि गर्दै चन्द्राकी आमा सानुले दोषी उमेशलाई कानूनी कारबाहीको गरि न्यायको माग राखिन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

बाँके खजुरा गाउँपालिका वडा नम्बर –४ निवासी २७ वर्षीया चन्द्राको २०७० सालमा नेपालगन्ज वडा नम्बर –१८ पशुपतिनगर निवासी उमेश सुनारसँग प्रेम विवाह भएको थियो । उमेश नेपाल प्रहरीका प्रहरी जवान हुन् । उनीहरुको ४ वर्षीय एक छोरा समेत छन् ।

विवाह पश्चात उमेश र चन्द्राबीचको बैवाहिक सम्बन्ध त्यती राम्रो नभएको सुनाउँदै चन्द्राकी आमा सानुले भनिन्–‘कामका शिलसिलामा आफूहरु भारतबाट ४ महिना अघि मात्र नेपाल आएका थियौ । छोरी सधैं निरास र दुखि देखिन्थि ।’

सानुले अगाडी थपिन्–‘उमेशले छोरी चन्द्रालाई टर्चर दिने गरेको, परस्त्रीसँग हेलमेल रहेको, दाईजो नदिएको, छोरो र श्रीमतीसँग अभिभावकी जिम्मेवारीबाट पन्छिने गरेका थिए । माइत समेत आउजाउ गर्न रोक लगाएका थिए । छोरीलाई भेट्न बोलाएर हत्या गरेर दुर्घटना देखाउन खोजियो ।’

चन्द्राको मृत्यु भएको खबर पाए लगत्तै बाँकेबाट रोल्पा स्थित सुनछहारी गाउँपालिका पुग्दा छोरीको अवस्था दर्दनाक थियो । घटनाका बारेमा जानकारी दिदैँ सानुले अगाडी सुनाईन्–‘झरनाको पोखरीमा चन्द्रा डुवेर मरेको भनियो तर, त्यहाँ चन्द्राको कम्मरमुनीको कुनै वस्त्र थिएन । छातिमाथि भित्रि वस्त्र थियो । छोरीको योनाङ्ग र मलद्वारमा रगतका छिट्टा थिए । घाउ थियो । घाँटी, ढाड र अनुहारमा चोट लागेको थियो । वियरका बोतल र ‘यौन उत्तेजना’ बृद्धि गर्ने औषधिको खोस्टा थिए ।’

आमा सानुले भनिन्–‘पानीमा डुवेर मृत्यु हुने मान्छे यो अवस्थामा कसरी पुग्यो । चन्द्राका श्रीमान उमेशले छोरीलाई नेपालगन्जदेखि रोल्पा बोलाएर बलात्कार गरि हत्या गरे । अहिले हत्यालाई दुर्घटना सावित गरिदैँछ ।’

जिल्ला प्रहरी कार्यालय कोवाङ्गमा कार्यरत उमेशले प्रहरी प्रशासनको बलमा घटनालाई दुर्घटनामा परिणत गरे । प्रहरीले समेत साथ दिएन । उमेश विरुद्ध प्रहरीकोमा किटानी जाहेरी दिन खोज्दा प्रहरीले उल्टै धम्कि दिएर किटानी जाहेरी दर्ता गर्न मानेन’ चन्द्राकी आमा सानुले रुदैँ पत्रकार सम्मेलनमा घटनाबारे प्रष्ट्याइन् ।

उमेशले छोरी चन्द्रालाई रोल्पा बोलाउँदा त्यहाँ जान इनकार गरेपनि सासुससुराको दवावमा बाध्य भएर गएको बताउँदै आमा सानुले ससुरा भक्तबहादुर सुनारले नै मोटरसाईकलमा राखेर रोल्पा जाने बसमा चढाएर फर्केको बताइन् ।

मृतक चन्द्राकी बहिनी नितु सुनारले दिदी चन्द्राको हत्या भएको दावि गर्दै निष्पक्ष छानविन गरि दोषी उमेशलाई कानूनी कटघेरामा ल्याउन माग गरिन् ।

नितुले भनिन्–‘एकातिर आफ्नो दिदीको विभत्स हत्या भएको छ, अर्कोतिर न्याया माग्न खोज्दा प्रहरी प्रशासनले समेत असहयोग गरिरहेकोछ । किटानी जाहेरीसमेत दर्ता गर्न मान्दैन प्रहरी । न्यायका लागि काहाँ जाऔं ।’
‘दिदि(चन्द्रा)ले घरपरिवार र श्रीमानबाट दुख पाइरहेको सुनाउथि । मलाई राम्रो छैन । राम्रो व्यवहार गर्दैनन् । आज दिदीको हत्या भयो’ बहिनी नितुले भनिन् ।

यस्तै चन्द्राकी फुपुकी छोरी सृजना सुनारले उमेशले नै चन्द्राको हत्या गरेको दावि गरिन् । प्रहरीमा रहेका उमेशको आनीबानी राम्रो थिएन । धेरैपटक परस्त्रीसँगको साँठगाँठले चन्द्रा र उमेशबीच झगडा समेत हुने गरेको थियो । चन्द्रालाई वेवास्ता गर्थे उमेशले आज हत्या गरेर दुर्घटना देखाउन खोजियो ।

चन्द्राका हजुरबुवा देवमल सुनारले नातीनीको हत्यारा उमेशलाई पक्राउ गरि कानूनी कारबाही गर्न माग राखे । उनले भने–‘नातीनि चन्द्राको हत्या गर्ने उमेश कार्यारत प्रहरी कार्यालयबाट अनुसन्धान भइरहेकोछ । प्रहरीको मिलोमतोमा घटना ढाकछोप गरिदैँछ ।’

हजुरबुवा देवमलले भने–‘नातनीको शब बुझाउँदा माइती पक्ष कसैको सहभागिता गराइएन । हत्या गर्ने गरि उनले मानिसको आउजाउ नुहुने एकान्तमा लगेर मारे ।’

नातनी चन्द्रा र उनका ४ वर्षीय छोरा विहान सुनारसँग झरनामा गए । चन्द्रा डुब्दा थाहा नभएको, आफै छोरा विहानसँग खेलिरहेको र श्रीमती डुबेर मरेको थाहा पाएपछि प्रहरीलाई खबर गरेर बोलाएको भन्ने झुठा बयान उमेशले दिएको हजुरबुवा देवमलले दावि गरे ।

नातनी चन्द्राको हत्या भएको दावि गर्दै उनका श्रीमानले नै चन्द्रालाई मारेको उनीहरुको दावि छ । चन्द्राको हत्या गर्ने उमेशलाई कारबाही नगरिए पीडित परिवारले चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत पत्रकार सम्मेलनमाफर्त दिएकाछन् ।

बाँके खजुरा गाउँपालिका वडा नम्बर–४ ई गाउँ निवासी सानु सुनारको ५ छोरी र एक छोरा छन् । चन्द्रा परिवारकी जेठी छोरी हुन् ।