भारतले बन्द गर्‍यो २ हजारका नोट


भारतले बन्द गर्‍यो २ हजारका नोट

नेपालगन्ज ५ जेठ : भारतले २ हजार रुपैयाँका नोट बन्द गरेकोछ । भारतको केन्द्रिय बैंकले शुक्रबारदेखि २ हजारका नोट बजारमा नपठाउने घोषणा गरेको बिबिसी हिन्दीले उल्लेख गरेको छ ।

सन् २०१६ मा नरेन्द्र मोदी सरकारले एक हजार र ५ सयका नोटमा प्रतिबन्ध लगाएपछि भारतीय रिजर्भ बैंकले २ हजारका नोट चलनमा ल्याएको थियो । तर, ७ वर्षमै उक्त नोट चलनचल्तीमा नरहने घोषणा गरिएको हो ।
रिजर्भ बैंकले सर्वसाधारणसँग भएका २ हजारका नोट बैंकमा जम्मा गर्न र बैंकहरूलाई २ हजारका नोट बजारमा नपठाउन भनेको छ ।

२ हजारका नोट बैंकमा जम्मा गर्ने समय यो वर्षको सेप्टेम्बर ३० सम्म दिइएको छ । त्यतिञ्जेलसम्म २ हजारको नोटलाई वैधानिक मुद्राको मान्यता पनि रहनेछ ।

भारतले पुनः ‘नोटबन्दी’ गरेसँगै यसको असर नेपालमा समेत देखिने भएकोछ । विशेष गरि सीमानाका क्षेत्र र भारतका विभिन्न ठाउँमा रोजगारी, ब्यापार तथा अध्ययनका लागि गएका नेपालीलाई असर हुने भएको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

भारतमा कमाई गरि लाखौं नेपाली भारतीय रुपैयाँसहित नेपाल आउने गरेकाछन् । रोजगारीका लागि जाने नेपालीले उताबाट आउँदा साना दरका भन्दा ठूला दरका नोट लिएर आउने गरेकाछन् । ठूला दरका नोट आफूसँग बोकेर ल्याउँदा सहज हुने भएपछि नेपालमा भएका २ हजारको नोट सटहीले पुनः तनाव हुने भएकोछ । यसअघि भारतले गरेको नोटबन्दीमा नेपालमा रहेको करोडौंको भारतीय नोट भारतले लिन इन्कार गरेको थियो ।