नेपालगन्ज ५ जेठ : भारतले २ हजार रुपैयाँका नोट बन्द गरेकोछ । भारतको केन्द्रिय बैंकले शुक्रबारदेखि २ हजारका नोट बजारमा नपठाउने घोषणा गरेको बिबिसी हिन्दीले उल्लेख गरेको छ ।
सन् २०१६ मा नरेन्द्र मोदी सरकारले एक हजार र ५ सयका नोटमा प्रतिबन्ध लगाएपछि भारतीय रिजर्भ बैंकले २ हजारका नोट चलनमा ल्याएको थियो । तर, ७ वर्षमै उक्त नोट चलनचल्तीमा नरहने घोषणा गरिएको हो ।
रिजर्भ बैंकले सर्वसाधारणसँग भएका २ हजारका नोट बैंकमा जम्मा गर्न र बैंकहरूलाई २ हजारका नोट बजारमा नपठाउन भनेको छ ।
२ हजारका नोट बैंकमा जम्मा गर्ने समय यो वर्षको सेप्टेम्बर ३० सम्म दिइएको छ । त्यतिञ्जेलसम्म २ हजारको नोटलाई वैधानिक मुद्राको मान्यता पनि रहनेछ ।
भारतले पुनः ‘नोटबन्दी’ गरेसँगै यसको असर नेपालमा समेत देखिने भएकोछ । विशेष गरि सीमानाका क्षेत्र र भारतका विभिन्न ठाउँमा रोजगारी, ब्यापार तथा अध्ययनका लागि गएका नेपालीलाई असर हुने भएको हो ।
भारतमा कमाई गरि लाखौं नेपाली भारतीय रुपैयाँसहित नेपाल आउने गरेकाछन् । रोजगारीका लागि जाने नेपालीले उताबाट आउँदा साना दरका भन्दा ठूला दरका नोट लिएर आउने गरेकाछन् । ठूला दरका नोट आफूसँग बोकेर ल्याउँदा सहज हुने भएपछि नेपालमा भएका २ हजारको नोट सटहीले पुनः तनाव हुने भएकोछ । यसअघि भारतले गरेको नोटबन्दीमा नेपालमा रहेको करोडौंको भारतीय नोट भारतले लिन इन्कार गरेको थियो ।
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ