नबिल बैंक ३९ वर्षमा, नेपालगन्जको न्यूरोडमा तेस्रो शाखा उद्घाटन


नबिल बैंक ३९ वर्षमा, नेपालगन्जको न्यूरोडमा तेस्रो शाखा उद्घाटन

नेपालगन्ज १८ जेठ: सेवा विस्तारका क्रममा नबिल बैंकले एकैपटक ३८ शाखा उद्घाटन गरेको छ । नबिल बैंक लिमिटेडले एक साथ ३८ नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

स्थापनाको ३८ वर्ष पार गरेको बैंकले विहीबार केन्द्रिय स्तरमा एक विशेष कार्यक्रम गरी देशै भरका ३८ नयाँ शाखाको उद्घाटन गरेको जानकारी दिएको हो ।

‘नबिल बैंक अब तपाईसँग अझै नजिक’ भन्ने नाराका साथ सरल र सवल बैंकिङ सेवा प्रदान गर्न सातै प्रदेशमा एकैसाथ ३८ नयाँ शाखा विस्तार गरिएको बैंकले जनाएको छ । ३८ नयाँ शाखामध्ये सबैभन्दा बढी बागमती प्रदेशमा १३ वटा नयाँ शाखा सञ्चालनमा ल्याइएको छ ।

त्यस्तै, कोशी प्रदेशमा एक, मधेश प्रदेशमा आठ गण्डकी प्रदेशमा तीन, तुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा दुई वटा नयाँ शाखा सञ्चालनको लागि उद्घाटन गरिएको बैंकले जनाएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले आठ वटा र बैंकका सञ्चालक निर्वाण चौधरीले आठ वटा शाखाहरुको उद्घाटन गरेका हुन् । त्यसैगरी बैंकका सञ्चालक आशा राणा अधिकारीले थप आठ वटा र बैंक सञ्चालक अनन्त पौड्याल र प्रविन टिबडेवालाले थप ७÷७ वटा शाखाको उद्घाटन गरेका हुन् ।

डिजिटल उद्घाटन कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरू, बैंकका उच्चपदस्थ अधिकारीहरू र बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो । ३८ नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयको संख्या २ सय ५५ पुगेको छ ।

यसैबिच, नेपालगन्जको न्यूरोडमा नबिल बैंक लिमिटेडले शाखा विस्तार गरेको छ । त्यसक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक गिरिजा प्रसाद कोइराला र नेपालगन्ज उप–महानगरपालिकाका मेयर प्रशान्त विष्टले नेपालगन्जमा न्यूरोड शाखाको उद्घाटन गरे ।

नविल बैङ्कका अनुसार, नेपालगन्जमा यो तेस्रो शाखाको उद्घाटन भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि गिरिजा प्रसाद कोइरालाले नविलले विभिन्न शाखा खोलेर सेवाग्राहीहरुसँग नजिक हँुदैं गइरहेको धारणा व्यक्त गर्दै सेवाग्राहीहरुलाई नीति नियम बारे बुझाएर अलि कारोबार गर्दा झन् बढी प्रभावकारी हुने सुझाव दिए ।

मेयर विष्टले सेवाग्राहीहरुको अपेक्षा पूरा गर्न बैंकले ध्यान दिनुपर्ने बताए । नेपालगन्ज–२ का वडाध्यक्ष मनोज श्रेष्ठले बैंकले ब्याजदरलाई उपयुुक्त बनाउन सुझाव दिए ।