संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको गलत प्रचार गरियोः अर्थमन्त्री डाक्टर महत


संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको गलत प्रचार गरियोः अर्थमन्त्री डाक्टर महत

काठमाडौं २९ जेठ : अर्थमन्त्री प्रकाश शरण महतले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको गलत प्रचार गरिएको बताएका छन् ।

आ.व. २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री महतले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको विशेषताको कुरै नभएको र गलत प्रचार बढी भएको बताए ।

आगामी वर्षको बजेटमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै संसदमा उठेका विषयमा जवाफ दिदै उनले भने, ‘यो कार्यक्रममा बजेटको सीमितता छ । भौतिक पूर्वाधारको निकै माग छ । यस्तो बेलामा निर्वाचन क्षेत्रमा नभई नहुने पूर्वाधार आयोजनामा कम्तिमा १ करोड रुपैयाँका दरले बजेट जाँदा पूर्वाधार विकासमा सहयोग पुग्यो । यो पूँजीगत खर्च नै हो ।’

कम्तिमा एक करोड घटिको बजेटमा ठेक्का नलाग्ने र ठेक्का लगाउने काम सम्बन्धित मन्त्रालय कै उनले प्रष्ट पारे । ‘माननीयले त सिफारिश मात्रै गर्ने हो । सिफारिस पनि गर्न नपाउने कुरा जायज होइन’, उनले भने । निर्वाचन क्षेत्रमा निर्वाचित, समानुपातिक लगायत सबै मिलेर योजना छनौट गर्ने कार्यविधि समेत बन्ने उनको भनाई थियो ।

Kids Festival 2022
kanti aarogya hospital

अर्थमन्त्री महतले आगामी आर्थिक वर्षको लागि प्रत्येक निर्वाचन क्षेत्रको लागि ५ करोड विनियोजन गरेका थिए । यो कार्यक्रम अन्तर्गत एउटा आयोजनामा कम्तिमा १ करोड विनियोजन भएको छ । सडक, सिँचाइ, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद लगायतका भौतिक पूर्वाधार निमार्णका आयोजना तथा कार्यक्रमकाा लागि ८ अर्ब २५ करोड विनियोजन गरेका थिए ।

यस्तै उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि पुँजीगत तर्फ कूल रु १२३ अर्ब विनियोजन रहेकोमा ३ वटा जिल्लामा छुट्टाएको रकम ठूलो परिमाणमा नभएको बताए ।

आगामी वर्षको बजेटमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले कतिपय पहाडि जिल्लामा अझै पनि आधारभूत सडक पूर्वाधार अपर्याप्त रहेकोले आवश्यकताका आधारमा सडक आयोजनामा विनियोजन बढाउनु परेको स्पष्ट पारे ।