नेपालगन्ज २९ जेठः बाँकेको एक उद्योगमा करेन्ट लागेर एक कामदारको मृत्यु भएकोछ ।
कोहलपुरको हवल्दारपुरस्थित गणपति प्लाईउड उद्योगमा करेन्ट लाग्दा एक जना कामदारको मृत्यु भएको हो ।
उद्योगमा काम गर्ने क्रममा करेन्ट लागेर कोहलपुर नगरपालिका वडा नम्बर–७ लखनवारका ५० वर्षीय हरभजन थारुको मृत्यु भएको प्रहरीले जनाएकोछ ।
प्रहरीका अनुसार उनलाई आईतबार बेलुका करिब ६ः३० बजेतिर करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका थारुलाई उपचारका लागि अस्पताल लैजादैँ गर्दा बाटोमा मृत्यु भएको हो ।
मृतकको शव पोष्ट मार्टमका लागि भेरी अस्पतालमा राखिएको छ ।
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ
प्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न : ‘के खान जानुभएको ?’