प्लाईउड उद्योगमा करेन्ट लागेर एक कामदारको मृत्यु


प्लाईउड उद्योगमा करेन्ट लागेर एक कामदारको मृत्यु

नेपालगन्ज २९ जेठः बाँकेको एक उद्योगमा करेन्ट लागेर एक कामदारको मृत्यु भएकोछ ।

कोहलपुरको हवल्दारपुरस्थित गणपति प्लाईउड उद्योगमा करेन्ट लाग्दा एक जना कामदारको मृत्यु भएको हो ।

उद्योगमा काम गर्ने क्रममा करेन्ट लागेर कोहलपुर नगरपालिका वडा नम्बर–७ लखनवारका ५० वर्षीय हरभजन थारुको मृत्यु भएको प्रहरीले जनाएकोछ ।

प्रहरीका अनुसार उनलाई आईतबार बेलुका करिब ६ः३० बजेतिर करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका थारुलाई उपचारका लागि अस्पताल लैजादैँ गर्दा बाटोमा मृत्यु भएको हो ।

Kids Festival 2022
kanti aarogya hospital

मृतकको शव पोष्ट मार्टमका लागि भेरी अस्पतालमा राखिएको छ ।