अपराध रोक्न नागरिक र प्रहरीबीच सहकार्य महत्वपूर्ण : डिआईजी जोशी

३ करोड ९ लाखमा निर्मित ईप्रका भगवनापुरको भवन उद्घाटन


अपराध रोक्न नागरिक र प्रहरीबीच सहकार्य महत्वपूर्ण : डिआईजी जोशी

नरैनापुर(बाँके) २९ जेठ : ईलाका प्रहरी कार्यालय भगवानपुरको नवनिर्मित भवन उद्घाटन गरिएको छ । सोमबार लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्ष उमेशराज जोशी र नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तिायक अहमद शाहले संयुक्त रुपमा नरैनापुरको वडा नम्बर–५ को भगवानपुरमा नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुख निवास, प्रहरी ब्यारेक, भान्सा घर तथा नागरिक सहायता कक्ष भवनहरूको उद्घाटन गरेका हुन् । साथै उनीहरुले उक्त नवनिर्मित भवनहरूको निरीक्षण समेत गरेकाछन् ।

भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी नायब महानिरीक्षक जोशीले प्रहरी संगठनलाई आवास तथा भौतिक पूर्वाधारमा आत्मनिर्भर बनाई प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्नेदेखि वैज्ञानिक र प्राविधिक उपकरणहरूको प्राप्ति र प्रयोगद्वारा संगठनलाई संस्थागत रूपमा मजबुत र सक्षम बनाउन प्रदेश प्रहरी कार्यालय सदैव कटिबद्ध र प्रयासरत रहेको बताए ।

प्रहरी नायब महानिरीक्षक जोशीले आधुनिक भवनहरूसँगै प्रहरीको सेवाप्रतिको इमान्दारिता, जिम्मेवारीबोध, प्रहरी आचरण र व्यवहारले प्रहरीप्रतिको जनविश्वास अभिवृद्धि गर्ने विश्वास लिएको बताए । उनले भवनहरू सबैको साझा सम्पत्ति रहेको उल्लेख गर्दै नवनिर्मित भवनहरूप्रति अपनत्वको भाव राखेर उचित संरक्षण, संवद्र्धन गर्दै दीर्घकालसम्म जर्गेनाका लागि सहयोग गर्न सबैसँग आग्रह गरे ।

नरैनापुरमा हुन सक्ने अपराध रोक्नको लागि नागरिक र प्रहरीबीचको समन्वय र सहकार्य महत्वपूर्ण रहने भन्दै सचेत रहनु पर्नेमा प्रहरी नायब महानिरीक्षक जोशीले जोड दिए । कार्यक्रममा प्रहरी नायब महानिरीक्षक जोशीले भवन निर्माण कार्यमा संलग्न निर्माण व्यवसायीहरूलाई कदरपत्र तथा भवन निर्माणमा योगदान पु¥याउने प्रहरी कर्मचारीलाई पुरस्कारसमेत प्रदान गरेका थिए ।

Kids Festival 2022
kanti aarogya hospital

उद्घाटन कार्यक्रममा बोल्दै नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले ईलाका प्रहरी कार्यालय नरैनापुर अन्य प्रहरी कार्यालयभन्दा निक्कै महत्वपूर्ण र विशिष्ट नाकामा भएको बताए ।

नेपाल–भारत सीमावर्तीक्षेत्रमा हुने चोरी, तस्करी, रोकथाम नियन्त्रण गर्नु, शान्ति सुरक्षा अमनचयन कायम गर्नु, अपराध नियन्त्रण र अनुसन्धान गर्नु, समाजमा शान्ति व्यवस्था कायम गर्नु ईलाका प्रहरी कार्यालय भगवानपुरको मुख्यः दायित्व र जिम्मेवारी रहेको अध्यक्ष शाहले स्पष्ट पारे ।

अहिलेको मुख्यः समस्या लागूऔषध भएको स्पष्ट पार्दै उनले अवैधरुपमा भित्रिने अन्य बस्तुले देशको अर्थतन्त्र र राजस्वमा असर पुर्याउने तर, लागूऔषले समाज र देश नै ध्वस्त पार्ने अध्यक्ष शाहको भनाई थियो ।

जनताको जीउधनको सुरक्षाको जिम्मेवारी लिएर बसेको एउटा प्रहरी असुरक्षित भयो भने संयौं नागरिकले सुरक्षा पाउन नसक्ने भन्दैं हरेक नागरिकले सुरक्षितरुपमा जीवनयापन गर्नका लागि प्रहरी सुरक्षित हुनुपर्ने उनको भनाई थियो । प्रहरी असुरक्षित भयो भने सर्वसाधारणले सुरक्षा पाउनु भनेर आश गर्नु दिवा स्वप्न हुने अध्यक्ष शाहको तर्क थियो ।

सुरक्षाकर्मी सुरक्षित भए मात्र सर्वसाधारणले सुरक्षा प्राप्त गर्न सक्ने भएकाले प्रहरीको गास, बास र कपासको सुरक्षाका लागि हामी सवै लाग्नुपर्ने अध्यक्ष शाहले बताए ।

‘कसैले दाल, चिनी र चामल अबैधरुपमा अयात गर्दा यसले खासै ठूलो नोक्शानी राज्यले व्यहोर्नु पर्दैन’ अध्यक्ष शाहले अगाडी थपे —‘तर, थोरै मात्रामा भित्रिएको लागुऔषधले हाम्रो समाज, परिवार र देशनै खत्तम पारिदिन्छ । यस्तै सामाजिक सद्भावमा खलल पार्न केही तत्वहरु लागी परेको उल्लेख गर्दै जातिय द्वन्द्व गराउन खोज्नेहरुको पहिचान गरी तत्काल कारबाही गर्नु पार्छ ।’

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा प्रहरी नायब उपरीक्षक ईन्जिनियर ध्रुव अधिकारीले भवन निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रदेश सरकारको नियमित बजेटबाट कुल ३ करोड ९ लाख लागतमा नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुख निवास, प्रहरी ब्यारेक, भान्सा घर तथा नागरिक सहायता कक्ष भवनको निर्माण कार्य सम्पन्न भएको हो ।

कार्यक्रममा प्रहरी बरिष्ठ उपरीक्षकद्वय डिल्लीराज बिष्ट र डाक्टर अमिन कुमार श्रेष्ठ, प्रहरी उपरीक्षकद्वय सन्तोष सिंह राठौर र तुल बहादुर कार्की, सशस्त्र प्रहरी नायब उपरीक्षक दीपक चन्द, नरैनापुर गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणीराम खराल, १, २, ४ र ५ का वडाअध्यक्षहरु क्रमश इसाक जोलाह, मसूद अहमद शाह, मनोज शर्मा, कृष्णचन्द्र मौर्य, प्रेमचन्द्र मौर्य, राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ र ७ का वडाअध्यक्षद्वय नवराज खरेल र रामलखन थारु, नेपाली काँग्रेसका नेता रामचन्द्र मौर्य, नरैनापुरका जिन्सी शाखा प्रमुख भरत महतो, वडाप्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरीक्षक इन्द्रजित सुनार, ट्राफिक प्रहरी निरीक्षक तिलक सुनार, सशस्त्र प्रहरी निरीक्षक भानबहादुर कार्की, पालिकास्थित राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरू, स्थानीय समाजसेवी, सञ्चारकर्मी एवं स्थानीयबासीहरूको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन भगवानपुर ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजन रायमाजीले गरेका थिए ।