नेपालगन्ज २ असार : बाँके दुईसहित देशभरका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला परेकाछन् ।
बाँकेको नरैनापुर गाउँपालिका–१ सुईया बस्ने ५२ वर्षीय नन्कु बेहना सोही गाउँपालिका–२ स्थित शान्ति सामुदायिक वनमा शनिबार मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले जनाएको हो ।
यस्तै बाँकेकै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१० आदर्शनगर बस्ने ५० वर्षीय प्रेम बहादुर डाँगी आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी रूपन्देहीको सैनामैना नगरपालिका–३ पुरानो हाट बजारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४२ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–२ चिसापानी बल्क नम्बर–६ स्थित प्रतिक्षालयमा पाल्पा पूर्वखोला गाउँपालिका–६ घर भएका ५५ वर्षीय टोप बहादुर परियार शनिबार मृत अवस्थामा फेला परेका छन् ।
उता भोजपुरको भोजपुर नगरपालिका–३ दुम्छा बस्ने ४५ वर्षीया देव कुमारी सुनाम आफ्नै घर नजिक बाटोमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ
प्रधानमन्त्रीको निजी भ्रमणमाथि हर्क राईको प्रश्न : ‘के खान जानुभएको ?’
‘टीकापुर काण्ड’को सत्य लुकाइरहेको राज्य