बाँकेसहित देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला


बाँकेसहित देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला

नेपालगन्ज २ असार : बाँके दुईसहित देशभरका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला परेकाछन् ।

बाँकेको नरैनापुर गाउँपालिका–१ सुईया बस्ने ५२ वर्षीय नन्कु बेहना सोही गाउँपालिका–२ स्थित शान्ति सामुदायिक वनमा शनिबार मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले जनाएको हो ।

यस्तै बाँकेकै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१० आदर्शनगर बस्ने ५० वर्षीय प्रेम बहादुर डाँगी आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी रूपन्देहीको सैनामैना नगरपालिका–३ पुरानो हाट बजारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४२ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

Care City
kanti aarogya hospital
Health Care Clinic Nepalgunj

यस्तै नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–२ चिसापानी बल्क नम्बर–६ स्थित प्रतिक्षालयमा पाल्पा पूर्वखोला गाउँपालिका–६ घर भएका ५५ वर्षीय टोप बहादुर परियार शनिबार मृत अवस्थामा फेला परेका छन् ।

उता भोजपुरको भोजपुर नगरपालिका–३ दुम्छा बस्ने ४५ वर्षीया देव कुमारी सुनाम आफ्नै घर नजिक बाटोमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।