जिप्रका बाँके मुद्दाफाँटमा बेतिथी : ‘छ दिनसम्म मेरो उजुरी दर्ता भएन’

पूर्व डिएसपी केसी भन्छन् ‘यो समयमा पनि यस्तो अपराध प्रहरीबाट ? कसरी सहेको हो ।’


जिप्रका बाँके मुद्दाफाँटमा बेतिथी : ‘छ दिनसम्म मेरो उजुरी दर्ता भएन’

नेपालगन्ज ११ साउन : जिल्ला प्रहरी कार्यालय बाँकेको मुद्दाफाँटको सर्वत्र आलोचना भइरहेको छ । मुद्दाफाँटबाट पिडित भएकाहरु कति बाहिर बोलीरहेका छन् भने कति त अन्यायमा परेपनि न्याय नपाएरै मनभित्र पिडा गुम्स्याइरहेका छन् ।
पैसा र पावरको चलखेलले न्याय माग्न जिल्ला प्रहरी कार्यालय पुग्नेहरु मुद्दाफाँटबाट पिडित भएका हुन् । सेताखरी डटकममा यस सम्बन्धि समाचार आएपछि पिडितकहरुका स्वर एकपछि अर्को गर्दै बाहिर आइरहेका छन् ।

एक जना यस्ता पिडित भेटिएका छन् जो पटक पटक जिल्ला प्रहरी कार्यालयको मुद्दाफाँटमा पुगे तर उनको कुरा कसैले सुनेन । १ पटक होइन, २ पटक होइन, ६ पटकसम्म मुद्दाफाँटमा पुग्दा समेत न उनको उजुरी दर्ता भयो न कुरा नै कसैले सुन्यो ।

उनि हुन् नेपालगन्ज निवासी राम कृष्ण त्रिपाठी । पटक पटक जिल्ला प्रहरी पुग्दा पनि उनले न्याय पाएनन् । ६ पटक सम्म मुद्दाफाँट धाउदासमेत कसैले कुरा नसुनेपछि त्रिपाठीले नेताको साहारा लिंदै पावर प्रयोग गर्नु पर्यो । ‘मुद्दाफाँटमा ६ दिनसम्म गए निवेदन दर्ता भएन । पछि धवल शम्शेरबाट फोन गराएपछि अनि निवेदन दर्ता भयो । मान्छे पनि समातियो ।’ त्रिपाठीले सेतोखरीलाई फोन गरेर भने म सँग सबै प्रमाण छ । मन्त्रि, सांसदको फोन आएपछि माात्र प्रहरीले काम गर्ने भए सर्वसाधारण जनता कहाँ गएर न्याय माग्ने । कुटपिटबाट त्रिपाठीको सालाको टाउको फुटेपछि उनी उजुरी लिएर जिप्रका पुगेका थिए ।

नेपालगन्ज निवासी नेपाल प्रहरीका पूर्व डिएसपी सुर्य केसीले ‘यो समयमा पनि यस्तो अपराध प्रहरीबाट ? भनि प्रश्न गर्दै भन्छन् ‘कसरी सहेको हो ।’ जिल्ला प्रहरी कार्यालय बाँकेको मुद्दाफाँटका कर्मचारी ५,६ बर्ष देखि एकै ठाउँमा बसिरहेकाले पनि मुद्दाफाँटमा बेतिथी मौलाएको हो ।

Kids Festival 2022
kanti aarogya hospital

चेक बाउन्स, सवारी दुर्घटना लगायत लेनदेनका केशमा पैसा असुली गर्न सजिलो हुने हुँदा जिल्ला प्रहरी कार्यालयको मुद्दाफाँट सक्रिय भएको देखिन्छ । प्रायः माथिका यी केशहरु सेटिंगमा आउने गरेको मुद्दाफाँटमा बसेका प्रहरी अधिकृतहरु बताउँछन् । मुद्दाफाँटका कर्मचारीहरु बढीजसो पैसा आउने उजुरीप्रति केन्द्रित हुने हुँदा अन्य साना उजुरी लिएर आएकाहरुले बाँके प्रहरीबाट न्याय पाउन नसकेका हुन् ।

नेपालगन्ज न्यूरोडका गोपाल गिरीले बर्षौदेखि मुद्दाफाँटमा बसेकाहरुलाई तुरुन्त सरुवा गरेपछि मात्र अन्याय अत्याचार रोकिने बताउँछन् । समस्या लिएर गएका सिधा सर्वसाधारणलाई मुद्दाफाँटका कर्मचारीले एउटाले अर्कोलाई सिकाउने, अर्कोले अर्कालाई सिकाउने गरिरहनाले पिडितले झनै पिडा खेप्नु परिरहेको छ ।