नेपालगन्जमा २ जनाको ज्यान लिने दुर्घटनाको नालीबेली

जैसीलाई बचाउन मुख्यमन्त्रीको दवाव, अनुसन्धान फितलो पार्दै बाँके प्रहरी 


सेतोखरी सेतोखरी   बिहीबार, पुस १९, २०८०
नेपालगन्जमा २ जनाको ज्यान लिने दुर्घटनाको नालीबेली

स्कोरपियोले किचेर ज्यान गुमाएकी आस्था शाहका परिवार पर्दशन पश्चात दोषीलाई कार्वाहीका लागि बिहिबार जिल्ला प्रहरी कार्यालय बाँके परिसरमा । तस्बिर : सेतोखरी

बाँके प्रहरीले एक ठाउँबाट सिसि क्यामेरामा कैद भएको भिडियो लिएर गएको छ, जुन भिडियोमा सबै कुरा स्पष्ट देखिएको छ । स्कोरपियो कहाँ थियो ? चालक सहितको टिम कहाँ थियो ? उनीहरु गाडी लिएर कहाँ गइरहेको थिए ? अनि गाडी कहाँबाट कहाँ जाँदा पैदल यात्रुलाई किच्यो ? भन्ने बारे बाँके प्रहरीले सेतोखरीलाई दिएको जानकारी र सिसि क्यामेराले खिचेको भिडियोले प्रहरीको अनुसन्धान थालनी झुठो भएको स्पष्ट हुन्छ । 

अष्ट्रेलिया १९ पुष : नेपालगन्जमा दुई जनाको ज्यान लिएको स्कोरपियो गाडी घटना झन झन बल्झिदै गइरहेको छ । दुई जनाको ज्यान लिएका स्कोरपियोका चालक तथा मालिक रामराज जैसीलाई बचाउनमा मद्दत पुग्ने गरी बाँके प्रहरीले अनुसन्धान थालेपछि उक्त घटनाले झन ठुलो रुप लिन थालेको हो । 
रक्सीको बेहोसीमा गाडीले किचेर दुई जनाको ज्यान लिएका जैसी पावरफुल व्यक्ती हुन् । जसरी पनि जैसीलाई बचाउन पावर सेन्टरबाट दवाव आएकाले मुद्दा कमजोर हुने गरी बाँके प्रहरीले अनुसन्धान अगाडी बढाएको स्रोतले जनाएको छ । हैन भने घटना विवरण परिवर्तन गर्नु पर्ने कारण के त ? बाँके प्रहरीमाथि प्रश्न चिन्ह लागेको छ ।
स्कोरपियो घटना बारे बाँके प्रहरीले सेतोखरीलाई जति जानकारी दियो त्यो झुठो देखिन्छ । बाँके प्रहरीलाई घटनाको वास्तविकता थाहा नभएको होइन । चालकको बयान त लुकाएको छ नै जति जानकारी दिन्छ त्यो वास्तिविकता नभइ अर्कै दिइरहेको छ । जसका कारण घटनाको वास्तविकता र बाँके प्रहरीले दिएको जानकारी मिल्दैन । प्रहरीको अनुसन्धानमा शंका लागेपछि ज्यान गुमाएकी आस्थाका परिवार र शुभचिन्तकहरुले बिहिबार नेपालगन्ज चक्काजाम गरी पर्दशन गरेका छन् ।
स्कोरपियो कहाँ थियो ? चालक सहितको टिम कहाँ थियो ? उनीहरु गाडी लिएर कहाँ गइरहेको थिए ? अनि गाडी कहाँबाट कहाँ जाँदा पैदल यात्रुलाई किच्यो ? बारे बाँके प्रहरीले सेतोखरीलाई दिएको जानकारी र सिसि क्यामेराले खिचेको भिडियोले प्रहरीको अनुसन्धान थालनी झुठो भएको स्पष्ट हुन्छ । 
जैसी पैसा र पावरमा हिंडिरहेका व्यक्ती हुन् । उनको काँग्रेसको तर्फबाट सुदुरपश्चिमको मुख्य मन्त्री भएका कमल बहादुर शाहसँग सिधै पहुँचछ । मुख्य मन्त्री शाहका निकट सहयोगी हुन चालक जैसी । जसका कारण माथिबाट आएको दवावले बाँके प्रहरीले पनि जैसीलाई बचाउन फितलो अनुसन्धान गरी कमजोर मिसिल सरकारी वकिलकोमा पेश गर्नु पर्ने हुन्छ । 
त्यसका अलावा जैशी नेपालगन्जका क्यासिनो जाने, क्यासिनोमा जुवा खेल्ने नेपालीलाई पैसा लगानी गर्ने गरेको नेपालगन्जमा संचालित क्यासिनोका कर्मचारीले सेतोखरीलाई बताए । उनको लम्कीमा भाँडा पसल पनि छ । 
अंग्रेजी नयाँ बर्ष मनाएर घर फर्किरहेकाहरुलाई गत आइतबार राती कैलाली जिल्ला लम्की चुहा निवासी रामराज जैसीले चलाएको सुदुरपश्चिम प्रदेश ०१–००१–३४६४ नम्बरको स्कारपियोले ठक्कर दिंदा नेपालगन्ज भृकुटीनगर निवासी २४ बर्षिया आस्था शाह र सिद्धार्थ भ्यू होटलका कर्मचारी मायाराम चौधरीको ज्यान गएको थियो । घटनामा आस्थाकी साथी शाहना शाह घाइते छिन् ।
मादक पदार्थ सेवन गरेर गाडी चलाईरहेका जैसीले नेपालगन्ज १८ कारकाँदो स्थित डोको रेष्टुरेन्ट छेउमा पक्कि सडकको किनाराबाट हिंडिरहेका पैदल यात्रुमाथि सिधै स्कोरपियो गाडी चढाएका थिए । सिधै आएर गाडीले किचिदिंदा जुताको तुना बाँध्न घोप्टो परेकी आस्था र होटलको काम सकेर फर्किरहेका मायारामको ज्यान जान पुग्यो ।
अनाहकमा ज्यान गुमाएका आस्था र मायारामलाई न्याय दिलाउनुको साटो बाँके प्रहरीले गाडीले किचेर दुई जनाको ज्यान लिने उनै जैसीलाई बचाउ हुने गरी अनुसन्धान गरिरहेको छ । 
बाँके प्रहरीले घटना विवरण तोडमोड गर्नु, स्कोरपियो चालक जैसीको बयान बाहिर दिन नखोजी गोप्य राख्नु, मादक पदार्थले लठिएका चालक जैसीको मेडिकल रिपोर्टमा तत्काल नभइ पहिले मादक पदार्थ सेवन गरेको लेखिनु आदीले बाँके प्रहरीले चालकलाई बचाउन खोजेको प्रष्ट देखिन्छ । 
घटनाको वास्तविकता र बाँके प्रहरीले दिएको घटना विवरण
दुई जनाको ज्यान जाने गरी भएको स्कोरपियो घटनाको वास्तविकता र बाँके प्रहरीले घटना बारे दिएको विवरण कहि पनि मिल्दैन । जिल्ला प्रहरी कार्यालय बाँकेलाई स्कोरपियो गाडी र चालक बारे सिसि क्यामेराले खिचेको भिडियो पनि प्राप्त भइसकेको छ तर बाहिर अर्कै जानकारी दिन्छ ।
सेतोखरीले भित्री तहमा गएर घटनाको वास्तविकता पत्ता लगाउने कार्य गरिरहेको छ । सिसि टिभिको भिडियो अनुसार, स्कोरपियो गाडीमा चालक सहित दुई जना केटा र दुई जना युवती थिए । न्यू इयर इभ भएकाले गाडी बाहिर राखेर उनीहरु सिद्धार्थ भ्यू होटल भित्र पसेर न्यू इयरको मज्जा लिंदै त्यहि रमाए ।
न्यू इयर मनाएर सकेपछि चारै जना सिदार्थ भ्यू बाट निस्किए अनि स्कोरपियो गाडीमा बसेर धम्बोझी तिर प्रस्थान गरे । गाडी रामराज जैसीको आफ्नै थियो । गाडी भित्र चालक जैसी अर्का विरेन्द्र शाह र दुई जना युवती बसेका थिए । स्रोतका अनुसार, सिद्धार्थ भ्यु होटलबाट धम्बोझी तर्फ जान लागेका उनीहरु स्टार लाईट होटल निरबाट गाडी मोडेर फेरी सिदार्थ होटल तिरै फर्किन लागे । त्यहि फर्कने बेला एसके पेट्रोल पम्प छेउमा रहेको डोको रेष्टुरेन्ट छेउमा पैदल यात्रु किच्यो र त्यो गाडी डोको रेष्टुरेन्ट पर्खालमै ठोक्कियो ।
तर बाँके प्रहरीले दिएको घटना विवरण भने फरक छ । जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी नारायण डाँगीले उक्त स्कोरपियो भित्र चालक बाहेक अन्य ३ जना व्यक्ती रहेको र ती बसेका व्यक्ती को को हुन् भन्ने बारे भने खुलाउन चाहेनन् । 
बाँके प्रहरीले स्किोरपियो बारे दिएको जानकारी र घटना घटेको स्थल मिल्दैन । जिप्रका मुद्दाफाँका प्रहरी निरिक्षक घिमिरले एसके पेटोल पम्को सामुन्ने रहेको ह्याङ् आउट रेष्टुरेन्टको पार्किंगमा स्कोरपियो राखिएको त्यहाँबाट निस्किएर जाँदा दुर्घटना भएको जानकारी दिए ।
यदि त्यस रेष्टुरेन्टबाट गाडी फर्कन थालेको हो भने सडकको पुर्वी साइडमा दुर्घटना हुनु पर्ने थियो । तर गाडीले पश्चिम साइडमा रहेको डोको रेष्टुरेण्ट छेउमा आएर पैदल यात्रुलाई ठक्कर दिएको छ । प्रहरीले भनेअनुसार त ह्याङ् आउट रेष्टुरेन्टबाट स्कोरपियो निस्किएको हो भने त डोको रेष्टुरेन्टमा पुग्न गाडी उडेर जानु पर्छ । ह्याङ् आउट रेष्टुरेन्ट र डोको रेष्टुरेन्ट रोड वारी र रोड पारी (विपरित दिशा) मा छन् । फेरी जति नै गाडीको एक्सलेटर दवाएपनि पार्किंग रहेको ठाउँबाट दुर्घटना भएको स्थलसम्म पुग्न गाडीले तीब्र गती लिन सक्दैन । तर यो स्कोरपियो तीब्र गतीमा थियो ।

Kids Festival 2022
kanti aarogya hospital