पाइलटले पड्काए नेपालगन्जमा बन्दुक


सेतोखरी सेतोखरी   शुक्रबार, चैत ९, २०८०
पाइलटले पड्काए नेपालगन्जमा बन्दुक

नेपालगन्ज ९ चैत्र : एकजना पाइलटले नेपालगन्जमा बन्दुक पड्काएका छन् । 

उद्योग वाणिज्य महासंघकी पूर्व केन्द्रिय अध्यक्ष भवानी राणाका सौतेनी छोरा सुधान्सु सम्शेर राणाले नेपालगन्जमा बन्दुक पड्काएका हुन् ।

जिल्ला प्रहरी कार्यलय बाँकेले नेपालगन्ज सुर्खेतरोड स्थित आफ्नै फोर स्टार स्नेहा होटलमा सुधान्सु सम्शेर राणाले एयरगन बन्दुक पड्काएको सेतोखरीलाई जानकारी दिएकोछ । 

सम्पत्तीको विषयलाई लिएर गत शुक्रबार बेलुका शुधान्सुले होटल भित्रै बन्दुक पड्काएको बाँके प्रहरीले जनायो । सुधान्सु अतिश सम्शेर राणाकी जेठी श्रीमतीका छोरा हुन्, भने कान्छी श्रीमती भवानी राणाबाट एक छोरा रहेकाछन् ।

Kids Festival 2022
kanti aarogya hospital

पाईलट रहेका सुधान्सुले सम्पत्तीको विषयलाई लिएर बन्दुक पड्काएपछि होटल भित्रैबाट परिवारले नै प्रहरीलाई खबर गरेको थियो । बन्दुक पड्काए लगत्तै जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले सुधान्सुलाई पक्राउ गरि जिप्रका बाँके ल्याइपु¥याएको थियो । 

बन्दुक पड्के लगत्तै प्रहरी पुग्दा त्यहाँ रहेका सबै रक्सीले मातेको अवस्थामा रहेको घटना स्थल पुगेका प्रहरीले जानकारी दिए ।