नेपालगन्ज २१ का पूर्व वडाअध्यक्ष रञ्जितका नातीको घाँटी रेटेर हत्या


सेतोखरी सेतोखरी   आइतबार, चैत १८, २०८०
नेपालगन्ज २१ का पूर्व वडाअध्यक्ष रञ्जितका नातीको घाँटी रेटेर हत्या

नेपालगन्ज १८ चैत्र : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२१ विर्तामा एक युवकको हत्या गरिएको अवस्थामा शव फेला परेकोछ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार स्थानीय अन्दाजी २२ वर्षीय युवक मोहम्मद अरबी खाँको हत्या गरिएको अवस्थामा आईतबार विहान १० बजेतिर शव फेला परेको हो ।

उनको घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको अवस्थामा शव फेला परेको डिएसपी डाँगीले बताए । उनको शव पोष्टमार्टमका लागी भेरी अस्पतालमा राखिएको छ । 

घटना गएरातीको भएपनि प्रहरीले घटनाबारे विहानमात्रै थाहा पाएको थियो । मृतक अरबी त्यहाँ कसरी पुगे, किन पुगे भन्ने लगायतका विषयमा अनुसन्धान अघि बढाईएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

घटना अनुसन्धानका लागि प्रहरीले तालिम प्राप्त कुकुरको सहायता लिएको थियो । प्रहरीका अनुसार उनलाई अपहरण गरिएको थियो या थिएन, घटनामा संलग्न ब्यक्तिहरु कोको हुन् भन्ने लगायतका विषयमा अनुसन्धान थालिएको सेतोखरीलाई जानकारी दिए ।

अरबी नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ का पूर्व वडाअध्यक्ष रञ्जित खाँका नाती भएको खुलेको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेकोछ ।